मेरो विगत र बितेका ती क्षणहरू …नारी वेदना-72
गीताको कुरा सुनेर उसका सरस“ग भए गरेका रोमान्सका कुरा सुन्न साथीहरू उत्सुक देखिन्थे । उ पनि निकै हौसिएकी थिई कुरा सुनाउन । एउटीले भनी -सुरु गर्न गीता तेरा विगतका प्रेम कथा । यता गीता भने अल्मलिइरहेकी थिई ‘खोइ कहा“बाट सुरु गरौ“’ । कहा“बाट भन्नु नि तेरो सरस“ग भेट भएदेखि नै सुरु गर्न न । तिमीहरू भन्छौ भने मेरो सरस“ग भेट भएदेखि कै कहानी सुनाउ“छु । कुरा करिब तीन बर्षपहिलेको हो । त्यत्तिवेला सर भर्खर शहरबाट आउनु भएको थियो । भर्खरको केटा त्यो पनि अंग्रेजी फररर… बोल्ने भएपछि हामीलाई के चाहियो र – सबैले सरलाई मन पराउ“थे । त्यसमा पनि केटीहरूले विशेष मनपराउ“थे । हामी सरलाई एक्लै भेट्यो कि सर यो माने के त्यो माने के भनेर सोधेर जिस्काईरहन्थ्यौं । तर सर कहिलै रिसाउनु भएन । कसैको गाला समाईदिने, कसैको नाक समाउने गर्नुहुन्थ्यो । मेरो गालाचाहि“ सरलाई असाध्यै मन पर्ने । मलाई देख्यो कि गाला समाउन आईहाल्नु हुन्थ्यो । मैले सर एक्लै हु“दा कतिपटक त ‘के हो सर आरुलाई मात्र हर्ेने, हामीलाई त वास्ता नै गर्नुहुन्न नि, हामी पनि कहिलेकाहि“ काम लाग्छौं नि’ भनेर जिस्काएकी छु । एउटी साथीले बीचबाट सोधी ‘त्यसो भन्दा सरले के भने त – के भन्नु नि तिमीहरूको गाउ“मा बसेको छु तिमीहरू काम नलागे को लाग्छ त भन्नुभयो । नभन्दै सरको सहयोगी मै भए“ । मैले सोधे“ -सहयोगी मात्र हो कि अरुपनि – उसले भनि -सहयोगी भने पनि जे भने पनि आखिर त्यहि त हो नि । गोमाले भनि -कति राम कहानीमात्र सुनाईरहेकी यो गीताले त मुख्य मुख्य कुरा भन्न, आफुलाई सुन्न कति हतार भैसक्यो, कहा“को कहा“को कुरा गरेर अल्मलाई रहन्छे । अधिकांश साथीहरू गीताको र उसको सरको प्रेम प्रसंग सुन्न चाहन्थे । त्यसैले हामीले उसले गरेका प्रेम र रोमान्सका क्षण सुन्न चाहन्थ्यौं । गीताले भनि – ल ल सुन अब भने प्रेम कहानी नै सुनाउ“छु भन्दै उसले कहानी भन्न थाली । जब म सरस“ग ट्युसन पढन भनेर गए“ तव हाम्रो घनिष्ठता बढ्दै गयो । सरले विदाको दिनमा पनि पढ्न आउनु भनेपछि हामी बाहिर भन्दा पनि सरको कोठाभित्रै दिनभरी के के गरेर समय विदाउ“थ्यौं । गाउ“मा बाहिर जा“दा गाउ“लेले कुरा कट्लान भनेर पनि सर बाहिर निस्कनु हु“दैनथ्यो । टेबुलमा किताव र कापी पल्टाएर हामी भने के के कुरा गरेर बस्थ्यौं । गोमाले फेरि गीताको कुरा काट्दै भनि -कुरा गरेको त हामीले थाहा पायौं । तर तेरो शरीरमा सरले कसरी छुन सके त्यो भन न । ए …, त्यो कुरा । त्यो त एक दिन मैले हातमा केहि लेखेकी थिए“ । सरले खोई के लेखेको भनेर हात समातेर हर्ेर्नु भयो । त्यसमा मैले ‘लाईफ इज स्याड’ भनेर लेखेकी थिए“ । सरले पढ्दै भन्नु भयो -यस्तो रोमान्टीक लाईफमा पनि ‘स्याड’ लेख्ने हो भन्दै मेरो हात सुम्सुम्याउनु भयो । अनि भन्नु भयो -त्रि्रो हात कति नरम छ । मलाई हात हर्ेन पनि आउ“छ, खोई त्रि्रो हस्त रेखा हेरौं भन्दै हातमा रेखा हर्ेर्ने निहु“ गरेर ओल्र्टाई पल्र्टाई गर्नुभयो । अनि भन्नुभयो -तिमी एकदमै भाग्यमानी रहिछौं । खै कुन रेखा देखाउ“दै भन्नुभयो -यो भाग्य रेखा हो । मैले पनि मौकामा चौका हान्दै भने“ -तपाईजस्तो जिबनसाथी पाए त भाग्यमानी भईहाल्छु नि । नत्र दुखी । त्यत्ति भनेकी मात्र के थिए“ उहा“ले आ“खा तर्दै मुसुक्क हा“स्नुभयो र मलाई च्याप्प समातेर कस्नु भयो । उसको कुरा सुनेर साथीहरूले जिज्ञासा राखे, अनि क्रमशः
अरुपनि यस्तै पढ्नुहोस: