मातृकाद्वारा बटालियन र्सार्वजनिक, जनअदालतको तयारी

सुनसरी । एकीकृत माओवादीका पर्ूव केन्द्रिय सदस्य रहेका मातृकाप्रसाद यादवले आफ्नो पहिलो लडाकु बिटालियन र्सार्वजनिक गरेका छन् । पर्ूव माओवादी पार्टर्ीीे गठनमा जुटेका उनले प्रचण्डहरुले क्रान्तिलाई धोका दिएर संशोधनवाद र सम्झौतावाद अँगालेको भन्दै देशव्यापी रुपमा माओवादीको संगठन विस्तारलाई त्रि्रता दिँदै आएका छन् । मातृका माओवादीले जनमुक्ति सेनाको नाममा पर्ूर्वी क्षेत्रमा ‘नामसाम स्मृति बटालियन’ निर्माण गरेको हो । मातृका यादवको नेतृत्वमा रहेको माओवादीको किराँत लिम्बूवान-खम्बुवान र कोइचवान राज्य समितिले हिजो आइतबार धरानमा एक पत्रकार सम्मेलनमार्फ बटालियन सेना र्सार्वजनिक गरेको थियो । किराँत लिम्बूवानमा ए, खम्बुवानमा बी र कोइचवानमा सी कम्पनी रहनेगरी संयोगको नेतृत्वमा बटालियन निर्माण भएको माओवादीले जनाएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत शनिबार धरानमा सम्पन्न भेलाले सो बटालियन निर्माण गरेको हो । पत्रकार सम्मेलनलाई जानकारी दिँदै माओवादीका केन्द्रिय सदस्य अमरले भने, ‘जनमुक्ति सेना जनता, राष्ट्र र राष्ट्रियताको लागि हो ।’ माओवादीले दिएको जानकारी अनुसार एक बटालियनमा ६ सय ५० जना सेना तथा कम्पनीमा १ सय ४८ जना सेना रहने पनि उनले बताएका छन् । जाली, फटाहा तथा कमिशन, घुसखोरीको पहिचान गरिरहेकाले निकट भविष्यमा बटालियनमार्फ जनकारबाही सुरु गरिने पनि अमरले बताएका छन् । नेता अमरका अनुसार सबै फटाहाको पहिचान भइसकेपछि जनअदालत समेत गठन गरेर जनअनुमोदनसहितको कारबाही गरिनेछ । जनअदालतको प्रभावकारिता र त्यसको र्सार्थकलाई मध्यनजर गर्दै बटालियन निर्माण गरिएको जानकारी दिँदै उनले भने, ‘जनअदालत गठनका लागि पनि यो अभियान गरिएको हो ।’ दाहाल नेतृत्वको समूहले १२ बुँदे समझदारी र शान्तिप्रक्रियाको नाममा जनता र क्रान्तिलाई धोका दिएकाले आफूहरुले जनयुद्ध जारी राखेको उनले बताएका थिए । नेता अमरले १० वर्षो जनयुद्ध र त्यसको उपलब्धी रक्षाका लागि जनवादी गणतन्त्र नल्याएसम्म जनयुद्ध जारी रहनेसमेत बताएका छन् ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

अरुपनि यस्तै पढ्नुहोस:

  1. संविधानसभा विघटनको तयारी र्सार्वजनिक
  2. लोडसेडिङ बढाउने तयारी अन्तिम चरणमा
  3. गणराज्य घोषणा, किरातीलाई कारबाही
  4. सशस्त्र युद्ध कायमै राखेको खुलासा

Leave a Reply

Spam Protection by WP-SpamFree