वशिष्ट व्यक्ति तथा महत्वपर्ण् प्रतिष्ठान सुरक्षा तालिम सम्पन्न
काठमाडौं । सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा संचालित सि.सं. १९ विशिष्ट व्यक्ति तथा महत्वपर्ूण्ा प्रतिष्ठान सुरक्षा तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रकाश ओझाले सो गणमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गर्नुको साथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार एवं प्रमाणपत्रसमेत प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक ओझाले त्यसअवसरमा विशिष्ट व्यक्तिको सुरक्षा चुनौतीलाई सदैव गहनरुपमा अध्ययनमनन् गरी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट पुरा गर्न निर्देशन दिनुभयो । उहाँले मानवअधिकारको उल्घंन हुनेखालका कुनैपनि कामकारवाही गर्न नहुनेतर्फविशेष ध्यानदृष्टि पुर्याउँदै कार्यक्षेत्रमा परिचालित एपीएफ अधिकृत तथा जवानहरुले मानवअधिकारको पर्ूण्ारुपमा संरक्षण र सर्म्बर्द्धन गर्दै कार्य गरिरहेको उल्लेख गर्नुभयो । तालिमको दौरानमा आर्जन गरेका ज्ञानसीपलाई प्रशिक्षार्थीहरुले दायित्व निर्वाहको क्रममा हुबहु एवं प्रभावकारी रुपले उपयोग गर्न सकेमामात्र यसको महत्व झल्किने बताउनुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक ओझाले भन्नुभयो-’तालिम केवल साधन हो, साध्य होइन ।’ सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अभिकुमार खत्रीले धन्यवाद ज्ञापन गर्नुहुँदै तालिम प्राप्त दक्ष जनशक्तिबाट संगठनको छवि उच्च बनाउन उल्लेख्नीय योगदान पुग्ने बताउनुभयो ।
अरुपनि यस्तै पढ्नुहोस: