आन्दोलनको छेडबाट निस्कने अराजकताको जिम्मेवार को -मोहनविक्रम सिंह
आज देश पुनः गम्भीर प्रकारको राजनीतिक संकटको अवस्थातिर जाने सम्भावना देखापर्दैछ । संविधानसभाको चुनाव भयो र त्यसले राजतन्त्रलाई अन्त्य गर्न तथा गणतन्त्रलाई स्थापना गर्ने निर्ण्र्ाागर्यो । तर संविधानको निर्माणको कार्यमा अनिश्चयता र अन्यौलको स्थितिको सृजना भएको छ । संविधानको निर्माण नभएमा गणतन्त्रलाई सुदृढ वा संस्थागत गर्ने कार्य पनि अपूरो रहनेछ ।
अब संविधानको निर्माणका लागि तोकिएको अवधिमा केही समय मात्र बाँकी रहेको छ । सदन महिनौंदेखि अवरुद्ध भइरहेको छ । सदन अवरुद्ध भएको कारणले बजेट समेत पारित हुन सकेको छैन र त्यसले पुनः अर्को गम्भीर समस्या पैदा गर्दैछ । त्यस प्रकारको स्थितिमा देशमा गम्भीर प्रकारको स्थिति पैदा हुँदै गइरहेको छ । माओवादीहरूको सहमति बिना यो स्थितिमा समाधान हुनसक्ने देखिन्न । तर उनीहरूले लगातार एकपछि अर्का मागहरू प्रस्तुत गर्दै स्थितिलाई अरु जटिल, गम्भीर वा संकटग्रस्त बनाउँदै लगिरहेका छन् । त्यसले गर्दा देशका अगाडि यो एउटा गम्भीर प्रश्न पैदा भएको छः यो स्थितिको निकास के हो – यो बाहेक कुनै विकल्प छैनः या त यो स्थितिको कुनै निकास पत्ता लगाउनु पर्दछ या देशमा पैदा हुने गम्भीर संकटको सामना गर्नका लागि हामीहरू तयार हुनर्ुपर्दछ । २०६२-६३ को आन्दोलन, संविधानसभाको चुनाव, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि जनताले नयाँ नेपालको सपना देख्न थालेका थिए वा देशका सत्तारुढ वा प्रमुख राजनीतिक दलहरूले जनतालाई व्यापकरुपले त्यस प्रकारका सपनाहरू बाँड्न थालेका थिए ।
तर अब देशमा पैदा भएको स्थितिमाथि विचार गर्दा उच्चस्तरका सचेत र बौद्धिक समुदायले मात्र होइन, आम जनताले पनि यो प्रश्न सोध्न थालेको देखिन्छः देश कता जाँदैछ – त्यो प्रश्न आमरुपमा सबैतिर उठाएको पाइन्छ । तर त्यसको जवाफ कतैबाट आएको देखिन्न । माओवादीहरूले लगातार यो प्रचार गर्दै गइरहेका छनः संविधानसभाको विघटनको षड्यन्त्र हुँदैछ ! राष्ट्रपतिको शासन लागू गर्ने षड्यन्त्र भइरहेको छ आदि । उनीहरूका कतिपय नेताहरूले योसम्म भन्ने गरेको सुनिन्छः बजेट पारित गर्न नसक्ने सरकारलाई शासन गर्ने कुनै अधिकार छैन । तर यहाँ के कुरा दिनको उज्यालोझैं र्छलङ्ग छ भने उनीहरूले संविधानको विघटन, राष्ट्रपतिको शासन आदि षड्यन्त्रका जुन कुराहरू गरिरहेका छन्, यदि देशमा त्यस प्रकारको स्थिति पैदा हुन्छ भने पनि त्यो माओवादीहरूका कारणले नै हुनेछ ।
आज देशमा माओवादीहरूले जुन प्रकारको स्थितिको सृजना गर्दै गइरहेका छन्, यदि त्यो अवस्थामा सुधार वा नियन्त्रण नहुने हो भने खालि संविधानसभाको विघटन, राष्ट्रपतिको शासन मात्र होइन त्योभन्दा गम्भीर प्रकारका परिणामहरू अगाडि आउने सम्भावनाहरूलाई अस्वीकार गर्न सकिन्न । माओवादीहरूले सदनलाई लगातार अवरुद्ध गरिरहेका छन् । त्यसले गर्दा संविधानको निर्माण गर्ने वा बजेट पारित गर्ने आदि सबै कार्यहरू अवरुद्ध भएका छन् । त्यो स्थितिमा यी सबै समस्याहरूको समाधानको खालि एउटै उपाय छः माओवादीहरूद्वारा पैदा गरिएको अवरोध हट्नु पर्दछ ।
त्यसका लागि सबैभन्दा उपयुक्त र सही तरिका यही हो कि उनीहरूले स्वयं आफ्ना गलत नीतिहरूबारे पुनःविचार गरेर त्यसप्रकारको अवरोधलाई हटाउन तयार हुनर्ुपर्दछ । निश्चय नै यदि उनीहरू त्यसो गर्न तयार हुँदैनन् भने देशमा एक वा अर्को प्रकारले गम्भीर राजनीतिक संकट पैदा हुने कुरा निश्चित र अवस्यम्भावी छ । त्यो राजनीतिक संकटका रुपहरू कैयौं हुन सक्दछन् । त्यसप्रकारका रुपहरूमध्ये विभिन्न राजनीतिक शक्तिहरूका बीचमा खुला भिडन्तको स्थिति, देशमा गम्भीर प्रकारको अराजकताको स्थिति, विदेशी शक्तिहरूको चलखेल र हस्तक्षेपमा वृद्धि, प्रतिगामी शक्तिहरूको सक्रियतामा वृद्धि र राजतन्त्रको पुनर्स्थापना वा एउटा स्वतन्त्र देशको रुपमा नेपालको अस्तित्वको अत्य आदि कैयौं कुराहरू हुन सक्दछन् । यदि यीमध्ये कुनै पनि प्रकारको स्थिति पैदा हुन्छ भने त्यसका लागि माओवादीहरू नै जिम्मेवार हुनेछन् र उनीहरूले देशलाई त्यही दिशामा लैजाने प्रयत्न गरिरहेका छन् ।
यहाँ यो गम्भीर प्रश्न उठ्दछः आखिरमा उनीहरूले देशलाई किन त्यो दिशामा लैजाने प्रयत्न गरिरहेका छन् – त्यसका सम्भावित दर्ुइ वटा कारणहरू हुन सक्दछन्ः प्रथम, उनीहरूको ‘वामपन्थी’ संकर्ीण्ातावादी दृष्टिकोण । द्वितीय, देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूसितको उनीहरूको छद्म गठबन्धन । माओवादीहरूको सोंचाइमा हद दर्जाको अस्थिरता र विरोधाभाष पाइन्छ । कुनैबेला उनीहरूले आन्दोलनको आँधीबेहरीको ठाउँमा सहमति र सहकार्यमा जोड दिन्छन्, कुनैबेला पुनः तुरुन्तै आफ्नो स्वर बदलेर आन्दोलनको आँधीबेहरी पैदा गर्ने वा जनव्रि्रोह गर्ने कुरा गर्दछन् । त्यसले यो बताउँछ कि उनीहरूको नेतृत्व पंक्तिमा नै चरम प्रकारको राजनीतिक अपरिपक्वता, अस्थिरता, अदूरदर्शिता, केटाकेटीपन छ वा उनीहरू गम्भीर प्रकारले ‘वामपन्थी’ संकर्ीण्ातावादी दृष्टिकोणका शिकार भएका छन् । अराजकतावादी चिन्तनको एउटा आमरुपमा थाहा भएको विशेषता यो हो कि त्यसमा स्थिरता हुन्न । माओवादीहरूको सैद्धान्तिक स्रोत मार्क्सवादी-लेनिनवादी चिन्तन नभएर अराजकतावादी चिन्तन नै हो ।
त्यसैको परिणाम हो कि उनीहरूका नीति वा व्यवहारमा हद दर्जाको अस्थिरता र अपरिपक्वता पाइन्छ । तैपनि उनीहरूमा विषयहरूमाथि दुरदर्शीतापर्ूवक विचार गर्ने अलिकति पनि क्षमता भएको भए उनीहरूका नीति र कार्यहरूबाट देशलाई कति धेरै नोक्सान पुग्दछ – त्यसबारे विचार गर्न सक्दथे र देश तथा जनतालाई गम्भीर प्रकारले क्षति पुर्याउने कार्यहरू गर्ने थिएनन् । उनीहरूका बारेमा हामीले बारम्बार गर्दै आएको एउटा अर्को आलोचना होः उनीहरूको नेतृत्व पंक्तिमा भएको हद दर्जाको पदलोलुपता-क्यारिरिष्ट प्रवृत्ति । अब त्यो प्रवृत्तिले यति विकृत रुप धारण गरेको छ कि आफ्नो त्यस प्रकारको प्रवृत्ति वा महत्वकांक्षा पूरा गर्नका लागि उनीहरू सम्पर्ूण्ा देश, जनता वा गणतन्त्रको भाग्यसित खेलवाड गर्न पनि हिच्किचाउन्नन् । अराजकतावादी प्रवृत्तिको अर्को एउटा प्रमुख विशेषता होः वस्तुस्थितिको सही मूर्ल्यांकन नगरिकन आत्मगत प्रकारले आफ्ना नीतिहरूको निर्धारण गर्ने प्रवृत्ति ।
गतकालमा उनीहरूको त्यस प्रकारको अराजकतावादी चिन्तन विभिन्न समयमा बेग्लाबेग्लै रुपमा देखापर्ने गरेको छ । त्यो अहिले पनि ‘वामपन्थी’ संकर्ीण्ावादी प्रवृत्तिको रुपमा देखापर्ने गरेको छ र त्यो प्रवृत्ति उनीहरूको नेतृत्व पंक्तिमा निकै नै हावी भएको देखिन्छ । त्यसको परिणाम यो हुन्छ कि उनीहरू आजको क्रान्तिको आवश्यकता के हो भन्ने कुरालाई ठीकसँग बुझन अर्समर्थ हुने गरेका छन् । अहिलेको देशको राजनीतिक परिस्थिति, राजनीतिक सन्तुलन, संविधानसभाको स्वरुप वा जनताको चेतना र संर्घष्ाको स्तरमाथि ध्यान दिँदा २०६२-६३ को आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने, गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने वा संविधानको निर्माण गर्नु नै आजका ऐतिहासिक आवश्यकताहरू हुन् र सबै मार्क्सवादी-लेनिनवादीहरूले तत्काल ती कार्यहरू सफल पार्नमा नै मुख्य जोड लगाउनु पर्दछ । तर उनीहरू आफ्नो अराजकतावादी चिन्तनका कारणले उनीहरूले अहिलेको स्थितिमा जनगणतन्त्र, जनवादी संविधानजस्ता वा अन्य उच्च क्रान्तिकारी कुराहरू मात्र गर्ने गर्दैनन्, तर त्यसप्रकारका नाराहरूका आधारका आन्दोलन सञ्चालन गर्ने कुरा गरेर संविधानसभाको कामलाई अवरुद्ध गर्ने वा संविधान बन्न नदिने कुराहरू गर्नसम्म हिच्किचाउन्नन् ।
त्यसरी उनीहरूले उच्च क्रान्तिकारी कुराहरूको आडमा यथास्थितिलाई कायम राख्ने मात्र होइन, देशलाई प्रतिगमनको दिशामा धकेल्ने कुरा गर्दछन् । ‘वामपन्थी’ संकर्ीण्ातावादी सोचाइको विश्वव्यापीरुपमा
प्रमाणित हुँदै आएको एउटा आम विशेषता नै त्यही हुन्छ – उग्र’क्रान्तिकारी’ कुराहरू गरेर प्रतिगमन वा प्रतिक्रान्तिको सेवा गर्नु । सायद त्यसप्रकारको सोचाइकै परिणाम हो कि उनीहरूले बीचबीचमा देशको वस्तुस्थिति वा ऐतिहासिक राजनीतिक आवश्यकतासित मेल खाने कुराहरू गरेर पनि -उनीहरूले त्यस प्रकारका विचारहरू अगाडि ल्याउँदा हामीले तिनीहरूलाई स्वागत पनि गर्ने गरेका छौं) पुनः त्यसका विपरीत विचारहरू प्रकट गर्ने गर्दछन् । उनीहरूमा देखापरेको त्यस प्रकारको वैचारिक अस्थिरता वा असन्तुलनलाई उनीहरूले समयमा नै सुधार गर्न नसकेमा त्यसबाट सम्पर्ूण्ा देश वा २०६२-६३ का आन्दोलनका साथै स्वयं उनीहरूलाई पनि गम्भीर क्षति पुग्ने कुरा स्पष्ट छ ।
अराजकतावादी वा ‘वामपन्थी’ संकर्ीण्ातावादी सोचाइले व्यवहारमा प्रयासः प्रतिगमनको नै सेवा गर्ने गर्दछ । गतकालमा माओवादीहरूले, स्वयं उनीहरूले स्वीकार गरेअनुसार, राजासित गरेको छद्म गठबन्धन, जसलाई उनीहरूले छद्म कार्यगत एकता बताउँछन् वा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसित पनि साँठगाँठका लागि गरेका प्रयत्नहरूबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । अहिलेको देशको राजनीतिक स्थितिमा उनीहरूले संविधानसभाको कामलाई अवरुद्ध गरेर संविधान बन्न नदिनेजस्ता जुन कार्यहरू गरिरहेका छन् वा त्यसका लागि आन्दोलनको आँधीबेहरी समेत उठाउने कुरा गरिरहेका छन्, त्यो खालि उनीहरूको राजनीतिक अपरिपक्वता, राजनीतिक अदूरदर्शीता वा ‘वामपन्थी’ संकर्ीण्ातावादी सोचाइको मात्र अभिव्यक्ति हो वा त्यसका पछाडि राजावादीहरू वा अन्य कुनै देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूसितको छद्म गठबन्धनको परिणाम हो – त्यसरी कहीं उनीहरूले सुनियत र योजनाबद्ध प्रकारले नै क्रान्तिकारी कुरा गरेर वास्तवमा देशमा कायम भएको गणतन्त्रलाई कमजोर पार्ने वा देशको राष्ट्रियता र र्सार्वभौमिकतालाई समाप्त पार्ने नै काम त गरिरहेका छैनन् – उनीहरूको सम्पर्ूण्ा गतिविधि र कार्यविधिमाथि विचारगर्दा त्यो प्रश्न पनि नउठाइकन रहन सकिन्न ।
किनभने यो प्रष्ट छ, उनीहरूले जुनप्रकारको आन्दोलनको आँधीबेहरी उठाउने वा जनव्रि्रोह गर्ने कुरा गरिरहेका छन्, अहिलेको अवस्थामा त्यसले कुनै क्रान्तिकारी उद्देश्य पूरा गर्न त सक्ने छैन, तर संविधानको निर्माण गर्ने वा गणतन्त्रलाई कमजोर पार्ने काम भने अवश्य गर्नेछ । स्वयं उनीहरूले पनि त्यो कुरा बुझेका छैनन् र बुझनसक्ने क्षमता उनीहरूमा छैन भन्ने होइन । तैपनि उनीहरूले जुन प्रकारको नीति अपनाइरहेका छन्, त्यसबाट उनीहरूको प्रतिगामी शक्तिहरूसित साँठगाँठ भएको वा उनीहरूभित्र ठूलो संख्यामा घुसपैठ गरेका राजावादीहरूको दबाबमा नै उनीहरूले त्यसप्रकारको नीति अपनाइरहेका त छैनन् – त्यो प्रश्न उठाउनका लागि आधार छ । माओवादीहरूभित्र जसरी ठूलो संख्यामा राजावादीहरूको प्रवेश भएको छ त्यो खालि संयोगको मात्र कुरा नभएर त्यसका पछाडि प्रतिगामी शक्तिहरूको माओवादीहरूलाई उपयोग गर्ने वा उनीहरूको -माओवादीहरूको) उनीहरू -राजावादीहरू) सितको गढतन्त्रका विरुद्धको कुनै साँठगाँठको परिणाम त होइन – माओवादीहरूको संविधान बन्न नदिने र गणतन्त्र समेतलाई कमजोर पार्ने कार्यविधिमाथि ध्यान दिँदा त्यसमाथि शंका गर्नका लागि ठाउँ छ ।
त्यसैगरेर माओवादीहरूको गतिविधिबाट देशको राष्ट्रियता, र्सार्वभौमिकता वा अखण्डतामाथि गम्भीर प्रकारले आँच पुग्ने सम्भावनाहरू देखापरिरहेका छन् -उनीहरूको संघीयता, जातीय राज्य वा पृथक बन्ने अधिकारसहितको आत्मनिर्ण्र्ााो अधिकारलाई त्यसका उदाहरणहरूका रुपमा लिन सकिन्छ) त्यसबाट उनीहरूले विदेशी प्रतिक्रियावादी शक्तिहरूको प्रभाव वा निर्देशनमा नै देशको राष्ट्रियताका विरुद्ध काम गरिरहेका त छैनन् – त्यो सम्भावनालाई पनि हामीले पूरै उपेक्षा गर्न सक्दैनौं ।
माओवादीहरूले प्रधानसेनापतिसम्बन्धी राष्ट्रपतिको कदम वा नागरिक सर्वोच्चताको कुरा उठाएर कैयौं महिनासम्म सदन अवरुद्ध गरे र आन्दोलनको सञ्चालन गरिरहेका छन् । अब उनीहरूले राष्ट्रपतिको कदमसम्बन्धी प्रश्नलाई भन्दा स्वयं उनीहरूको नेतृत्वमा सरकारको गठनको प्रश्नलाई प्रमुख रुपमा अगाडि सारेका छन् र उनीहरूले यो समेत अभिव्यक्ति दिन थालेका छन् कि यदि उनीहरूको नेतृत्वमा सरकारको गठनका लागि अवसर दिएमा राष्ट्रपति सम्बन्धी पहिलेको मागलाई उनीहरू छोड्न पनि तयार छन् । उनीहरूको त्यो भनाइबाट यो कुरा बुझन गाह्रो पर्दैन कि नागरिक सर्वोच्चता सम्बन्धी उनीहरूको आन्दोलन खाली उनीहरूको देखाउने दाँत मात्र थियो र वास्तविक अभ्रि्रायः सत्ता प्राप्त गर्नुमात्र थियो । त्यसले उनीहरूको अवसरवादी र दोहोरो चरित्रलाई पनि राम्ररी उदाङ्गो पार्दछ । यदि उनीहरू सत्तामा गए भने पनि उनीहरूले पुनः नयाँ प्रकारले आफ्नो सामाजिक फाँसिवादी शासन कायम गर्ने प्रयत्न गर्नेछन् ।
वास्तवमा उनीहरूको सम्पर्ूण्ा दौडधूपको केन्द्रिय प्रश्न त्यही हो । सेनापति प्रकरणमा त्यही उद्देश्य पूरा गर्नका लागि उनीहरूले कुलबहादुरलाई प्रधानसेनापति बनाउन खोजेका थिए । उनीहरूको त्यो प्रयत्न असफल भएपछि उनीहरूले नागरिक सर्वोच्चताको नाममा त्यो उद्देश्य पूरा गर्ने प्रयत्न गरे र अब आफ्नो त्यो उद्देश्य पूरा गर्नका लागि संविधानसभालाई असफल पार्ने वा संविधान नै बन्न नदिनेजस्तो खतरनाक खेलमा पनि लागेका छन् । आज माओवादीहरूले देशमा जुन गम्भीर स्थिति पैदा गरेका छन् वा देशमा जुन प्रकारको गम्भीर राजनीतिक स्थिति पैदा गर्ने प्रयत्न गर्दैछन्, त्यसप्रति सम्पर्ूण्ा जनताको ज्यान जानर्ुपर्ने आवश्यकता छ । त्यस सिलसिलामा पहिलो प्रयत्न त माओवादीहरूका गलत नीति र कारबाहीहरूलाई सुधार्न तिर नै केन्द्रित हुनर्ुपर्दछ । यदि उनीहरूले त्यसरी आफूलाई सुधार नगरेमा त्यसपछि एक वा अर्को प्रकारले गम्भीर प्रकारको राजनीतिक संकट पैदा हुने कुरा निश्चित छ ।
त्यो स्थितिमा पनि देशलाई प्रतिगमनको दिशामा जान नदिन तथा देशको राष्ट्रियता, र्सार्वभौमिकता र अखण्डता अन्त्य हुन नदिन संविधानसभा र गणतन्त्र पक्षधर सबै राजनीतिक शक्ति, संघसंस्था वा जनता सचेत हुनर्ुपर्ने र त्यसप्रकारको स्थिति पैदा हुन नदिन गम्भीरतापर्ूवक प्रयत्न गर्नुपर्ने आवश्यकता छ । यदि समयमा नै त्यसप्रकारको प्रयत्न गरिएन भने पनि जुन प्रकारको स्थिति पैदा हुनेछ, त्यो स्थितिले नै पुनः व्यवहारले जनतालाई माओवादीहरूका गलत नीति र कार्यहरूका कारणले पैदा भएको राजनीतिक संकटको सामना गर्नका लागि जनता वा राजनीतिक शक्तिहरूलाई बाध्य पार्नेछ ।
अन्त्यमा हामीलाई के विश्वास छ भने इतिहासमा कैयौं गम्भीर प्रकारका संकटहरूको सामना गर्दै जनताले आन्दोलनलाई सधैं अगाडि बढाउँदै आएका छन् । जनतामा त्यसप्रकारको असीम र अजय क्षमता छ र भविष्यमा पनि सबै प्रकारका बाधाहरूका बाबजुद आन्दोलनलाई प्रगतिशील र क्रान्तिकारी दिशामा बढाउन उनीहरू सफल हुनेछन् भन्ने कुरामा हामीलाई पर्ूण्ा विश्वास छ ।
अरुपनि यस्तै पढ्नुहोस: