बन्दको संस्कृतिमा नेपालले भोग्नुपरेको बलात्कार’
एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीले तीन दिन लामो नेपाल बन्द गरेको दशौं दिनका दिन मुलुकले अर्को एक दिवसीय बन्दको सामना गर्नुपर्यो । नेपालमा लगातार बन्दको आयोजना भएको देख्ने विदेशीहरू अचम्ममा परे । उनीहरू बुझन चाहिरहेका थिए- आखिर के लाभ छ नेपालबन्दमा – तपाईंहरू नियमित रुपमा आमहड्ताल गर्नहुन्छ र के प्रतिफल पाउनुहुन्छ – उनीहरू यस्तै प्रश्न गरिरहेका थिए ।र्
पर्यटकहरूको प्रतिक्रिया थियो- आमहड्ताल तपाईंकहाँ किन यति लोकप्रिय- नयाँ वर्षै दिन नेपालबन्द, हे भगवान ! गत महिना नेदरल्याण्डस्को राजधानी ‘यामस्टरडम’मा विश्वका २० मुलुकका मानवअधिकारकर्मी तथा शान्ति पर््रवर्द्धकहरूको दर्ुइ साता लामो कार्यशाला सञ्चालन भएको थियो । त्यसमा इहि्रकनका तर्फाट सहभागी हुन गएको यस पंक्तिकारलाई सबै सहभागीहरूले यही प्रश्न गरिरहेका थिए ।
अमेरिका, युके, भारत, श्रीलंका, निकारागुवा, बुरुण्डी, लाइबेरिया, रुवाण्डा, फिलिपिन्स, क्याम्बोडिया, पाकिस्तान आदि मुलुकका सहभागीहरूको जिज्ञासा पूरा गर्न पंक्तिकारलाई निकै मुस्किल परिरहेको थियो । उनीहरू निरन्तर रुपमा तपाईंकहाँ नेपाल बन्दका कार्यक्रम भैरहेका छन् भने त्यसका लाभ छैनन् भनेर तपाईं कसरी पुष्टि गर्नुहुन्छ, बन्दको आलोचना गर्नु तपाईंको पर्ूवाग्रह मात्र त होइन भनेर आशंका गरिरहेका छन् । विमेन पिसमर्ेकर्स प्रोग्राम नामक आयोजक संस्थाका प्रतिनिधि जो त्यस कार्यशालाको अनुगमन कार्यक्रम नेपालमा आयोजना गर्न इच्छुक थिए, उनीहरू पनि बन्द कार्यक्रमका कारण नराम्रोसँग तर्सिएका छन् ।
नेपालमा अन्तर्रर्ााट्रयस्तरका कार्यक्ररम गर्न चाहने संस्था र समूहका लागि बन्द कार्यक्ररम त्रासको स्रोत बनेको छ र मुलुकलाई त्यसबाट हुने लाभबाट वञ्चित गराएको छ । हाम्रा राजनीतिक पार्टर्ीी नेपाल बन्द कार्यक्रम आयोजना गर्न यति उत्साहित हुनुको कारण के छ, वास्तवमै यो आर्श्चर्यको सवाल बनेको छ । संविधानसभाले सबैभन्दा ठूलो बनाएको र सशस्त्र व्रि्रोहबाट प्रभावमा आएको एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादी होस् वा २२ आदिवासी जनजाति समूहको मोर्चा नै किन नहोस् उनीहरू आफ्नो पार्टर्ीी प्रभावको घनत्व हेरेर तीन दिने वा एक दिने नेपाल बन्द र आमहड्तालको कार्यक्रम थोपरिरहेका छन् । नेपालमा आज अस्तित्वमा आएका कुनै पनि यस्ता राजनीतिक पार्टर्ीीा समूह छैनन् जसले कुनै न कुनै बेला नेपालबन्दको आयोजना नगरेका हुन् ।
लाग्छ, राजनीतिक पार्टर्ीीका लागि नेपालबन्द यस्तो शिकार हो जो नगरेसम्म उनीहरू वयस्क भएको प्रमाणित हुँदैन । जंगलमा हर्ुकर्ंदै गरेको बाघको बच्चा, डमरुले आफू तन्नेरी भएको प्रमाणित गर्न क्रमशः खरायो, हरिण, अर्ना आदिको शिकार गर्ने प्रयास गर्दछ । कम्तिमा हरिण नढालेसम्म डमरु बाघ मानिँदैन । ठीक त्यसरी नै नेपालका राजनीतिक पार्टर्ीीले नेपालबन्दको आयोजना नगरेसम्म उनीहरूको अस्तित्व सावित हुँदैन- यो एक प्रकारको अघोषित मान्यता हो । देशव्यापी हड्ताल भन्नाले देशव्यापी नोक्सान भन्ने बुझनर्ुपर्दछ ।
मुलुकमा यातायात, बन्द-व्यापार, शैशिक संस्था र कार्यालयहरू ठप्प हुँदा कति नोक्सान हुन्छ, ठीक-ठीक हिसाब निकाल्न सजिलो छैन । तर कुनै क्षेत्रमा भएको नोक्सानलाई दृष्टान्त मानेर हर्ेने हो भने नोक्सानको सामान्य अनुमान गर्न भने सकिन्छ । वीरगञ्ज भन्सारले हरेक दिन मुलुकलाई १० करोड राजस्व संकलन गरिदिन्छ । एक दिन नेपालबन्द हुँदा त्यस नाकाबाट आर्जन हुने सो रकमबाट मुलुकले वञ्चित हुनर्ुपर्छ कसैले ‘त्यो राजस्व भोलिपल्ट खप्टिएर आइहाल्छ नि,’ भन्ने अर्थ लगाउन खोज्छ भने उसले बुझनर्ुपर्छ समय कहिल्यै फर्किएर आउँदैन । एक दिन पढ्न नपाएको विद्यार्थीले भोलिपल्ट खप्टेर पढ्दैन ।
समय कहिल्यै नफर्किने सवारी साधन हो भन्ने यथार्थलाई भुल्नु हुन्न । नेपाल सन् २०११ लाई पर्यटन वर्षमनाउने तयारिमा छ । सरकार नेपाल भित्र्याउने पर्यटकको संख्या जोडेर बसेको छ । तर त्यसका लागि होटेलहरूको भित्तामा रंग लगाएर र तन्ना फेरेर मात्र वातावरण बन्दैन । राजनीतिक वातावरण अनुकूल नभएसम्म पर्यटक भित्रिने छैनन् ।
जसरी नेदरल्याण्डस्को विमेन पिसमर्ेकर्स प्रोग्रामले नेपालमा कार्यशाला गोष्ठी सञ्चालन गर्न चाहेर पनि सकिरहेको छैन, त्यसरी नै विश्वका हजारौं संस्थाहरू नेपालमा आउन चाहेर पनि कार्यतालिका बदल्न बाध्य भएका छन् । त्यसको एउटै मात्र कारण के हो भने हाम्रा राजनीतिक पार्टर्ीी समूहहरू अत्यन्त गैरजिम्मेवार छन् । कुनै विशेष तयारीविना नै नेपालबन्द आयोजना गर्न मिल्ने र पार्टर्ीीे प्रभाव देखाउन सकिने भएका कारण यसले मुलकलाई पार्ने नोक्सानप्रति निर्लज्ज भएर आँखा चिम्लिन्छन् र यही पाप कर्मदोहोर्याइ रहेका हुन्छन् ।
हो, कुनै पनि बहानामा नेपालबन्दको आयोजना गर्नु नेपाल आमामाथि बलात्कार गर्नु सरहको महापाप हो ! लोकतन्त्रको अभ्यास गर्ने नाममा अन्य कुनै विकल्प नदेखेर नेपालबन्द गर्ने कायरताको पराकाष्टा हो ।
माओवादीको तीन दिने बन्द हेरौं वा २२ जनजाति समूहको एक दिने बन्द आह्वान- यी दुवैले कसलाई कति लाभ पुर्यायो विश्लेषण गरौं । पहिलोले सरकारलाई राष्ट्रपतिको कदम सच्याउन कुनै दबाब दिन सकेन भने दोस्रोले नयाँ संविधानमा आइएलओ महासन्धि- १६९ लाई स्थान दिन बाध्य बनाउला भन्ने केही आधार छैन । जनजातिको भाषा, संस्कृति, आत्मनिर्ण्र्ााो अधिकार, स्वायत्त राज्य, स्थानीय जमिन र जलमा आदिवासीको अग्राधिकार आदि विषय नयाँ संविधानमा समेट्न लगाउनका लागि नयाँ वर्षो तिथि पारेर नेपाल बन्दको आयोजना गरियो । एकातिर आइएलओको उक्त महासन्धिप्रति संविधानसभाका सदस्यहरू सकारात्मक भएको देख्दादेख्दै यो अलोकप्रिय कार्यक्रम आयोजकले ल्याइरहनु आवश्यक नै थिएन ।
जनजातिका आवश्यकताप्रति आमजनताको ध्यानाकर्षा गराउने हो भने हिलियम बेलुन उडाएर वा सडकमा ‘महासन्धि १६९’ लेखन गरेर वा टिर्-र्सट बाँडेर पनि गर्न सकिँदो हो । तर उनीहरूलाई न्यूनतम लगानीमा प्रचार चाहिएको थियो, त्यसैले जनताले पाउने दुख र मुलुकलाई हुने नोक्सानीप्रति आँखा चिम्लिइयो ।
अब नेपालमा आमहड्ताल र बन्दको कार्यक्ररम शान्तिपर्ूण्ा आन्दोलनको माध्यम रहेन । यो हिंसात्मक कार्यक्रम सावित भैसकेको छ । अस्पताल जान नपाएर जनता मर्ने, शिक्षाबाट निर्दोष बालबालिका विमुख हुने, आवागमनको आधारभूत आवश्यकताबाट वञ्चित रहने र केही व्यक्तिको टाउको फुट्ने अवस्थालाई हर्ेदा यसलाई अहिंसात्मक वा शान्तिपर्ूण्ा आन्दोलनको माध्यम भन्नु, कम्तिमा नेपालको सर्न्दर्भमा अब मिल्दैन । न त ‘मैले गरेको नेपालबन्द सफल भयो अब सरकारले मेरो माग पूरा गरेकै हुनर्ुपर्छ भन्न मिल्ने आधार नै तयार हुने गरेको छ । बन्द जहिले पनि डरका कारण सफल भएको छ । स्वतस्फर्ूतरुपमा जनताले ‘म बन्द आह्वानकर्तालाई हृदयदेखि नै सघाउन आफ्नो नियमित काम बन्द गर्छु’ भन्ने अवस्था कहिल्यै आएन ।
जब कि जनतामा डर पैदा गरेर ‘बन्द सफल पार्ने’ गरिन्छ भने त्यो सफल वा असफल हुनुको के अर्थ कुनै पनि कोणबाट नेपालबन्द मुलुक र मुलुकबासीका लागि लाभप्रद देखिएको छैन । ‘नेपाल बन्द आफ्नै मुलुकमाथिको बलात्कार’ भन्ने भावना व्यापक बनाउन सञ्चारकर्मी र नागरिक समाज सक्रिय रहनु आजको आवश्यकता भएको छ ।
लेखकः कपिल काफ्ले
No related posts.