माकुने सरकारलाई रेड सिग्नल

पोखरा । एकीकृत नेकपा माओवादीका स्यायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारलाई अघि नबढ्न ‘रेड सिग्नल’ आएको दाबी गरेका छन् । ‘अहिलेको सरकार गठनका लागि जुन-जुन विदशीले सहयोग पुर्‍याएका थिए, उनीहरुबाट नै सरकारलाई आगामी कदम नचाल्न भनेका छन्’, उनले भने- माधव नेपाल नेतृत्वको सरकारले ‘रेड सिग्नल’ पाएको छ, अब अघि बढ्दैन । ‘सत्ता साझेदार दलबीच भएको टीकाटिप्पणीले पनि सरकारलाई अघि नबढ्ने सङ्केत गरिरहेको रायमाझीले बताए । ‘त्यसकै परिणामस्वरुप अहिलेको सरकार अन्तर्रर्ााट्रय निकायबाट नाङ्गदिै गएको छ’- उनले भने । एकीकृत नेकपा माओवादी तमुवान राज्य समितिको हिजो आइतबारदेखि पोखरामा सुरु भएको चौथो पर्ूण्ा बैठकमा सहभागी हुन आएका रायमाझीले भने- ‘अहिलेको सरकारलाई हटाएर कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने विषयमा समेत छलफल सुरु भइसकेको छ ।’ आजसम्म चल्ने बैठकले माओवादीद्वारा घोषित तेस्रो चरणको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्नेछ । बैठकमा राज्य समितिका करिब डेढ सय सदस्य सहभागी छन् ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

अरुपनि यस्तै पढ्नुहोस:

  1. ओलीको भोजमा अर्थ र गृहमन्त्री
  2. राष्ट्रसंघले कुनै हस्तक्षेप गरेको छैनः अनमिन
  3. सिंगापुरको सिक्वेन्स भारतकै होः सिंह
  4. कोइराला-प्रधानमन्त्री भेट
  5. समानान्तर सरकार निर्माणको माओवादी धम्की

Leave a Reply

Spam Protection by WP-SpamFree