द्येउला समुदायद्वारा दानदक्षिणा ग्रहण

भक्तपुर । र्सर्ूयग्रहणको क्रममा गत शुक्रबार भक्तपुरमा राहु -द्येउला) समुदायले दान दक्षिणा ग्रहण गरेका छन् । भक्तपुर वडा ११ स्थित द्येउला समुदायका व्यक्तिहरू -गंकी फोने बजे) भन्दै दान दक्षिणा ग्रहण गर्न टोलटोलमा आउने गर्छन् । द्येउलाहरूलाई राहुको प्रतिक मानी र्सवसाधारणले आ आफ्नो गक्ष अनुसारको दान दक्षिणा दिने प्रचलन रहेको छ ।
यसरी दान दिदाँ र्सवसाधारणले नुन,चामल , धान, गहुँ देखि लिएर पैसा लत्ताकपडा सम्म पनि दान गरेका छन् । यसरी राहुहरूलाई दान गर्नाले दिन दशाहरू हटेरजाने जनश्रुति रहेको भक्तपुरका एक वृद्धले बताउनुभयो ।यसैक्रममा राहुको प्रतिक मानिने द्येउलाहरूले दानदक्षिणा ग्रहण गर्नाले ग्रहण कमहुँदै जाने धार्मिक मान्यता रहेको जगत बहादुर द्येउलाले जानकारी दिनुभयो । यसैगरी ग्रहण लागेको समयमा भक्तपुरको प्रसिद्ध तिर्थस्थल हनुमन्ते घाटमा स्नान गर्नेहरूको पनि उतिकै भिड देखिन्छ । यसरी ग्रहणको क्रममा तिर्थस्थलमा स्नान गर्नाले ग्रहदशा हट्नुका साथै ठुलो पुण्य प्राप्त हुन्छ भन्ने जनआस्था रहेको छ ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

अरुपनि यस्तै पढ्नुहोस:

  1. बौद्ध धर्मावलम्बीहरुको सम्यकदान सम्पन्न

Leave a Reply

Spam Protection by WP-SpamFree