क्षयरोग निवारणको जिल्लासभा

     भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको गत शनिबार २६ औं जिल्लासभा नेपाल बारको हल भक्तपुरमा सम्पन्न भयो । प्रमुख अतिथि एनेकपा माओवादीका सभासद सत्यलाल मूलले पानसमा दीप प्रज्वलन गरी जिल्ला सभाको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका पर्ूब केन्दीय महासचिव तथा आजिबन सदस्य डा. लक्ष्मीनारायण मल्ल, नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुरका सभापति तथा क्षयरोग निवारण संस्था भक्तपुरका सल्लाहकार अनन्तप्रसाद द्यौभडेल, केन्द्रीय सदस्य महेन्द्रगोपाल कर्माचार्य, अरुण प्रताप राणा, क्षयरोग निवारण संस्थाका आजिबन सदस्य तथा गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष दर्ुगामोहन श्रेष्ठलगायतका बक्ताहरूले क्षयरोग र त्यसको हालको अवस्थाका बारेमा प्रकाश पार्दै जिल्ला सभाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । बिशेष अतिथि मल्ल र प्रमुख अतिथिलाई सम्मान गरिएको कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाको आठौं महाधिबेशन सफलताकासाथ सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ती, संघ, संस्थालाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
संस्थाका जिल्ला सभापति महेन्द्रलाल कायस्थको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमलाई संयोजक तथा अधिबक्ता सानु सुवालले स्वागत गर्नुभएको थियो । कोषाध्यक्ष गोविन्द गोजा श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन तुइलाल श्रेष्ठले गर्नुभएको थियो ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

अरुपनि यस्तै पढ्नुहोस:

  1. क्षयरोग नियन्त्रण दिवस सम्पन्न
  2. क्षयरोग नियन्त्रणका लागि साझेदारी कार्यक्रम
  3. नित्यनाथको साधारणसभा सम्पन्न
  4. एमाले क्षेत्र नं. १ को कार्यालय उद्घाटन
  5. गाविस महासंघको अभिमुखीकरण

Leave a Reply

Spam Protection by WP-SpamFree