राप्रपा नेपाललाई संविधान चाहियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालले निर्धारित समय सीमाभित्रै नयाँ संविधान बनाउन दबाब दिन आगामी माघ १३ गते उपत्यका बन्द गर्ने भएको छ । ०६७ जेठ १४ भित्र संविधान बनाइसक्न दबाब दिन उसले माघ दोस्रो सातादेखि पाँच दिने उपत्यका केन्द्रित आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । राप्रपा नेपालद्वारा शनिबार जारी विज्ञप्तिअनुसार माघ १० र ११ गते काठमाडौं उपत्यकाभित्र घरदैलो र प्रचार-प्रसार गरिनेछ । माघ १३ गते उपत्यका बन्द र १४ गते सिंहदरबार अगाडी सत्याग्रह र आमसभा गर्ने कार्यक्रम राखेको छ । संविधानसभा कार्यतालिका अनुसार आगामी २०६७ जेठ १४ भित्र नयाँ संविधान निर्माण गरिसक्नर्ुपर्ने भएपनि प्रमुख राजनीतिक दलहरुबीचको खिचातानीका कारण नयाँ संविधान अनिश्चितझैं हुन लागेकाले आन्दोलन गर्नुपरेको राप्रपा नेपालले जनाएको छ । पार्टर्ीीध्यक्ष कमल थापाको अध्यक्षतामा भएको बैठकले अन्य दलहरुले आफूखुसी गणराज्य घोषणा गरेको भन्दै यस्ता गतिविधिले सामाजिक सद्भाव खल्बलिने र जातीय द्वन्द्व निम्तिने चेतावानी दिइएको छ ।
अरुपनि यस्तै पढ्नुहोस: