सिद्धी विनायक साकोसको प्रथम साधारण सभा
भक्तपुर । “एक थुकी सुकी, सय थुकी नदी” भने झैं आजको सानो बचतले भोलिको ठूलो समस्या र्टछ भन्ने भनाईलाई आत्मा साथ गरि गत वर्ष२०६५ मंसिर २ गतेबाट भक्तपुरको कटुञ्जेमा स्थापना भएको यस सिद्धी विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत साता आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । गत वर्षमात्र स्थापना भएक्ो यस साकोसले एक वर्षा नै ६ सय ३६ जना सदस्य बनाइसकेको र अर्को साधारण सभासम्ममा १ हजार सदस्य संख्या बनाउने लक्ष्य राखेको यस साकोसले सा“च्चै नै एक वर्षा एक आशा लाग्दो साकोसका रुपमा उदाहरणिय बनेर देखाएको छ । एक आर्थिक वर्षो छोटो अवधिमा नै १ करोड ६५ लाख ७२ हजार ३ सय ६३ को कारोवार गर्न समेत सफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा उहा“का अनुसार हाल सहकारी भनेको घर घरमा सहकारी र ठाउ“ ठाउ“ रोजगारी भइसकेको कुरा बताउनु भयो । हाल सहकारीहरूमा पनि प्रतिष्प्रधाको समय रहेको कारण सञ्चालकहरूले धेरै ठाउ“मा लगानी गर्नुको सातो एउटै सहकारीमा लगानी गरि सेवामुखी सहकारी बनाउन समेत अनुरोध गर्नु भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण छुंजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अरु अतिथिहरूमा डिभिजन सहकारी कार्यालयका प्रमुख भगवान थापा, विनायक साकोसका अध्यक्ष नारायण प्रसाद स्वंगमिखा, डाइमण्ड साकोसका प्रतिनिधि, संस्थाका सल्लाहकार पहलमान श्रेष्ठ रहनु भएको थियो । कार्यक्रमा स्वागत मन्तव्य संस्थाका उपाभ्यक्ष श्याम गाइसीले गर्नु भएको थियो भने वाषिर्क प्रतिवेदन संस्था सचिव विक्रम पन्थीले प्रस्तुत गर्नु भएको थियो । -र्सर्मिला लवजू
अरुपनि यस्तै पढ्नुहोस: