काशीराम विरसको “आस्थाया किपा”
साहित्यकार काशीराम विरसको पहिलो नेपालभाषाको लघु कथा संग्रह “आस्थाया किपा” अर्थात आस्थाको तस्वीर प्रकाशित भएर बजारमा आएको छ ।
कुतःपिकाक भक्तपुरको ११७ औं पुुस्तकको रुपमा सो संग्रह बजारमा आएको हो । यो उहा“को नेपालभाषामा प्रकाशित पहिलो लघुकथाहरूको संग्रह हो । जसको मूल्य रु. ३५।- निर्धारिण गरी किताबमा १८ वटा छोटा-छोटा लघु कथाहरू संकलन गरिएको सो संग्रह ४० पृष्ठसम्मको छ । सोह्र पृष्ठसम्म प्रकाशकको झलक, लेखकको भनाई र समालोचक इन्द्र मालीको भूमिकाले स्थान ओगटिएको छ ।
अठार वटा कथाहरूमा अन्तर, र्सगःया लुखा, लिलिसः, नियति, न्ववायेगु व व्यवहार, झःझः धाये, बर्थ डे अर्थात बुन्हि, जिगु बाखं, कुलां, परिवेश, साइत, भिन्नता, ममालागु लिधंसा, दुःखं जाःगु मृत्यु, यथास्थिति, सामयिक, सत्य र बुद्धया मिखा रहेका छन् । कथा अत्यन्तै छोठा र मिठासले भरिपर्ूण्ा भएकाले पढ्नमा कुनै झ्याउ लाग्ने ठाउ“ छैन । नेपालभाषामा एम.ए. तहमा अध्ययनरत विरस नेपाली भाषाबाट निकै प्रभावित देखिन्छ । आधा जति लघुकथाका शर्ीष्ाक नेपाली शब्द पर्नु र कथाभित्रका भाषामा पनि नेपाली शब्दको अत्याधिक प्रयोगले यो कुरालाई पुष्टि गर्दछ भने अंग्रजी शब्दको पनि प्रयोग भएको पाइन्छ ।
आजभन्दा एघार वर्षअघि नै ‘मन रोइरहेछ’ कविता संग्रहमार्फ साहित्यिक फा“टमा पदार्पण गरिसक्नु भएका काशीराम विरसको यो चौथो कृति हो । यस अघि उहा“ले ‘जिन्डगीका रेखाहरू’ नामक गजल संग्रह र ‘र्स्पर्शका अनुभूति’ नामक अर्को गजल संग्रह प्रकाशित गरिसक्नु भएको छ । ‘प्रवाह’ साहित्यिक परिवार र भक्तपुर साहित्यिक समाजका संस्थापक अध्यक्ष काशीराम विरसले यो पुस्तक भक्तपुर साहित्यिक समाज र कुतः पिकाक, तिबुक्छे“को सहयोगमा प्रकाशित गर्नुभएको हो ।
नेपाल संवत ११३० नववर्षो अवसरमा पारी होटेल स्वीट होममा आयोजित एक समारोहबीच ५ जना भक्तपुरका लघु कथा स्रष्टाहरूको ५ वटा कथा संग्रह एकै साथ विमोचन गर्ने क्रममा यो पुस्तक पनि विमोचन भई बजारमा ल्याइएको थियो । सो कार्यक्रममा काशीराम विरसको ‘आस्थाया किपा’, विमल ताम्राकारको ‘न्हूगु नेपाः’, श्याम ‘आशा’ को ‘प“जदय् दुने- प“जलय् पिने’, कृष्णभक्त बोडेको ‘कःधाये मफुगर्ुर् इ’ र सौरभ शाक्यको ‘क्वदःगु झवाता“’ नामक कथा संग्रह क्रमशः रामेश्वर नकर्मी, लक्ष्मण राजवंशी, मथुरा सायमी, राजा शाक्य र नर्मदेश्वर प्रधानले एकै साथ संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।
‘प्रवाह’ द्वैमासिक, ‘स्वर्ण्र्ााजुर’ मासिक तथा ‘प्रचेष्टा’ साप्ताहिकको सम्पादकको रुपमा आफ्नो प्रतिभा पर््रदर्शन गरिसक्नु भएका काशीराम विरसका १८ वटै कथाहरू समसामयिक र सरल भाषाशैलीमा लेखिएका छन् । आर्थिक समानताको पक्षमा वकालत गर्न अन्तर कथाले आर्थिक असमानताका कारण भएका फरक प्रस्ट्याइएको छ । सन्तानको पर्वाह नगरी छोराको आशामा थुप्रै छोरीहरू जन्माउ“दै गरेका घटना उजागर गर्न र्’र्सगःया लुखा’ कथा सफल देखिन्छ । सासु र बुहारीको नारी सुलभ अभिव्यक्ति श्रृंगारिक रुपमा अभिव्यक्त गर्न ‘लिसिसः’ कथा सफल भएको छ । समाजमा रहेका खराब नियतलाई व्यंग्य गर्न ‘नियति’ कथा पर्याप्त छ । बोली र व्यवहारको भिन्नता देखाउन ‘न्ववायेगु व व्यवहार’ कथा सफल देखिन्छ । नलि द्वैमासिकमा प्रकाशित ५ वटा कथाहरू समावेश गरिएको यो लघुकथा संग्रहमा स्रग्रहित साइत, भिन्नता, ममालागु लिधंसा, दुःखं जाःगु मृत्यु, यथास्थिति, सामयिक, सत्य र बुद्धया मिखा लघुकथाहरू पनि सत्य र दुखले भरिएको सत्य घटना ओकलेर सामयिक र यगास्थिति उजागर गर्ने आधार तथा भिन्नता खोज्न साइत पर्खिरहेको आभास मिल्छ ।
नेपालभाषाका यी र यस्ता कृतिहरू बजारमा उपलब्ध भएको खण्डमा हालको नेपाल भाषामा देखिएका समस्याहरू समाधान गर्न समेत सहयोग पुग्दछ । नेवार भएर पनि नेपालभाषा पढ्न लेख्न र बोल्न नआउनेहरूका लागि पनि यस पुस्तकको माध्यमबाट थोरै भए पनि नेपालभाषा सम्बन्धि ज्ञान हासिल गरि पढ्न लेख्न सहयोग पुग्दछ । – र्सर्मिला लवजू
अरुपनि यस्तै पढ्नुहोस: