लोडसेडिङ बढाउने तयारी अन्तिम चरणमा

काठमाडौं । गतवर्षदिनको १६ देखि १८ घण्टासम्म भएको लोडसेडिङ यो वर्षपनि सोही अनुपातमा पुग्नसक्ने बताइएको छ । गत कार्तिक महिनादेखि क्रमिकरुपमा बढ्दै आएको लोडसेडिङको समयावधि नेपाल विद्युत प्राधिकरणले फेरि बढाउने अन्तिम तयारी गरिरहेको छ । प्राधिकरणले खोलामा पानीको बहावमा कमी हुँदै आएको कारण देखाउँदै भोलि मंगलबारबाट लोडसेडिङ बढाउने अन्तिम तयारी गरिरहेको स्रोतले बताएको छ । प्राधिकरणले बढाउन लागेको लोडसेडिङको नयाँ तालिका तयारी गरिसकेको पनि स्रोतले जानकारी दियो । नयाँ तालिकाअनुसार अब लोडसेडिङ साताको ७२ घण्टा पुग्नेछ । हाल साताको ४८ घण्टा लोडसेडिङ हुँदै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक जिवेन्द्र झाले नयाँ तालिका मंगलबारसम्म र्सार्वजनिक हुने जानकारी दिइसकेका छन् । वर्तमान सरकारले यसपटक हिउँदमा दिनको १२ घण्टाभन्दा बढी लोडसेडिङ नहुने दाबी गर्दै आएपनि प्राधिकरण स्रोतले अघिल्लो वर्षो तुलनामा उत्पादनमा नयाँ कुनै पनि परिवर्तन नभएकाले यसपटक पनि अघिल्लो वर्षस्तै दैनिक १६ घण्टासम्म लोडसेडिङ हुनसक्ने दाबी गरेको छ । भारतबाट आयात गरिने ५० मेगावाटबाहेकको विद्युत अहिलेको प्रणालीमा थपिने सम्भावना न्यून रहेकोले पनि लोडसेडिङ घट्न नसक्ने प्राधिकरण स्रोतको तर्क रहेको छ । नेपालले हिउँद महिनाका लागि करिब ८० मेगावट थप विद्युत भारतसँग मागेकोमा भारतले ५० मेगावटमात्र दिने भएको छ । जसमध्ये २० मेगावट यही आउँदो जनवरी १ देखि टनकपुर प्रसारण केन्द्रबाट नेपाल भित्रिनेछ भने ३० मेगावट विद्युतको मूल्य निर्धारण नभइसकेकाले तत्कालै उक्त परिमाणको विद्युत नेपाल भित्रिने सम्भावना नरहेको प्राधिकरण स्रोतले जनाएको छ । तथापि उर्जामन्त्री डा. प्रकाशसरण महतले भने विगत वर्षोजस्तो तुलनात्मक रुपमा लोडसेडिङ नहुने दाबी गरेका छन् ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

अरुपनि यस्तै पढ्नुहोस:

  1. संविधानसभा विघटनको तयारी र्सार्वजनिक
  2. मातृकाद्वारा बटालियन र्सार्वजनिक, जनअदालतको तयारी
  3. दोहोरो आर्थिक मारमा उपभोक्ताहरु

Leave a Reply

Spam Protection by WP-SpamFree