किसान संघको प्रथम खुल्ला राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न
- र्सर्मिला लवजु, भक्तपुर । ऐतिहासिक तथा सा“स्कृतिक नगर भक्तपुरमा नेपाल क्रान्तिकारी किसान संघको “राज्य संरचनामा जनसंख्याको अनुपातमा किसानहरुको प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ प्रथम खुल्ला राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह गत शुक्रबार भव्य रुपमा सम्पन्न भयो । जिल्लाका हजारौं किसान, मजदुर, महिला, विद्यार्थी, शिक्षक, युवा, कर्मचारी तथा र्सवसाधारणको व्यापक सहभागितामा र्सर्ूयमदीबाट शुरु भएको र्याली भक्तपुर नगरको परिक्रममा गरि दत्तात्रयमा पुगेर सभा परिणत भएको थियो । सो र्यालीमा भक्तपुरका विभिन्न सा“स्कृतिक टोली समूहको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।
भनपा २ स्थित श्वेत भैरव बा“सुरी बाजा समूहको धुनस“गै नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेंबाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले किसानको हक हितका लागि अहिले क्रान्तिकारी किसान आन्दोलनको आवश्यकता रहेको कुरालाई जोड दिनु भयो ।
किसान वर्गहरुको हकहितका बारेमा ठूला र कम्युनिष्ट भन्ने पार्टर्ीीले धैरे ठूल-ठूला कुराहरु गरे पनि उनीहरुले समेत वैज्ञानिक भूमि सुधारको नाममा प“ूजीवादी भूमि सुधारको पक्षमा रहेको कुरालाई उहा“ले आलोचना गर्नुभयो । देशमा जमिनदारीको प्रथा उन्मुलन गरी किसानलाई काम अनुसारको मामको व्यवस्था गर्न जमिन जोत्नेको सिद्धान्त लागु गर्न क्रान्तिकारी भूमि सुधार नगरी नहुने भन्दै वैज्ञानिक भूमि सुधारको गोल बन्दीले अहिलेका स-साना किसानहरु ज्यामीका रुपमा परिणत हुने र त्यसले अन्ततः ठूला जमिनदारहरुलाई नै फाइदा हुने भएको कारण क्रान्तिकारी किसान आन्दोलन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
उहा“ले अहिले माओवादीहरुले गरिरहेको जातीय स्वायत गणराज्य घोषणा एक हास्यव्यंग कार्यक्रम जस्तो मात्र भएको कुरा भन्नु भयो । जातजाति र भाषाभाषीका आधारमा यसरी नै संघीय राज्य बनाइयो भने मुलुक विखण्डनको बाटोतिर जाने प्रबल सम्भावना रहेको कुरा बताउनु भयो । प्राकृतिक सोत र साधनको आधारमा मुलुकको संघीय संरचना बनाउन अति आवश्यक रहेको कुरा भन्नुभयो ।
कार्यक्रममा हालै एकीकृत माओवादी नेता प्रचण्डले भारतस“ग वार्ता गर्ने भनार्इमा उहा“ले भन्नुभयोः- ” रिसको झोंकमा मनपरि बोलेर कुनै पनि पार्टर्ीीा नेताको इज्जत रहदैन । ” कहिले भारतको विरोध गर्ने त कहिले भारतसंग भेटवार्ता गर्ने भन्ने कुरामा माओवादी द्वयचरित्र रहेको पनि संकेत गर्नुभयो । यसरी नै माओवादीका नेताहरुले भारतीय गुप्तचर सघं-संस्थासंग सम्बन्ध बढाइरहेको आरोप पनि लगाउनुभयो । यस्तो माओवादीको भारतीय गुप्तचर संस्थासंगको सम्बन्ध गैर कानुनी र अपराध भएको समेत बताउनुभयो ।
नेक्राकिसंघका केन्द्रिय संयोजक डिल्ली प्रसाद काफ्लेको सभापतित्वमा भएको सो समारोहमा सह-संयोजक गोविन्द दुवालले स्वागत मन्तव्य दिनुभयो भने केन्द्रिय सदस्य मणिराम तिवारीले धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै नेक्रायुसघंका केन्द्रिय अध्यक्ष एवं सभासद् जग्यबहादुर शाही, नेमकिपाका केन्द्रिय सदस्य एवं पर्सर्ाा अध्यक्ष निजामुद्दिन शाहदेवान, नेक्राविसंघका सरोजकुमार शाह, नेमकिपा बाराका अध्यक्ष्ँ मुक्ति यादव, नेक्रामसंघका अध्यक्ष अम्बिका न्याइच्याई, नेक्राशिसंघका चक्रबहादुर चाकतु, नेमकिपा केन्द्रिय सदस्य रेञ्जुदेवी शाहलगायतका अन्य अतिथिहरु रहनुभएको थियो ।
किसान संघमा नया“ कार्यसमितिमा डिल्ली प्रसाद काफ्लेको अध्यक्ष्ँतामा २१ सदस्यिय र्सवसहम्मत रुपमा नवनिर्वाचित भएको छ । जसको उपाध्यक्षमा गोविन्द दुवाल, सचिवमा विकल प्रजापति, सह-सचिवमा हरिराम सुवाल, कोषाध्यक्षमा कमलमैंया सुवाल र सदस्यहरुमा क्रमशः बुद्धिकुमार गोर्साई, ज्ञानबहादुर न्याइच्याइ, केदार खड्का, श्याम बिसुखें, रेञ्जु देवी शाहलगायतका रहेका छन् ।
अरुपनि यस्तै पढ्नुहोस: