अवैध कटुवा पेस्तोल तथा गोलीसहित दर्ुइ पक्राउ
सप्तरी । सप्तरी जिल्लाको कोचबखारी गाविस ९ स्थित कुपी भन्ने स्थानबाट एपीएफ टोलीले तीनथान अवैध कटुवा पेस्तोल तथा सात राउण्ड गोलीसहित दर्ुइ जनालाई गत साता पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने २५ वषिर्य विद्यालाल मुखिया र ३२ वषिर्य भुपेन्द्र मुखिया रहेका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरी र सीमा सुरक्षा पोष्ट छिननमस्ताबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीको टोलीले उक्त कटुवा पेस्तोल तथा गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी, बारा जिल्लाको पथलैया चोकबाट एपीएफ टोलीले अवैध चोरीपैठारीको तीनसय ५० बोरा रसायनिक मलसहितको दर्ुइवटा ट्रक बरामद गरेको छ । भन्सार छली ल्याइएको उक्त मल ना.३ ख ९०७४ र ना.३ ख ५५३२ नम्बरको ट्रकसहित एपीएफ टोलीले उक्त मालसामान बरामद गरेको हो । मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैयाबाट गस्तीमा खटिएको एपीएफ टोलीले सो स्थानमा सवारी जाँचगर्ने क्रममा अवैध चोरीपैठारीको उक्त रसायनिक मल तथा ट्रक बरामद गरेको हो । एपीएफ टोलीले बरामद मल ट्रकसहितै आवश्यक कारवाहीको लागि स्थानीय राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
अरुपनि यस्तै पढ्नुहोस: