तरुण दलले हतियारसहितको दस्ता बनाउने
काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्ना मिलिसियाहरुलाई युवा दस्ताको रुपमा निर्माण गरेर विपरीत विचारका राजनीतिक दलहरुप्रति लक्षित गरी आक्रामक संगठनको रुपमा वाइसीएललाई परिचित गराएपछि त्यसैको नक्कल गर्दै अन्य प्रमुख दलहरुले समेत युवा दस्ताका नाममा युवा दस्ताहरु निर्माणलाई अगाडि बढाएका छन् । यसैक्रममा नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पनि अर्धसैनिक संरचनासहितको युवा दस्ता बनाउने घोषणा गरेको छ । माओवादी युवा संगठन वाइसिएलबाट कांग्रेस नेता तथा कार्यकर्ता असुरक्षित हुँदै गएकाले तरुण दस्ता बनाउन बाध्य भएको तरुण दलका अध्यक्ष महेन्द्र यादवले बताए । स्मरणरहोस्, गोरखामा तरुणदलका महासचिवसहितका नेताहरुलाई गत सातामात्रै माओवादी वाइसीएलले आक्रमण गरेका थिए । गत शनिबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी दलका अध्यक्ष यादवले वाइसिएलको ज्यादतीविरुद्ध सबै तरुण युवा र विद्यार्थीलाई पनि दस्तामा समाहित हुन आह्वान गरेका छन् । पत्रकार सम्मेलनमा आफूहरुलाई कमजोर नसोच्न चेतावनी दिँदै उनले भने, ‘कांग्रेस हतियार बोक्ने पहिलो दल हो,’ उनले थपे, ‘माओवादी ज्यादती नियन्त्रण नभएकाले हामी फेरि हतियार बोक्न तयार भएका हौं ।’ यादवले तरुण दललाई धेरैअघिबाट नेपाली कांग्रेसका केही नेता र जिल्ला समितिबाट हतियारसहितको दस्ता बनाउन दबाब परेको खुलासा समेत गरेका छन् । प्रजातान्त्रिक र लोकतान्त्रिक मान्यतालाई अंगिकार गर्दै पार्टर्ीीे दबाब आएपनि हतियारसहितको युवा दस्ता नखोलेको बताउँदै उनले भने, ‘लोकतान्त्रिक आस्थाका कारण हामीले त्यस्तो दस्ता नबनाएका हौं,’ उनले भने, ‘हामीले हतियारसहितको दस्ता बनायौं भने माओवादीका शर्ीष्ानेताहरु पनि सुरक्षित हुने छैनन्,’ उनको चेतावनी थियो । यसअघि दोलखामा तरुण दलले बनाएको युवा दस्ता पार्टर्ीीेन्द्रिय समितिको निर्देशनमा भंग गरिएको थियो । ‘तरुण दलले राजाका विरुद्ध समेत बम हानेको इतिहास छ,’ यादवले भने, ‘हतियारधारी संगठनले यसरी नै आक्रमण गरिरहे लाठी होइन, खुकुरी उज्याउने गरी दस्ता बनाउँछौ ।’ सोही कार्यक्रममा गोरखामा वाइसिएल आक्रमणबाट घाइते भएका महासचिव पुष्प पराजुली र केन्द्रिय सदस्य कृष्ण बस्यालले प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीको मिलेमतोमा आफूमाथि आक्रमण भएको दाबी गरेका थिए । यसैगरी दलले पुस १३ गते अर्थात् आज ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई वाइसिएलको गतिविधिबारे ज्ञापनपत्र बुझाउने र १५ गते राजधानीमा विरोध र्यालीको आयोजना गर्ने कार्यक्रम घोषणा गरेको छ ।
No related posts.
हात हतियार सहितको दस्ता बनाएर माअोबादी पारा देखाउन खोजेको हो कि प्रजातान्त्रिक पार्टी भनी चिनाउन खोजेको हो
मलाइ त लाग्छ ती तरूण युवाका शक्तिले हतियार हैन कलमको युद् गरून
[Translate]