सुडालको जग्गा भू-माफियाको चंगुलमा

भक्तपुर । जग्गा कारोवारका दृष्टिकोणले भक्तपुर अत्यधिक खरिद बिक्री हुने जिल्लाको रुपमा गणना भएको छ । यहा“ अहिले एक घर एक व्यक्ति जग्गा दलालका रुपमा बिकास भएको पाउन सकिन्छ । व्यबसायिक प्रयोजनका दृष्टिकोण र सहि तवरले गरिने जग्गा कारोवारलाई नकारात्मक तरिकाले हर्ेनु हु“दैन तर जग्गा खरिद-बिक्रीका नाममा आमजनता ठगिने क्रम भक्तपुरमा बढ्दै गईरहेको जनगुनासो व्यापक रुपमा बढ्न थालेको छ । रातारात जग्गाको कारोवारबाट मालामाल हुने सपनामा अहिले दलालको संख्या यतिबिघ्न बढेको छ कि व्यापारी, कर्मचारी, शिक्षक, नेतालगायत सबै नै यो कारोवारका पछाडि कुद्ने गरेका छन् । पछिल्लो समयमा जग्गा कारोवारस“गै भू-माफियाका गिरोहहरूद्धारा आमजनता ठगिदै आएका घटनाहरूमा समेत बृद्धी भएको छ । जिल्लास्थित मालपोत कार्यालयका कर्मचारीहरूको घुसखोरी चरित्रका कारणपनि आमजनताले दुख पाएको गुनासो समेत बढेको छ । भू-माफियाहरूले म्ाालपोतका हाकिमदेखि तल्लो स्तरका कर्मचारीहरूलाई समेत खरिद गरि नक्कली कागजपत्र र नक्सा बनाई सरकारी पर्ति जग्गालाई समेत आफनो चंगुलमा पार्न लागेको समाचार समय समाजले फेला पारेको छ । सुडाल गाविस बडा नं ४ मा रहेको मिश्रकिोटको करिब ३४/३५ रोपनी र्सार्वजनिक जग्गालाई भू-माफियाहरूले निजी प्रमाणित गर्राई अकुत रुपमा जग्गा खरिद बिक्री गर्ने/गराउने योजनामा रहेको थाहा हुन आएको छ । हाल सो जग्गामा सरकारी कार्यालयको प्रयोजनका रुपमा उपस्वास्थ्य चौकी, रेञ्जर कार्यालय र बालकुमारीको मन्दिर रहेको छ भने सो जग्गा गाबिस क्षेत्रकै महत्वपर्ूण्ा र आकर्षाको केन्द्रका रुपमा हेरिने गरेको छ । भू-माफियाको गिरोहले सरकारी कार्यालयहरू रहेको ठाउ“मा समेत आ“खा गाडेको र त्यसमा मालपोत कार्यालयका हाकिम र अन्य कर्मचारीहरूको समेत मिलेमतो हुनसक्ने स्थानीयबासीको आरोप रहेको छ । सो जग्गाभन्दा केहिमाथी बाटोले छुट्टयाएको जग्गामा एउटा सरकारी बिद्यालय रहेको छ भने करिब २३/२४ बर्षेखि आशाकाजी कपाली र करिब १०/११ बर्षेखि शिबकुमार बिष्ट सुकुम्बासीको रुपमा सोही र्सार्बजनिक जग्गामा बस्दै आएका छन् ।
त्यसैगरी गाबिस भवन रहेको जितपुर-४ मा र्सार्वजनिक जग्गा ४६ रोपनी देखिएपनि अहिले सो जग्गामा स्थानिय जनताहरूले घर र खेतीयोग्य जमिनको रुपमा उपयोग गर्दै आएका कारण खाली जग्गा नै नभएको गाबिसका एक कर्मचारीले बताए । गाबिस क्षेत्रभित्र जम्मा ४६ रोपनी जग्गा देखिए पनि २१ रोपनी जग्गा जंगममठ गुठीको नाममा दर्ता भएको र बा“कि २५ रोपनी जग्गा र्सार्वजनिक रहेको स्थानीय रुपेश खत्रीले बताए । यता गाबिसको र्सवदलिय संयन्त्रले सोही र्सार्वजनिक जग्गामा गाबिस भवन बनाउने निर्ण्र्ाागरेको तर सो जग्गामा स्थानीय जनताहरूले कब्जा जमाएर बसेकाले भवन बनाउने बिषयमा अन्योल सिर्जना भएको एक कर्मचारीले बताए । हाल सो र्सार्वजनिक जग्गामा २० भन्दा बढी घरहरू रहेका छन् भने बा“कि खाली जग्गालाई पनि खोतीयोग्य जमीनको रुपमा प्रयोग गरिएको ति कर्मचारीले बताए ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

No related posts.

Leave a Reply

Spam Protection by WP-SpamFree