एकताको कमन ग्राउण्ड’ खोज्दै एमाले

काठमाडौं । आठौं महाधिवेशन पश्चात् चरम गुटबन्दीको श्रृंखलाबाट गुज्रिरहेको नेकपा एमालेले पछिल्लो समयमा एकताको महसुस गर्न थालेको छ । सोही क्रममा एमाले अध्यक्ष झलनाथ खनालले एकताका लागि कमन ग्राउण्ड खोज्नुपर्ने बताएका छन् । उनले एमालेभित्रको प्यानल अन्त्यका लागि पार्टर्ीीत्र कमन ग्राउण्ड खोज्नुपर्नेमा जोड दिए ।

सरकारको नेतृत्व लिन तयार छुः ओली

kp oli

Kp Oli

नेकपा एमालेको प्रभावशाली नेता केपी शर्मा ओलाीले शान्ति र संबिधानको अभिभारा पुरा गर्नका लागि आवश्यक परे सरकारको नेतृत्व लिन आफू तयार भएको बताउनु भएको छ ।
गत शनिबार बालकोटस्थित ओली निवासमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सबैको सहमति बनेमा आफू सरकारको नेतृत्व लिन तयार भएको बताउनुभयो । नेता ओलीले परिस्थिति र माग आए प्रधानमन्त्रीको मात्र नभई जुनसुकै जिम्मेवारी लिन आफू तयार रहेको उल्लेख गर्दै उहाँले यद्यपी पद र ओहोदाका लागि आफू मरिहत्ते नगर्ने बताउनुभयो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टर्राई नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नसक्ने दाबी गर्दै उहाँले यसका लागि सबभन्दा पहिला सरकारले राजिनामा दिएर ठाउँ खाली गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो(“प्रधानमन्त्री डा भट्टर्राईको नेतृत्वमा सहमतिको सरकार बन्न सक्दैन, राजिनामा दिएपछि सबैले छानेर उहाँलाई नै पठाए बाबुराम जी नै फेरी प्रधानमन्त्री बन्नुहोला , तर यो सरकारमा एमाले र कांग्रेस सहभागि हुदैन ।”
प्रधानमन्त्रीले कुनै पनि मन्त्रीको पद खाली नराखेको अवस्थामा सहमतिको सरकारको लागि आव्हान गर्नु लज्जास्पद रहेको टिप्पणी गर्दै नेता ओलीले सहमतिय सरकाका लागि वर्तमान सरकारको राजिनामा पछि नेतृत्वका लागि छलफल गरि सबैका लागि मान्य हुने व्यक्तिलाई नेतृत्व दिन सकिने बताउनुभयो । सहमतिय सरकारको नेतृत्व एमाले कै हुन सक्ने संकेत गर्दै उहाँले भन्नुभयो(“एमालेले नेतृत्वका लागि लर्डाई गर्दैन तर अरुले कुरा बुझे राम्रो हुन्छ ।”
पैतृक सम्पत्तिको दाबी गरे जस्तोगरि सरकारको नेतृत्व दाबी गर्नु गलत रहेको चर्चा गर्दै उहाँले एमालेले फेरी पनि सरकारको नेतृत्व लिए एमाले भित्र विगतमा जस्तो विवाद र सरकार ढाल्ने खेल नहुने दाबी गर्नुभयो । एमालेको आन्तरिक एकिकरणबारे प्रष्ट पार्दै उहाँले राष्ट्रिराजनीतिमा प्रभावकारी भूमिका देशका लागि आवश्यक भएको महसुस गरेकाले एकतामा अभियानमा गएको उल्लेख गर्नुभयो ।
नेता ओलीले भन्नुभयो(“पार्टर्ीीभत्रको एकता कुनै समीकरण र ध्रविकरण होईन, एउटा प्यानल छोडेर अर्को प्यानलमा जाने पनि होईन र कसैलाई एक्ल्याउने पनि होईन, पार्टर्ीीभत्र गुट,उपगुटको अन्त्य गरि पार्टर्ीीे विचार, व्याबहार, स्पष्ट र प्रभावकारी भूमिका निर्वाह गर्न एकता अभियान अगाडि बढेको हो ।” एमालेको आन्तरिक एकताबाट आत्तिएर केही व्यक्ति तथा समूहले ओलीले चार शर्त राखेर एकताका नाममा पार्टर्ीीध्यक्ष झलनाथ खनालसंग मिल्न गएको बजारमा हल्ला चलाएको आरोप लगाउदै आफूले कुनै शर्त नराखेको, पद, ओृहोदा, फाईदा, कुनै लेनदेन तथा कारोबार नगरेको दाबी गर्नुभयो । सर्वोच्च अदालतले तोकेको समयभित्र संविधान निर्माण गर्न संविधान निर्माण गर्ने थलो संविधानसभामा पार्टर्ीी प्रमुख व्यक्तिको आवश्यकतालाई अध्यक्ष खनालले महसुुस गरि आफू लगायत केही नेतालाई सभासद बनाउने प्रस्ताब गरेको उल्लेख गर्दै नेता ओलीले आफूले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको दाबी गर्नुभयो ।

सुस्त अवस्थामा बजार, गति लिने आशा कायमै

यस सातामा नेपाल स्टक एक्सचेञ्जमा चार दिन कारोवार भयो । साताको पहिलो कारोवार भएको दिन सोमबार ३ सय २२ दशमलव १६ अङ्कबाट कारोबार सुरु भएको नेप्से परिसूचक साताको अन्त्यमा ३ सय २० दशमलव ५३ मा आएर कारोवार बन्द भएको छ ।
गतसाता विहीबार ३ सय २३ दशमलव ६२ विन्दुमा कारोवार बन्द भएको नेप्से परिसूचक घटेर ३ सय २० दशमलव ५३ विन्दुमा पुगेको छ । यससाता कारोवार भएका चार दिनमध्ये सोमबारदेखि बुधवारसम्म नेप्से घट्ने क्रम रोकिएन तर कारोवारको अन्तिम दिन विहीबार भने सामान्य सुधार भएको छ । सोमबार १ दशमलव ४६, मंगलबार शून्य दशमलव ३ र बुधवार सबैभन्दा बढी २ दशमलव २१ अंकले नेप्सेमा गिरावट आएकोमा बिहीबार शून्य दशमलव ६१ अंकको सामान्य सुधारसूगै नेप्से बन्द भएको हो ।
अधिकांश बैक तथा वित्तीय संस्था र कम्पनीहरूले गत आर्थिक वर्षो नाफाबाट वाषिर्क प्रतिफल वितरण गरिसकेकाले पनि शेयर बजार घट्ने क्रममा रहेको बताइन्छ । तर, यसको प्रभाव केही समय मात्र रहने भएकोले शेयर बजारले फेरि गति लिने कुरा शेयर विशेषज्ञहरू बताउूछन् । वहुप्रतिक्षित केन्द्रिय निक्ष्ँेप प्रणाली विनियमावली लागू भइसकेकोले यसको सञ्चालन छिट्टै हुन लागेको समाचारले पनि बजारलाई थप सकारात्मक मोड दिने निश्चित छ । यस साताको कारोवारको अन्तिम विहीबार नेपाल स्टक एक्सचेञ्जको सफ्टवेयरमा प्राविधिक गडबडी आएकाले सो दिन करिव १ घण्टामात्र कारोवार भएको थियो । साताभरिमा नेप्से परिसूचक ३ दशमलव शून्य ९ अंकको कमीसहित ३ सय २० दशमलव ५३ कायम भएको छ । यस अवधिभर कुल ३ हजार ७ सय ७१ कारोबारबाट कुल ३ लाख ९० हजार ५ सय ७६ कित्ता शेयर किन-बेच भए । यस सातामा कुल रू. ६ करोड ४० लाख ५१ हजार रूपैंया बराबरको कारोबार भएको छ ।

नेपालको जलसम्पदाबाट विकास गर्न सकिने ऊर्जा

प्रँकृतिक सम्पति वा साधनबाट प्राप्त हुने आय-आर्जन हो सम्पदा भनेको । यर्सथ यस्ता सम्पदामध्ये जलसम्पदा पनि नेपालको एक महत्वपर्ण सम्पदाको रुपमा लिइन्छ । नेपालमा असंख्य रुपमा जलसम्पदाहरू छन् । नेपालमा यस्ता सम्पदाहरू प्रशस्त भए पनि यसको यथोचित उपयोग हुन सकेको छैन ।
वास्तवमा भन्ने हो भने हामीले जलसम्पदाबाट निकै नै फाइदा लिन सक्छौं । यसबाट हामीले विद्युतको उत्पादन गर्न सक्छौं । यसबाट हामीले विद्युतको उत्पादन गर्न सक्छौं । नेपालको जलसम्पदा पर्यटक व्यवसायको लागि उत्कृष्ट मानिन्छ । सबैलाई थाहा भएको कुरा हो नेपाल ब्राजिलपछि जलस्रोतको दोस्रो धनी देश हो तर सरकारको राम्रो नितिको अभावको कारण यसका फाइदाहरू छिमकी देशले उठाउदै आइरहेको छ । यर्सथ अब प्रत्येक नागरिक सचेत भएर आफ्नो देशमा रहेका असंख्य यस्ता जलसम्पदालाई सही रुपमा सञ्चालन नगर्ने हो भने नेपाल जल सम्पदाको धनी देश भएर पनि तिर्खामा सधैं बाच्न विवश देश हुन जान्छ । त्यसैले यस्ता सम्पदालाई सही ढङ्गमा उपयोग गर्ने योजना र दक्ष जनशक्ति भएमा गरिवीको रेखामूनि रहेको नेपालको आर्थिक स्तर बढाउन आफ्नै प्राकृतिक स्रोतहरू पर््रयाप्त हुनेछन् । जापान जस्तो हितैषी राष्ट्रको कस्तो भनाइ छ भने पेट्रोलियम पदार्थको विक्री गर्ने देशहरूका एक दिन पेट्रोल सकिन सक्छ तर नेपालको पानी कहिल्यै सकिदैन यो स्वेत सुन हो । पानी एवम् पानीबाट निक्लिने विजुलीको विक्रीबाट नेपालले धेरै आम्दानी गर्न सक्छ । तिनका अतिरिक्त कृषि प्रधान देशमा खेतीका लागि सिूचाइमा पानी प्रयोग गर्दा आकाशे पानीमा भर परिरहनु नपर्ने हुन्छ । त्रिशुली नदीजस्तै अन्य नदीमा पनि जल विहार गरेर पनि पर्यटन उद्योगलाई यथेष्ट मद्दत गर्न सक्छ । त्यस्तै विविध नदीहरू, तालहरू र दहहरूमा मत्स्यपालन गरी कृषिलाई थप मजबुत गर्न सकिन्छ ।
वास्तवमा नेपालले पानीबाट बढी भन्दा बढी विजुली उत्पादनलाई प्रँथमिकता दिनु निकै सान्दर्भिक हुन जान्छ । विजुलीको विक्रीका अतिरिक्त देशमा औद्योगिक प्रतिष्ठानका स्थापनामा विजुलीबाटै फाइदा उठाउन सकिने सम्भावना यथेष्ट देखिन्छ । त्यस्तै नेपालमा कतिपय कठिनाइहरूलाई पनि विजुली उत्पादनबाट निर्मूल गर्न सकिन्छ जस्तै नेपालमा कतिपय पहाडि जिल्लाहरूमा यातायात पुग्न सकिरहेको छैन । विजुलीको उत्पादनबाट रोप-वे केवुलकारका अतिरिक्त ट्रली बस र विद्युतिय रेल कुदाउन सकिन्छ । जसले गर्दा पेट्रोलियम पदार्थमा हुने खर्च पनि घट्न सक्छ

संघीयतामा सम्भव छ कि छैन जलस्रोतको उपयोग ?

जलसम्पदा अब नेपालको विकासको एकमात्र विकल्परहित श्रोत हो । गतसातासम्म वन-जंगल, जडिबुटीमा नेपाल धनी भनिन्थ्यो । तर, गलत नीति, शान्ति सुरक्षाको अभाव, अप्रभावकारी प्रशासनिक संरचना समेतका कारणले वन जंगल लगभग सखाप भइसक्यो । त्यसैले ‘हरियो वन नेपालको धन’ पनि अब उखानमा मात्रै सीमित हुन पुगेको छ । तर, जलश्रोतबाट नेपालको भाग्य बदल्नसक्ने क्षमता अझै पनि बाँकी छ ।
नेपालमा ४० लाख हेक्टर उब्जनशील जग्गा-जमिनमध्ये १२ प्रतिशतमा मात्र सिंचाईको सुविधा उपलब्ध भएको अवस्था छ त्यो पनि अधिकांशमा वषर्ातमा मात्र । तर्सथ जलश्रोत नेपालको सबैभन्दा उपयोगी र महत्वपर्ूण्ा श्रोतमात्र नभएर एकमात्र विकासको श्रोतको रुपमा हामीसँग उपलब्ध छ । नेपालमा उत्तरतिर हिमाल, बीचमा पहाडी भू-भाग र दक्षिणतिर तर्राईको मैदान कायम गरिदिएकाले प्रकृतिले नै जलश्रोत नेपालको लागि बरदानको रुपमा प्राप्त छ । यो प्रकृतिको बरदानलाई पनि यदि हामीले सदुपयोग गर्ननसके ‘बाँदरको हातमा नरिवल’ हुने अवश्यम्भावी छ । हिमालको हिउँमा पानी सञ्चय हुन्छ पहाडी र हिमाली भेगमा जलाशय निर्माण गरेर वषर्ातको पानी पनि सञ्चित गर्न सकिन्छ । अनि तर्राईको उर्बर भूमिमा वर्षौभरी सिंचाई गरेर ३ देखि ४ बालीसम्म खेती गर्न सकिन्छ । यसो गर्न सकेमा नेपाललाई एउटा समृद्धशाली मुलुक बन्न धेरै समय लाग्ने छैन । जलश्रोत भन्नाले केवल विद्युत उत्पादन मात्र होइन ।
जलको बहुआयामिक प्रयोग गरेर पनि देशलाई सम्पन्न बनाउन सकिन्छ । जस्तो र्‍याफ्टिङ, सिंचाई, जलमार्ग खानेपानी, उद्योगको लागि पानी आदि । भोटेकोशीजस्तो नदीमा जलविद्युत निकाल्नु भन्दा र्‍याफ्टिङ मार्फ पर्यटकहरूलाई आकर्षा गर्नसके बिजुली उत्पादनबाट भन्दा बढी आर्जन गर्न सकिन्छ । कतै सिंचाई गरी जमीनबाट अत्यधिक बाली उत्पादन गरी त्यसबाट समग्र देशवासीको हीत गर्न सकिन्छ । कोशी, गण्डकी, कर्ण्ाालीजस्ता ठूला नदीहरू मात्र होइन राजधानीको बागमती, विष्णुमतीजस्ता मध्यमखालका नदीहरूलाई पनि जलमार्गको रुपमा प्रयोग गर्न सकिए सस्तोमा यातायात सेवा उपलब्ध हुने थियो ।
पानीमा चल्ने यातायात अरु सबै यातायात भन्दा कम खर्चालु हुन्छ । नेपालका नेताहरू नेपालमा लोडसेडिङ गरी भारतमा बिजुली बेच्ने सपना देख्छन् । यदि नेपालमा पर्याप्त बिजुली उत्पादन हुन्छ भने त्यसलाई भारतमा बेच्ने होइन । बरु नेपालमै चुनढुंगाबाट सिमेन्ट, जडीबुटीबाट औषधी उत्पादनमूलक कार्यमा प्रयोगगरी आर्थिक विकास गर्नुपर्छ । हामी सस्तोमा भारतलाई बिजुली बेच्ने अनि महँगोमा त्यहाँबाट सिमेन्ट किन्नुपर्ने -बाध्यता) को कुचक्रबाट मुक्ति पाउनेतिर लाग्नर्ुपर्छ ।
त्यसैले बिजुली जस्तो कच्चा पदार्थ बेचेर धनी हुने सपना हामीले नदेखे हुन्छ । तर, संघीय व्यवस्था आए भने नेपालमा उत्पादन हुने बिजुली भारतमा बेचिने सम्भावना धेरै हुन्छ । किनभने जुन प्रदेशमा बिजुलीको उत्पादन बढी छ उसले आफ्नो बिजुली उसैलाई बेच्न खोज्छ जसले उसलाई बढी मूल्य तिर्छ । अहिले पनि हर्ेने हो भने नेपालको पश्चिमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी विद्युत उत्पादन हुने क्षेत्र हो । त्यहाँ हाल ३ सय मेगावाटभन्दा बढी जलविद्युत उत्पादन हुन्छ तर, खपत आधा जति मात्र हुन्छ । त्यसपछि मध्यमाञ्चल क्षेत्र पर्छ । यहाँ पौने ३ सय मेगावाट उत्पादन हुन्छ र लगभग सबै यहीँ खपत हुन्छ । पर्ूवाञ्चलमा केवल १४ मेगावाटमात्र उत्पादन हुन्छ तर, उपभोग भने अरु सबैमा भन्दा बढी छ । यस्तो स्थितिमा पश्चिमाचलमा पर्ने प्रदेशले आफूले तोकेको भाउ दिएमा मात्र पर्ूवलाई बिजुली बेच्ने छ । यदि पर्ूवलेभन्दा भारतले उसलाई बढी मोल दिन्छ भने उसले किन पर्ूवलाई बिद्युत बेच्छ – उसले त सिधै भारतलाई बेच्छ । भारतले दिने भाउ नेपालको भन्दा बढी पनि छ । र हाल चर्चामा चलिरहेको संघीय व्यवस्थामा कुनै पनि प्रदेश आफूले उत्पादन गरेको बिजुली जहाँसुकै बेच्न स्वतन्त्र हुन्छ ।
अहिले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा खानेपानी आपर्ूर्ति गर्ने कुरा भइरहेको छ तर यो आयोजनास्थल ताम्सलिङ प्रान्तमा पर्दछ । संघीयतामा गएपछि पानी दिन नमान्न सक्छ र दिनै परेपनि उच्च मूल्य माग गर्ने अवस्था आउँछ । हाल र्सवसाधारणले खानेपानीको लागि तिरिरहेको मासिक ५० रुपियाँ त खानेपानीको व्यवस्थापन खर्चमात्रै हो । त्यसमा खानेपानीको मूल्य परेकै छैन । यदि मेलम्चीबाट पानी ल्याउने हो भने ताम्सालिङले तोकेको भाउ नेवाः प्रदेशले तिर्नुपर्‍यो ।
के त्यो पैसा तिर्ने हैसियत नेवाः प्रदेशसँग छ – यदि नेवाः प्रदेशले तिर्दैन भने जसले तिर्छ उसैलाई पानी बेच्न ताम्सालिङ स्वतन्त्र छ । र, आफ्नो प्रदेश विकासको लागि उसले त्यसो गर्नु पनि पर्नेहुन्छ । मेलम्ची अन्तै गयो भने नेवाः प्रदेशले के खाने – यस्तै नेपाल मण्डलामा जलविद्युत उत्पादन हुन्न र हुने सम्भाव्यता पनि छैन । भोलि नेपाल मण्डला छुट्टै प्रान्त घोषित गरेको अवस्थामा यहाँका जनताले कि अँध्यारोमा बस्न पर्‍यो हैन भने जलविद्युत उत्पादन गर्न छिमेकी प्रान्तबाट भनेको जति मूल्य तिरेर किन्नुपर्ने हुन्छ । यहीँभित्र डिजेल जेनेरेटर राखेर विद्युत उत्पादन गर्न सकिन्छ तर प्रति युनिट २० रुपैयाँभन्दा बढी पर्ने हुनाले यस्तो चर्को मूल्य तिर्न यहाँका बासिन्दालाई धेरै गाह्रो पर्छ ।
नेपालजस्तो सानो देश संघीयतामा गएर सबल र सक्षम होला भन्ने मलाई लाग्दैन । भारतको एउटा प्रदेश नै नेपाल भन्दा धेरै ठूलो छ । तैपनि जलश्रोतको मामलामा भारतमा धेरै विवादहरू छन् । नेपालका प्रदेशहरू अत्यधिक साना हुने भएकाले यहाँ जलश्रोतको विकास गर्नगाह्रो हुन्छ । जलश्रोत अरुजस्तो श्रोत होइन । यसको प्रकृति फरक छ । कुनै पनि प्रदेश एक्लैले मात्र जलश्रोतको विकास गर्न सम्भव छैन । जंगलमा जडिबुटी उत्पादन गरी लाभ लिन सकिन्छ । जमीनमा राम्रो खेतीपाती गरी लाभ लिन सकिन्छ । तर जलश्रोतको उपयोग त्यसरी एक्लो रुपमा गर्न सकिँदैन । जलश्रोतको उपयोग गर्नु भनेको मुख्यतया विद्युत उत्पादन र सिँचाईमा प्रयोग गर्ने हो ।
यी दुवै कामको लागि बाँध बनाउनु पर्ने हुन्छ । बाँध बनाउँदा जहाँ बाँध बनाइएको हो त्यस वरपरका धेरै ठाउँ जलमग्न हुन पुग्छन् । त्यहाँका धेरै स्थानीय जनता विस्थापित पनि हुनर्ुपर्ने हुन्छ । बाँधभन्दा माथि अरुले नदीको पानी प्रयोग गर्न पाइँदैन । यदि प्रयोग भयो भने बाँधलाई पानी पुग्दैन र बाँध अर्थहीन बन्न पुग्छ । यसरी बनाइएको बाँधको पानीबाट बढी फाइदा लिने भनेको बाँधभन्दा मुनि बस्ने मानिसले हो । किनभने बाँधभन्दा माथि त सिंचाई गर्न सकिँदैन । यसरी पानीको उपयोग गर्दा बाँध एक ठाउँमा बन्छ डुबान र विस्थापित अर्को ठाउँमा हुन्छ र फाइदा फेरि अर्कै ठाउँलाई हुनपुग्छ ।
अहिले कल्पना गरिएको नेपालको संघीय व्यवस्थामा लिम्बुवानको भूमि डुबानमा पारी मधेशको भूमिमा सिँचाई गर्न सम्भव छ – यो सम्भव हुनेछैन । यसले गर्दा न लिम्बुवानमा बाँध बन्नसक्छ न तराइको भूमि सिंचित हुनसक्छ । दुवै हुन नपाएपछि कसरी हुन्छ जलश्रोतको विकास – दर्ुइ प्रदेशबीचको यो असझदारीबाट तेश्रो शक्तिले फाइदा लिने खतरा त छँदैछ । दर्ुइ प्रदेश बीचको झगडा र असमझदारीले गर्दा दुवै प्रदेशलाई समेट्नेगरी अघि बढाउनर्ुपर्ने जलश्रोतको विकास ठप्प हुन पुग्नेछ । यदि प्रदेशहरूको आपसी झैं-झगडाले जलश्रोतको विकास हुन पाएन भने त्यसले सिँगो देशकै विकासलाई अवरुद्ध पार्नेछ ।
यस्तो अवस्थामा एउटै मात्र विकल्प के बाँकी रहन्छ भने जलश्रोतजस्तो क्षेत्रलाई कुनै पनि प्रदेशको नियन्त्रणमा रहन नदिई सिधै केन्द्रको मातहत राख्नुपर्ने हुन्छ । त्यसो भए मात्रै केन्द्रले सबै प्रदेशलाई मिलाएर जलश्रोतको सामुहिक विकास गर्नसक्छ । तर अहिलेको अवस्थामा नेपालका विभिन्न जातीय समुदाय र तिनको नामले बन्न लागेका प्रदेशहरूले यो अवधारणालाई स्वीकार्ने सम्भावना भने म देख्दिन । किनभने नेपालले अन्तर्रर्ााट्रय श्रम संगठनको अभिसन्धि नम्बर १६९ मा हस्ताक्षर गरिसकेको छ जसमा प्राकृतिक श्रोतको अधिकार आदिवासीमा निहित हुन्छ, केन्द्रमा निहीत हुँदैन भनेर लेखिएको छ । यो अभिसन्धिले जलश्रोतमाथिको अधिकार केन्द्रमा राख्ने अवधारणालाई निषेध गर्छ । जलश्रोतलाई केन्द्रको मातहत राखौं अन्तर्रर्ााट्रय सन्धि, सम्झौता र आदिवासी अधिकारले नपाउने प्रदेशको मातहत राखौं त्यसको उपयोग गर्न नसकिने ।
संघीय व्यवस्थामा जलश्रोत विकासको यो कठिनाई म प्रत्यक्ष देखिरहेको छु । यस्तो स्थितिमा संघीय प्रणालीभित्र जलश्रोतको विकास कसरी गर्ने त्यसबारे छुट्टै ढंगले सोच्नुपर्ने देखिन्छ । यदि अहिले चर्चामा आइरहेकै ढाँचाको संघीय व्यवस्था आउने हो भने त्यहाँ जलश्रोत विकासको कुनै स्थान छजस्तो मलाई लाग्दैन । र, जलश्रोत नेपालको ठूलो मात्र होइन एकमात्र प्रमुख श्रोत भएकाले यसको विकास नहुनु पूरा मुलुककै विकास नहुनु हो जुन नेपालको लागि दर्ुभाग्यपर्ूण्ा हुनेछ । यसबारे सबैले चिन्तन गर्नु अत्यावश्यक छ ।

सिम्रिक/हिजो आज र भोली समय कुरियो

पधेंरा, घास दाउरा र पर्म गर्दा गर्दै आफ्नो जिन्दगीलाई कुखरा बास्दा दैलो पोतेर शुरुवात गर्ने र र्सुयको किरण हिमालमा टल्कदा घरका धेरै काम गर्न भ्याउने आदरिणय नेपाली नारीहरुको कथाव्यथामा आधारित एउटा यथार्थपरक उपन्यासको रुपमा सिम्रिकलाई अघि सारिएको छ । एउटी नेपाली नारीको सोह्रवर्षो उमेरदेखि ३५ वर्षम्मको जीवनकथालाई उपन्यासले मुख्य विषयवस्तु वनाएको छ । साहास, उपमा र पूजा हुदा हुदै पनि अपहेलना, परिचारिका र तिरस्कारको सामना गरीरहेका नेपाली नारीहरुमा भएको मानसिक र शारिरीक शोषणको उपहारका रुपमा सिम्रिकलाई हर्ेन मिल्छ ।
जीवनलाई अत्यन्तै सरल रुपमा सोच्ने सिम्रिक एउटी सुन्दर नारी हुन् । उनीमा भएका अनेकन क्षमताका कारण नेपाली समाजको एउटा वातावरणबाट धमिलिएर उनी अन्यत्र क्षेत्रमा प्रखर सामाजीक नारी भएकी छिन् । उनी त्यही नारी हुन् जहाू समाजले उनीलाई अनेकन आक्षेपहरु लगाए । आफ्ना घरपरिवारबाट अनेकन अपशब्दहरुबाट वोलाइए । उनीले आफ्नो भन्ने मात्र उनको आमा थिइन् जो सानै उमेरमा उनीबाट टाढिइन । उनको पिताले सन्तान प्रति राखेको कुदृष्टि, वेतलब र ग्रैरजिम्मेवारीपनले गर्दा उनले दसैं जस्तो महान चाडमा पनि बाबुको हातबाट टिका थाप्न अस्विकार गरिन् । उनको मन वास्तविकतामा रम्छ । देखावटी कुराहरुलाई उनी ठाडै अस्विकार गर्छिन । यदि बाबुले आफ्नो उत्तरदायित्व विर्सन्छ र आमाको मृत्युको एक वर्षपनि नकुरी अर्की नारीमा भर्रपर्छ भने त्यस्तो बाबुले आमा प्रति देखाएको स्नेहलाई उनी लोग्नेमान्छेको संज्ञा दिन्छिन् । सन्तान जन्माएको दायित्व विर्सर्ेेसन्तान जन्माउने क्रियाकर्ममा रमाइलो मात्र मान्ने पुरुषलाई पिता मान्नुलाई मर्ुखता भएको वताउछिन् । जीवनमा आएका धेरै समस्याहरुलाई समाधान हुने आशमा हरेष नखाएर आफ्नो खुट्टामा आफै उभिन सफल सिम्रिक नेपाली नारीको उदाहरणीय पात्र हुन् ।
जीवनका अनेक पाटपर्ुजाहरुको अवलोकन, र्स्पर्श र अनुभूति पश्चात साथी, प्रेम, पैसा, यौन, नारी, लोग्नेमान्छे र सन्तान नामक महत्वपर्ूण्ा तत्वहरुका कारण नेपाली नारीको अस्तित्व संकटमा परेको कुरालाई उनी सबैका सामु खुल्ला मनले वताउदै हिड्छिन् । नेपाली नारीलाई कमजोर बनाउने अरु कोही नभएर नेपाली नारी नै भएको उनको कथन छ । सासु-बुहारी, देउरानी-जेठानी, नन्द-आमाजु जस्ता पात्रहरुलाई पुरुषहरुले सफल परिचालन गरेका कारण नारी नारी आफैमा जुधेर समाजलाई पुरुषप्रधान बनाएका छन् । नारीहरुलाई पुरुषहरुले उपमा दिन्छन् । नारीलाई सुन्दर बनाउूछन् र सुन्दरताको उपभोग गर्छन । नारीको कमजोरी भनेको शहनसीलता, लज्जा र इमान्दारीता हो । पुरुषहरु आफ्नो चलाखीका कारण नारी माथि सजिलै विजय गर्छन । नारीलाई महानताको दृष्टिमा राखें पनि व्यवहारीक रुपमा नारीलाई स्वतन्त्र हुन नदिन लोग्नेमान्छेहरुले विभिन्न योजना तर्जुमा गर्छन । नारी माथि विजय कहिल्यै पनि पुरुषले गर्न नसक्ने तथ्य थाहापाएर नारीहरुको जीवन तहसनहस बनाउन अर्की नारीलाई साधनको रुपमा प्रयोग गर्छन ।
प्रकृतिले नै नारीलाई ठगेको छ । हुनत प्रकृतिलाई नै नारीको संज्ञा दिइन्छ । प्रकृति हाम्रो जन्म हो त्यसैले प्रकृतिले नारीलाई पुरुष जन्माउन सक्ने काबुलियत दियो । पुरुषले रमाइलाका लागि गरेको कर्ममा नारीले पापको भागेदार बन्नर्ुपर्छ । संझौतामा गरीएको यौन र्सर्म्पकमा पनि सबै रमाइलाका पलहरु पुरुषको हुन्छ भने कर्म गर्दा र गरे पश्चात पनि नारीको भागमा धेरै पिडा हुन्छ । नारीहरु सन्तान प्राप्तिमा गर्व गर्छन सायद त्यसैले त्यो पिडालाई आफ्नो उपलब्धि मान्छन् । नारी र पुरुष एक रथका दर्ुइ पाङ्ग्रा भनिएकाले आजकल रथ लोप भएको छ र रथ रुपी यात्राका सामाग्रीहरु चार पाङ्ग्रामा वढि लालाहित छन् । चार पाङ्ग्राको तुलना गर्दा त्यहा तीन नारी हुन्छन् र एक पुरुष हुन्छ तैपनि त्यो एक्लो पुरुषले तीन नारीहरुलाई परिचालन गरि रहेको हुन्छ । आफू अनुसार, आफ्नो परिवेश अनुसार ती नारीलाई माया गरेर, टुटाएर र भुत्ल्याउन लगाएर आफ्नो कब्जा यथावत राख्छ । नारीहरुलाई आफ्नो इज्जतको डर हुन्छ भने ती पुरुषहरु घरमा श्रीमती रुपी नारीलाई अलमलाएर अनेक नारीहरुको इज्जतमा अूाखा गाडिरहेका हुन्छन । नारी एक्लै हिड्न हुदैन किनकी पुरुषरुपी नरपिचासहरुको गिद्दे आूखा वाटामा एक्लै हिडेकी नारीलाई टाढैबाट निहालेर इज्जतमा खेलवाड गर्न आउन सक्छ भन्ने डर घरका पुरुषहरुलाई हुन्छ र नारीलाई माध्यम वनाएर त्यस्ता कुरामा छेकवार लगाइन्छ किनकी पुरुषहरुले नारीको नापतौल त्यही इज्जतमा गर्छन् । तर त्यही उमेरका पुरुषहरुले अरुका छोरी रुपी नारीहरुलाई इज्जतमा खेलवाड गर्दा पुरुषहरु मर्दाङ्ग िको संज्ञा दिन्छन् ।
सिम्रिकले पुरुषहरुका नराम्रा पक्ष पात्र केलाएकी छैनन् । एउटा पुरुषको सर्ंर्सग विना नारी अधुरी हुन्छे । पुरुष विना नारीले आफ्नो जीवनको कल्पना पनि गर्न सक्दिन । त्यसैले हरेक सन्तानको अपेक्षामा पुरुषलाई भन्दा नारीहरुलाई आफ्नो सन्तान पुरुष भएकोमा गर्व लाग्छ । छोरा र छोरीमा सबैभन्दा वढि भेदभाव गर्ने नारी नै हुन्छे । छोरीलाई आर्काको र छोरालाई आफ्नो वनाएकी पनि नारीले नै हो । पुरुषको सफलतामा सधै साथ दिएर आफ्ना सपनाहरु लत्याएका धेरै उदाहरणहरु नेपाली समाजमा छन् । पुरुषलाई आफूभन्दा बलियो, बुद्धिमान र कठोर मान्ने नारीहरुले पुरुषको सम्मान सधै गरिरहन्छन् ।
पैसालाई मानिसको जीवनको भाइरसको संज्ञा दिएर पैसालाई छुट्टै आूखाबाट हेरेकी सिम्रिकका अनुसार पैसा आवश्यकता हो र त्यसको व्यवस्थापन गर्न सक्नु नै मानिसको सफलता हो । कुनै पनि भाइरसलाई मार्न सकिदैन मात्र त्यसलाई कन्टेनर वा काम नलाग्ने ठाउूमा थुपारिन्छ भनौ त्यसलाई कम्प्युटर जगतले एन्टीभाइरस मार्फ व्यवस्थापन गर्छ । तर मानिसको जीवनमा कुनै पनि त्यस्तो एन्टीभाइरस नबनिसकेकोले मानिसको बुद्धिले त्यसलाई व्यवस्थापन गर्नुपर्छ । पैसा नभई पनि हुदैन र यो जति भए पनि हुदैन । त्यसैले पैसाको अन्त्य छैन पैसाले सधै मानिसलाई आवश्यकता महशुस गर्राई राख्छ । पैसा रुपी भाइरसको प्रमुख गुण नै त्यही हो । त्यसैले मानिसले आफ्नो जीवन त्याग नगर्दा सम्म त्यसको पछि लाग्नु बाध्यता बनेको छ । क्रमशः

गजल/कविता

गजल

- रघुराम न्यापाने

आ“खा तर्नु पर्दैन
झूम पर्नु पर्दैन

दिल चोर्ने चोर्नीले
हाय, गर्नु पर्दैन

उसै दिल घाउ छ
चूक र्छर्नु पर्दैन

गोही झैं तिमीले
आ“सु झर्नु पर्दैन ।।

गजल

- रामकुमार केसी -निशान-

ब्ा“ाच्या भन्नु सास मात्रै अलिकति आश मात्रै
उच्चारण यो ढुकढुकीको त्रि्रै नाम खास मात्रै

जिन्दगी यो र्समपण त्रि्रै नाम गरेकै छु
त्रि्रै आत्मा मेरो भन्नु फगत निर्जिव लाश मात्रै
र्
र्सवस्व नै तिमीलाई भेटी स्वरुप सुम्पिदिएू
म्ोरो भन्नु तिमी नै हौ म त केवल दास मात्रै

आऊ अब भयो कति कुराउूछ्यौ दिलकी रानी
तिमी बिना यो ‘राम’ त महल त्यो तास मात्रै ।।
त्ाथली-२, भक्तपुर

कविता

जीवन

- जयन्त पौडेल

मनुष्य चोला कस्तो छ राम्रो,
बाधाहरु पन्र्छाई बाूच्नु पो पर्दछ,
अलिकैमा हरेस खाने हो भने,
कसरी पो होला जीवनै राम्रो ।।

त्यसैले, घाम-पान्ाी हावा र हुरी,
पिर व्यथाहरु म्ानमै छिपाई,
बोट बिरुवा झैं बन्न सके,
अनि चाही बन्थ्यो जीवन ।।

तर आफैं खाउू आफैं लाउू भन्छन्,
अरुबाट समेत सिक्नर्ुपर्छ भूल्छन्,
यसो केही भन्यो समय भन्छन्,
अनि घाइते हुनै चाहन्न् ।।

श्रृजनानगर-१७, भक्तपुर

Powered by WordPress | Designed by: Best SUV | Thanks to Toyota SUV, Ford SUV and Best Truck