उपरथी सिंहको बढुवा नगर्न अमेरिकी चेतावनी
काठमाडौं । रक्षामन्त्री विद्यादेवी भण्डारीको अथक प्रयास र एमाले पार्टर्ीीत्रकै प्रभावशाली नेताहरुको दबाबका कारण पदोन्नती गर्ने क्रममा रहेका नेपाली सेनाका उपरथी तोरणजंगबहादुर सिंहलाई बढुवा गरेमा यही आउँदो सन् २०१० का लागि अमेरिकाले प्रस्ताव गरेको १० लाख अमेरिकी डलर बराबरको सैनिक सहायता रोक्नेसक्ने चेतावनी दिएको छ । अमेरिकाले तोरण जंगबहादुर सिंहलगायत मानवअधिकार हननसम्बन्धी गम्भीर आरोप लागेका सेनाका अधिकारीहरुलाई उचित छानबिन बेगर बढुवा गरिए नेपाली सेनासँगको सम्बन्ध ब्रि्रने चेतावनी दिएपछि नेपाल सरकार र सैनिक नेतृत्व नै झस्किन पुगेको छ । स्मरणरहोस्, संयुक्त राज्य अमेरिका नेपाली सेनालाई ठूलो परिमाणमा सैनिक सहायता उपलब्ध गराउने दोस्रो राष्ट्र हो । विभिन्न सञ्चारमाध्यम एवं सरकारी स्रोतहरुबाटै सरकारले सिंहको बढुवा गर्ने तयारी गरिरहेको र्सार्वजनिक हुँदैगर्दा अमेरिकाको यस्तो चेतावनी आएको हो । यदि सरकारले बिना जाँचबुझ बढुवा गर्ने नीति अख्तियार गरेमा नेपाली सेनासँगको आफ्नो सम्बन्ध बिग्रिने चेतावनी दिँदै अमेरिकी दूतावासका प्रवक्ता निकोल चुलिकले भने, ‘मानवअधिकार हननसम्बन्धी आरोपमा पर्ूण्ा तथा विश्वसनीय छानबिन नगरी उनीहरुलाई सफाई दिने कार्य भयो भने -सेनासँग) हाम्रो सम्बन्धमा असर पर्नसक्छ ।’ यसअघि नै राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले सरकारलाई सचेत गराइसकेको भएपनि सरकारले उनको बढुवा तयारी गरिरहेको चाल पाएपछि अमेरिकाले चेतावनीयुक्त भाषामा त्यसलाई रोक्न सेनासँगको सम्बन्ध बिग्रिनसक्ने संकेत दिएको हो । दूतावासकी प्रवक्ता चुलिकले मानवअधिकार हननसम्बन्धी आरोपित अधिकारीहरुलाई बढुवा गरिए सन् २०१० का लागि प्रस्तावित अमेरिकी गैरघातक सैनिक सहयोगमा असर पर्नसक्ने बताइन् । अमेरिकाले नेपाली सेनाका लागि भन्दै उसको सिनेटबाट पास हुन बाँकी प्रस्तावमा १० लाख अमेरिकी डलर बराबरको सैनिक सहयोगको प्रस्ताव गरेको छ । यद्यपि, सैनिक स्रोतले भने सन् २००४ यता नेपाली सेनाले अमेरिकाबाट कुनै सहयोग नपाएको बताएको छ । रक्षामन्त्री निकट स्रोतले पनि अमेरिकाले प्रस्ताव गरेको सहयोगकै आधारमा मन्त्रालयले आफ्नो निर्ण्र्ाााई उल्ट्याउने सम्भावना एकदमै कम रहेको बताइएको छ । यद्यपि, सिंह बढुवा निर्ण्र्ााा नपरेपनि नेपाली सेनाको ‘सेकेन्डम्यान’ रहेका छन् । केही समयअघि नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङ अमेरिका भ्रमणमा रहँदा सिंहले नै कार्यबाहक प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । निवर्तमान प्रधानसेनापति रुक्मांगद कटवालको अवकाशसँगै नेपाली सेनाको दोस्रो वरियतामा रहेका गुरुङ प्रधानसेनापति बनेपछि नेपाली सेनामा हाल दोस्रो वरियताको बढुवा हुन सकिरहेको छैन । सिंहलाई बढुवा गराउनका लागि जंगि अड्डाले रक्षामन्त्रालयमा सिफारिस पठाएको र रक्षामन्त्री विद्यादेवी भण्डारीले समेत त्यसलाई सदर गर्दै बढुवाका लागि क्याबिनेटसम्म फाइल पुर्याएको स्रोतले जानकारी दिएको छ । सिंहको बढुवा नगर्न र तत्काल उनीमाथि मानव अधिकार हनन्को छानबिनका लागि सरकारमाथि चौतर्फी दबाब बढ्न थालेपछि सिंहको औपचारिक बढुवामा तगारो उत्पन्न भएको छ । औपचारिक बढुवा हुनबाट वञ्चित सिंह जंगी अड्डामा भने दोस्रो वरियताका अधिकृतकै रुपमा कार्यरत रहेका छन् । सिंह तत्कालीन सरकार र माओवादी युद्धताका भैरवनाथ गणबाट ४६ जना आस्थाका बन्दीहरुलाई बेपत्ता पारेको आरोपका मुख्य आरोपी हुन् ।
अरुपनि यस्तै पढ्नुहोस: