भक्तपुर अस्पतालमा आएका संवेदनशील शवहरुको शव परिक्षण शिक्षण अस्पतालमा
-र्सर्मिला लवजु
भक्तपुर । भक्तपुर जिल्लाको एक मात्र जिल्ला अस्पताल भक्तपुर अस्पतालमा रहेकेा मर्ुदाघर जिर्ण्र्ाावस्थामा रहेको र अस्पतालमा आवश्यक मात्रामा स्रोत र साधनको अभावका कारण जिल्ला अस्पतालमा आएका संवेदनशील शवहरुको प्ाोष्टमार्टम -शव परिक्षण) का लागि काठमाण्डौंको शिक्षण अस्पतालमा पठाउने गरेको छ ।
अस्पतालका डा.अमर पौडेलका अनुसार अस्पतालमा आएका सामान्य केशका शवहरु यहीं अस्पतालमा शव गर्ने गरेको बताउनुभयो भने संवेदनशील केशका शवहरु अस्पतालमा राख्ने प्रिmजको व्यवस्था नभएकोले, शवको जिम्मेवार व्यक्ति समयमै अस्पतालमा आउन नसक्ने अवस्थाका शव, वेवारिसे शव, मृत अवस्थामा फेला परेका कुनै पनि शव, शव पहिचान खुल्न नसकेका वा अनुहार पहिचान गर्न नसकेका शव, विवादितका शवहरु, आत्महत्या गरेको लासको र डि.एन.ए परिक्षण गर्नु पर्ने जस्ता शवहरु जस्ता संवेदनशील केशहरुलाई मात्र शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाउ“दै आएको बताउनुभयो ।
साधारण तया यस अस्पतालमा विष सेवन गरी मरेका, झुण्डिएर मरेका, सडक दर्ुघटनामा परेका, करेन्ट लागेर मरेका, पानीमा डुबेर मरेका र बेवारिसे अवस्थामा भेटिएका शवहरुलाई पोष्टमार्टमका लागि अस्पताल ल्याउने गरिन्छ । तर अस्पतालमा आवश्यक मात्रामा स्रोत र साधनको अभावले गर्दा पोष्टमार्टमका लागि ल्याइएका संवेदनशिल शवहरु शिक्षण अस्पताल लग्नु परेको हो । अस्पतालमा शव राख्नको लागि पर््रयाप्त क्षेत्रको अभाव हुनुका साथै पोष्टमार्टम गर्नको लागि आवश्यक मात्रामा पानीको राम्रो व्यवस्था नहुनु र आवश्यक औजारहरुको अभावका कारण शिक्षण अस्पतालमा शवहरु रिफर गर्नु पर्ने बाध्यता भएको पनि उहा“ले बताउनुुभयो ।
त्यस्तै अस्पतालका एक कर्मचारीका अनुसार मर्ुदाघरमा पोष्टमार्टमका लागि भनेर राखिएको शवको सुरक्षा पनि हुदैन । शवको कान मुसाले खाएर शवलाई नै असुरक्षित बनाईएको छ । मर्ुदाघरको यस्तो हालतले गर्दा शवको सुरक्षका लागि बस्ने कर्मचारी मात्र सास्ती भएको बताउनु हुन्छ ।
सबै प्रकारका शवहरुको परिक्षण गर्न आधुनिक किसिम वा भनौं सुविधा सम्पन्न मर्ुदाघर निर्माण गर्नु पर्दछ । व्यवस्थित मर्ुदाघर निर्माणका लागि गर्न करिब रु १५ लाखभन्दा माथिको लागत लाग्ने कुरा अस्पतालका टेक्निसियन खगेन्द्र भण्डारीले बताउनुभयो । उहा“का अनुसार भवन निर्माणका लागि यसै महिना स्व्ाास्थ्य मन्त्रालयमा पहल गरेको समेत बताएका छन् । व्यवस्थित अस्पताल निर्माणका लागि पटक पटक भक्तपुर नगरपालिका , जिल्ला प्रशासन कार्यालय र भक्तपुर अस्पतालको बैठक बस्दा पनि मर्ुदाघरको व्यवस्थित भवन निमार्ण्र्ााुन सकेको छैन । जसले गर्दा संवेदनशील शवहरुको पोष्टमार्टम शिक्षण अस्पतालमा गराउन बाध्य भएको अस्पताल स्रोतको दावी छ ।
भक्तपुर जिल्ला लगायत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका पोष्टमार्टम गर्नु पर्ने शवको शव परिक्षण गर्न ल्याउने यहा“ ल्याउने गरेको पाइन्छ । यसरी भक्तपुर जिल्ला अस्पतालमा शव परिक्षण गर्ने एक मात्र मर्ुदाघर जिर्ण्र्ाावस्थामा रहेका कारण सेवाग्राहीले उचित सेवाबाट वञ्चित हुनुका साथै शव रिफर गर्दा सेवाग्राही -मृतका परिवार) लाई थप रु २५०० देखि ३००० आर्थिक भार समेत बेर्होनु पर्ने हुन्छ ।
यस्तो समस्या हुदा“ पनि यसका लागि जिम्मेवार पक्ष वा निकायहरु अहिले पनि कानमा तेल हालेर बसेका छन् । यदि केही समयमा नै यस समस्याको समाधानका लागि जिम्मेवार पक्षले केही गर्न नसकेको खण्डमा भक्तपुर अस्पतालमा कुनै पनि शव परिक्षण नहुने र अरु सामान्य बिरामीहरु यस अस्पतालमा आउनुको सातो काठमाण्डौंका अर्कै अस्पतालहरुतिर जाने सम्भावना देखिसकेको छ । अस्पताल विश्वास घटे पछि स्वभाविक रुपमा बिरामीको संख्या पनि कम हुन जान्छ । यसबाट अझ बढी र्सवसाधारण मारमा पर्न जाने हुन्छ र भक्तपुर अस्पतालबाटै र्सवसाधारणको विश्वास घटेर भक्तपुरकै बदनाम समेत हुनसक्छ । त्यसैले यसतर्फसबै सम्बन्धित निकायहरुले छिटो भन्दा छिटो ध्यानाकर्षा अति आवश्यक भई सकेको छ ।
अरुपनि यस्तै पढ्नुहोस: