बढुवाविरुद्ध माओवादीद्वारा मुद्दा
काठमाडौं । नेपाली सेनामा निवर्तमान सेनापति रुक्मांगद कटवालको बर्खास्तीबाट नराम्रो छाप परेको माओवादीले नेपाली सेनाका रथीको बढुवा प्रक्रियालाई लिएर सर्वोच्चमा मुद्दा दायर गरेको छ । माओवादीका केन्द्रिय सदस्यसहित तीन जनाले मानव अधिकार उल्लंघन गर्ने तोरणबहादुर सिंहलाई रथीमा बढुवा गर्ने सरकारको निर्ण्र्ााबदरको मागसहित सर्वोच्च अदालतमा हिजो आइतबार रिट दायर गरेका छन् । स्मरणरहोस्, सिंहको बढुवाका विषयमा राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगले समेत आपत्ति प्रकट गरेका छन् । नागरिक बेपत्ता पार्ने काममा प्रत्यक्ष संलग्न भएको जनाउँदै सिंहलाई बढुवा गर्ने निर्ण्र्ााे मुलुकमा दण्डहिनतालाई बढावा पुग्ने जनाउँदै सरकारको निर्ण्र्ााबदरको माग राखी तत्कालीन विद्यार्थी नेता कृष्ण केसी, अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्मा र बिना मगरले संयुक्त रुपमा रिट दायर गराएका हुन् । अन्तर्रर्ााट्रय समुदाय समेतको व्यापक विरोध हुँदाहुँदै सरकारले बढुवा गर्ने निर्ण्र्ाारिटको टुंगो नलागेसम्म कार्यान्वयन नगर्न/नगराउन भनी अन्तरिम आदेश माग गरिएको छ । सरकारले गत बुधबार सिंहलाई बढुवा गर्ने निर्ण्र्ाागरेको थियो भने सरकारको निर्ण्र्ााँगै रथी सिंहले दर्ज्यानी चिन्हसमेत लगाइसकेका छन् । रिटमा सरकारले गैरकानुनी निर्ण्र्ााउत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ । केसी, शर्मा र मगर माओवादी जनयुद्धकालमा भैरवनाथ गणमा हिरासतमा राखिएका व्यक्तिहरु हुन् । सिंहले गणको प्रमुख भएका बेला ४९ जनालाई बेपत्ता पारेको भनी राष्ट्रसंघिय मानव अधिकार उच्चायुक्तको कार्यालयलगायतले तत्काल बढुवा नगर्न दबाब दिएका थिए । रिटमा, नागरिक बेपत्ता पार्ने, यातनामा प्रत्यक्ष संलग्न भएको आरोपमा अधिकारकर्मीले व्यापक रुपमा माग गरिएको अवस्थामा कारबाही नगरी बढुवा गर्ने निर्ण्र्ााे कानुनी शासन, मानव अधिकार र लोककल्याणकारी राज्यको अवधारणालाई ठाडै उपेक्षा गरेको’ उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रक्षामन्त्री विद्यादेवी भण्डारी, रक्षामन्त्रालय, नेपाली सेना, रथी सिंह, गृहसचिव गोविन्द कुसुम, रक्षा सचिव नविन घिमिरेलगायतलाई विपक्षी बनाइ रिट दायर गरिएको हो ।
अरुपनि यस्तै पढ्नुहोस: