गणराज्य घोषणामा कांग्रेस एमाले पनि सामेल
काठमाडौं । एकीकृत नेकपा माओवादीले गणराज्यहरुको घोषणा गर्दा त्यसको डटेर विरोध गरेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसहित राजधानीको रंगशालामा एकीकृत नेकपा माओवादीको नेवा राज्यले आफूहरुलाई नसमेटेको भन्दै नेवा मुक्ति मोर्चाले फरक सीमा, अवधारणा र झण्डा तथा राष्ट्रिय गानसहितको नयाँ नेवा गणराज्यको घोषणा गरेको छ । गत शनिबार रंगशालामा संविधानसभामा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस र माओवादीलगायतका दल र नेवार समुदायभित्रैका ३१ जातीय संस्थाका प्रतिनिधि सम्मिलित संयुक्त संर्घष्ा समितिले नेवार स्वायत्त राज्य घोषणा गरेको हो । विभिन्न जिल्लाबाट झाँकी र परम्परागत पोशाकमा सजिएर आएका नेवार समुदायका व्यक्तिहरुले राष्ट्रिय गान, सयौँ थुँगा फूलका हामी.., बजाएर सुरु गरेको कार्यक्रममा नेवार स्वायत्त राज्यको ‘राष्ट्रिय गान’ र ‘राष्ट्रिय झण्डा’ र्सार्वजनिक गरेका थिए । संर्घष्ासमितिका प्रतिनिधिले नै चन्द्रर्सर्ूय अंकित राष्ट्रिय झण्डा फहराइरहेको ठाउँलाई बीचमा पारेर नेवार स्वायत्त राज्यका झण्डाहरु फहराएका थिए । राज्यको घोषणा संयुक्त संर्घष्ा समितिका अध्यक्ष नरेन्द्रभक्त हाडाले गरेका थिए । गणराज्य घोषणासभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठले एमालेले ऐतिहासिक नेपाल मण्डलअनुसार नै यसको क्षेत्र घोषणा हुनर्ुपर्ने विचार राखेका थिए । कार्यक्रममा उनले यस राज्यको सीमा अन्य दर्ुइ राज्यसँग जोडिनर्ुपर्ने पार्टर्ीीे धारणा रहेको पनि बताएका थिए । उनले भने, ‘यसैअनुसार एमालेले राज्य पर्ुनर्संरचनाको अवधारणामा नेवार राज्यको सीमाङकन गरिसकेको छ’, उनले थपे, ‘अब यसलाई संविधानसभाबाट पास गर्नुपर्छ ।’ त्यस्तै नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिका पर्ूवसभापति तथा सभासद तर्ीथराम डंगोलले बाग्मतीका ८, नारायणीका ५ र दोलखा र रामेछापसहित मिलाएर एक प्रदेशको घोषणा हुनर्ुपर्ने र त्यसको नाम नेवाः राज्य हुनर्ुपर्ने बताए । संविधानसभामा रहेका २१८ जनजाति सभासदले यसका लागि दबाब दिने उनको कथन थियो । दलहरुले नेवार राज्यको सीमाका बारेमा आ-आफ्नै धारणा र्सार्वजनिक गरेपनि सभामा गणराज्यलाई निश्चित इलाका तोकेर घोषणा गरिएको छैन । नेवार राज्यको क्षेत्र घोषणा गर्दै नेवाः जागरण मञ्चका सुजीव बज्राचार्यले ‘लिच्छवीकालदेखि नै स्पष्ट अस्तित्वमा रहेका नेवार शासकहरुको अधिनस्थ शासनसत्ताको प्रादेशिक क्षेत्रको ऐतिहासिकतालाई आधार मानेर स्वायत्त राज्यको क्षेत्र निर्धारण गर्ने’ बताएका थिए । घोषणासभामा एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सभालाई सम्बोधन गर्दै नेवार स्वायत्त राज्यको घोषणाले संघीयताविरोधीहरु, संविधान निर्माणमा प्रतिकूल असर पार्नेहरुले ठूलो झापड खाएको बताए । आफ्नो पार्टर्ीी आन्दोलनका क्रममा गरेको गणराज्यहरुको घोषणाको स्मरण गर्दै श्रेष्ठले जनताले आफैं राज्य घोषणा गरी दबाब बढाएका कारण संघीयताबाट कोही पनि पछाडि र्फकनसक्ने अवस्था नरहेको बताए ।
अरुपनि यस्तै पढ्नुहोस: