प्रचण्डस“गको भेटपछि राजदूत सुद व्रिफिङ गर्न भारततर्फ-प्रधानमन्त्रीको चीन भ्रमणमा भारतको चासो
काठमाडौं । प्रधानमन्त्री माधबकुमार नेपालले गत शनिबार देखि छिमेकी मुलुक चीनको ६ दिने भ्रम सुरु गरेका छन् । चीनका प्रधानमन्त्री वेन जियावा ओको निमन्त्रणामा नेपाल दलबलसहित भ्रमणमा गएका हुन् । प्रस्थान गर्नु अघि प्रधानमन्त्रीले आफुले चीन भ्रमणमा गर्न लागेको कामको बारेमा जानकारी दिन गत शनिबार प्रतिनिधिसभामा सहभागि २५ राजनीतिक दलका नेताहरुलाई व्रिफिङ गरेका थिए । व्रिफिङमा उनले आफु सहयोग माग्न वा सन्धी सम्झौता गर्न नभई समकक्षीको निमन्त्रणामा मैत्री सम्वन्धलाई अझ गाढा बनाई हार्दिक र मैत्रीपर्ूण्ा बनाउने बताएका थिए । प्रधानमन्त्रीले बैठकमा कुनै माग र प्याकेज लिएर जान लागेको नभई सदभावना भ्रमण मात्र भएको जानकारी दिएका सहभागि एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्रीले त्यसो भनेतापनि परराष्ट्र मन्त्रालयले यो अवसरको सदुपयोग गर्दै केहि सम्झौता र योजनाको प्रस्ताव गर्ने तयारी गरेको कुरा र्सार्वजनिक गरेको छ । जस अनुसार १५ करोड युयानको आर्थिक तथा प्रविधिक सहयोग, १ करोड युयानको मानव संसाधन र प्रशिक्षण परियोजना, चीन विकास बैंक र नेपाल राष्ट्र बैंकबीच आर्थिक कारोवार तथा युथ एक्स्चेन्जका कार्यक्रममा मन्त्रीस्तरको सम्झौता गरिने छ । त्यसैगरी सहयोगको लागि प्रस्ताव गरिने योजनाहरुमा मध्य पहाडी राजमार्ग, ४ सय मेघावाटको नलस्याउगाड जलविद्युत, जोमसोम देखि पोखरा फस्ट ट्रयाक, पोखरामा अन्तराष्ट्रिय विमानस्थल र बागलुङ-पोखरा-लुम्विनी फास्ट ट्रयाक रहेका छन् ।
हालै भारतीय सेनाप्रमुख दीपक कपुरले माओवादी जनसेनालाई नेपालीमा सेनामा मिलाउनु हु“दैन भन्ने भनाईप्रति माओवादीले आपत्ति जनाएपछि गत आईतबार एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डस“ग भेट गरी भारतीय राजदूत राकेश सुद भारत प्रस्थान गर्दैछन् । उनले नेपालको पछिल्ल्ाो राजनीतिक गतिविधि र चीनको सहयोग निरन्तर बढेको तथा नेपाली पनि चीनको पनि चीन तर्फलगाव बढ्दै गएको बारेमा व्रिफिङ गर्ने बुझिएको छ ।
प्रधानमन्त्री नेपालको भ्रमणलाई चीनले बिशेष महत्व दिएर सहयोगको प्याकेज दिन लागेको चाल पाएका भारतीय राजदूत सुद गत शुक्रबार क्रिसमसको विदा भएपनि भ्रमणको तयारीमा जुटेका परराष्ट्र सचिव मदन भट्टर्राईलाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए । सुदले भ्रमणका एजेण्डा, लिन लागेको सहयोग तथा को कोस“ग भोटबार्ता गर्न लागिएको साथै हुनसक्ने सन्धी सम्झौताका बारेमा जानकारी लिएका सुत्रले जानकारी दिएको छ । तर सचिव भट्टर्राईले भने नियमित भेटघट भएको भन्दै बास्तविकता खोल्न चाहेनन् । नेपाल एउटा स्वतन्त्र, र्सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएतापनि भारतले यहा“ हुने हरेक गतिविधिमा चासो राख्दै आएको छ । अझ नेपालमा चीनले गर्ने कुनैपनि गतिविधि उसलाई मन परेको छैन । केहि महिना पहिला भारत र नेपालको सीमा नजिक चीनले सञ्चानल गरेको विकास कार्यक्रममा भारतको चियो गरेको भन्दै उसले नेपालका बरिष्ठ पदाधिकारीलाई गुनासो गरेको थियो । नेपालका पदाधिकारीहरुले भारत विरोधी गतिविधि हुन नदिने र त्यस्ता कार्यक्रम तथा परियोजनामाथि कडा निगरानी राख्ने आश्वासन दिएको स्रोतको दावी छ ।
उता भारतले दलाईलामाका अनुयायीहरुलाई उक्साएर चीनविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा चीनले तिव्बतीयनहरुलाई बिशेष न्रि्रानी राख्न नेपाल सरकारलाई आग्रह गरेको छ । जवाफमा नेपालले आफ्नो एक चीन नीति रहेकोले मित्र राष्ट्रको विरुद्धमा कुनै गतिविधि हुन नदिने जनाएपछि उ नेपालको विकासप्रति लचिलो भएको हो । गतबर्षकाठमाडौं र मुस्ताङमा भएका चीन विरुद्धका गतिविधि नेपालले नियन्त्रण गरी केहिलाई हिरासतमा लिएपछि अमेरिकालेसमेत उनीहरुको स्वतन्त्रताको बारेमा प्रश्न गरेको थियो ।
विगत केहि समय देखि नेपालमा चीनको पनि सक्रियता निकै बढेको देखिन्छ । नेपालमा संविधानसभाको निर्वाचनपश्चात २०६५ मंसिर ४ गते चिनिया“ जनमुक्ती सेनाका मेजर जनरल आई हुजेङको नेतृत्वमा एक टोली नेपाल भ्रमणमा आएको थियो । त्यसको लगत्तै सोहि महिनाको १७ गते चिनिया“ विदेश मन्त्री याङ जेइचीको टोली नेपाल आएर यहा“का शर्ीष्ा नेता तथा पदाधिकारीस“ग भेट बार्ता गरेको थियो । लगत्तै मंसिर २१ गते चीनका जनमुक्ति सेनाका उपप्रमुृख मा जिओसिनले नेपाल भ्रमण गरेका थिए । बिचमा थुप्रै चिनिया“हरुले नेपालको भ्रमण गरे पनि उच्च ओहोदाकाले नगरेकाले खासै चर्चा भएन । गत २०६६ मंसिर ९ गते तिव्बतका कार्यकारी उपप्रमुख हाओ पेङले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी सोहि महिनाको १९ गते चिनिया“ जनमुक्ति सेनाका लेफ्टिनेन्ट जनरल सु युताईको टालीले भ्रमण गरेको थियो । गत मंसिर ३० गते चिनिया“ रक्षा मन्त्रालयका परराष्ट्र मामिला उपनिर्देशक मेजर जनरल जिया जियाओनिङको नेतृत्वमा आएको टोलीले नेपालको भ्रमण गरेको थियो । उक्त भ्रमणमा चीनले दिने भनिरएको ४१ करोड बराबरको सैन्य सहयोग जुन रोकिएको थियो तत्कालै उपलब्ध गराउने बताएको थियो । जनरल जियाओनिङको टोली नेपाललाई सैनिक सहयोग दिन आउने चाल पाएको भारतले नेपालका प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई भारतको स्थाल सेनाको मानार्थ महारथीको सम्मान गर्न भारत निमन्त्रण गर्यो । एक समारोहकाबीच भरतीय राष्ट्रपति प्रतिभा पाटीलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेकी थिइन् । सोहि अवसर पारेर भारतले नेपाली सेनालाई करिब २ अर्ब बरावरको सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भारतले सैन्य सहयोग रोकेको थियो । त्यस अघि उसले ७० प्रतिशत अनुदानमा नेपाली सेनालाई हतियार उपलव्ध गराउ“दै आएको थियो ।
अहिले दर्ुइ छिमेकी मुलुक भारत र चीन नेपाललाई सक्दो सहयोग दिन तम्तयार भएर लागेका छन् । उनीहरु नेपालीहरुलाई दया गरेर नभई एकले अर्कोभन्दा आफु कम नभएको देखाउन यसो गरेको विज्ञहरु बताउ“छन् । एक राजनीतिक विश्लेषक भन्छन् ‘भारतले गर्ने हरेक सहयोगमा स्वार्थ लुकेको हुन्छ । भक्तपुरको र्सर्ूय विनायक देखि काठमाडौंको तीनकुनेसम्म जापान सरकारले बनाउन लागेको सडकको नेपाली जनताले खुलेर प्रशंसा गर्छन तर भारतले नेपालको प्रत्येक जिल्लामा कुनै न कुनै संस्था मार्फ सहयोग प्रदान गरेको छ तैपनि नेपाली उसलाई किन शंकाको दृष्टिले हर्ेछन -’ यो सबै उसको छिमेकीलाई हेप्ने प्रबृत्तीका कारण भएको उनीहरुको ठम्याई छ । भारतका कुनैपनि छिमेकीस“ग राम्रो सम्वन्ध छैन । प्रत्येकलाई हेप्ने, मिच्ने नीति उसको छ । नेपालको कालापानीमा बर्षौ अघि अड्डा जमाएर बसेको भारतीय सेना उक्त जमिन छाड्न मान्दैन । सुस्ता गाविसको ९ वडामध्ये ७ वडा माथि कब्जा जमाएर पनि पुगेको छैन । अन्य जिल्लामा पनि सीमा सुरक्षा बललाई अघि सारेर नेपाली भूमि मिच्दैछ । भुटानी शरणार्थीलाई ट्रकमा राखेर नेपालमा ल्याएर खन्यायो तर उता जान दि“दैन । अनि भन्छ शरणार्थी समस्या भारतको होइन । त्यसैले भारतको सहयोग नेपालीको माया“ले नभई स्वार्थले गरेको उनीहरुको ठहर छ ।
अरुपनि यस्तै पढ्नुहोस: