केन्द्रिय प्रतिष्ठान निर्माणका लागि ध्यानाकर्षा
हेटौंडा । जिल्लाको गौरीटारमा निर्माण हुने केन्द्रिय खेलकुद प्रतिष्ठानका सम्बन्धमा नेपाल राष्ट्रिय खेलकुद महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग गत शुक्रबार छलफल गरेको छ । त्यस अवसरमा प्रतिष्ठान निर्माणको काम सुरु हुन भएको ढिलाइप्रति ध्यानाकर्षा गराइएको छ । भेटका अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिष्ठान निर्माण कार्यलाई त्रि्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिने आश्वासन दिनुभएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका पर्ूवअध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य तथा नारायणी संयोजक हरिबोल महतले बताउनुभयो ।
अरुपनि यस्तै पढ्नुहोस: