जीवनका परिभाषाको अपर्ूण्ातामा व्याप्त छट्पट्ट-ि ३
साहित्य-लेखकः बास
‘हो, यसमा कुनै सन्देह छैन तर, सामाजिक व्यवस्थामा न्यूनतम आवश्यकता परिपर्ूर्तिको लागि यति ठूलो र भयंकर कष्ट त हाम्रै सामाजिक व्यवस्थाले न विपतको रुपमा यो समुदायलाई भिराइदिएको हो नि । यिनको पनि त हक लाग्छ पृथ्वीको उपजका रुपमा रहेका सम्पर्ूण्ाबाट आफ्नो जीवनचर्या पूरा गर्नका लागि बराबरको । त्यसका लागि बरु हामीमा रहेको सामाजिक व्यवस्था नै अधुरो वा विभेदपर्ूण्ा छ होइन त – समुदायमा उचित परिश्रमपछि त सन्तोषजनक जीवनयापनको भाग प्रकृतिले खोसेको होइन, हाम्रो सामाजिक नीतिले खोसेको छ । फरक हो मानवीय इच्छा र आकांक्षाको परिपर्ूर्ति असम्भव र असोचनीय छ । यहा“ मलाई एकजना कवि भूपी शेरचनको सानो किस्सा याद गर्न मन लागेको छ, घुम्ने मेचमाथिको अन्धो मानिसमा उनले देखेको त्यो बराबरको अंशवण्डा वास्तवमै यिनकै लागि हुनर्ुपर्दछ ः
“ए मेरा देशका राष्ट्रकविहरू हो, ए मेरो देशका सम्माननीय नेताहरू हो, भन्न मन लाग्छ भने भन मलाई स्वदेशनिन्दक वा घृणाचिन्तक, तर यो देश त्रि्रो जत्तिकै मेरो पनि देश हो । अ“शैबण्डा गर्ने हो भने पनि यो देशका एक करोड टुक्राहरूमध्ये एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ,” वास्तवमा हल्लै हल्लाको देशमा उभिएका कवि शेरचनको यो भावना तत्कालीन परिस्थितिमा मात्रै सापेक्षित थियो भन्न सकिन्छ र -’
‘यसमा त कुनै शंका र प्रतिवाद पनि छैन ।’
‘त्यसैले हाम्रो समाजमा रहेका जुनसुकै सिद्धान्तका खोल ओढेका हुन् । भन्नलाई र अगाडि आउनलाई समानताको, अधिकारको र समावेशिताको कुरा गरेपनि वस्तुतः सांसारिक रुपमै मानवीय नैतिकताको क्षयबाहेक अन्य बहाना छैन साथै यो समुदाय र यस्तै सामाजिक पिल्साइका उत्पीडनहरूको पनि हाललाई वर्तमान बजारका व्यापारीहरूको कुनै विकल्प नभएको मात्र हो । यदि विकल्प र नैतिकताको पर्ूण्ारुपयुक्त सिद्धान्त अनि व्यवहारिक र्सार्थकता हुने हो भने …. यो व्यवस्था कत्ति पनि रह“दैन ।’
‘खबरदार † खबरदार † मित्र श्यामबाबु, तपार्इंले आफ्नो प्रतिवादलाई यहींको यहीं टुङ्ग्याउने घोषणा गरेर ठूलो महामर्ुखता अगाडि पस्कनुभएको छ । यसको लागि तपाईंलाई दण्डित गराउन म आफूले आफूलाई अगाडि बढाउ“छु । कति सरल र सस्तो खालको राजनीतिक भाषणलाई मिसाएर तपाईंलाई सन्तुष्ट बनाए है यि यित्यकारका भूतले †’ रमेश अचानक प्रस्तुत भए तर, मलाई लागेको थिएन मैले राजनीतिक वशमा पार्नका लागि त्यस्तो प्रकारको जादुयुक्त बोली बालेको थिए“, तैपनि उनले मलाई शंकायुक्त दृष्टिले हर्ेर्दै श्यामबाबुलाई पछाडि पार्न खोज्नाको कारणमा हामी केही बेर अल्मलिएझैं हुन पुग्यौं । मित्र रमेश आफ्नो लवजलाई केही लोलोपनमा प्रस्तुत गर्न खोजिरहेको देखिएपनि उनको सोझो आवेग श्यामबाबुको सन्तुष्टिमा मैले राखेका केही विषयहरूप्रति नै थियो, भनौं सिधै मैमाथि नै थियो ।
‘कृपया मलाई पनि अर्थ्याइदिनु होला मित्र …, धेरै नभएपनि थोरै कच्चा भावना त म पनि पस्कन्छु यस प्रतिवादमा ।’ रमेश, ‘तर, दशकौंबाट एउटा सामाजिकी अभ्यासको मात्र नभई समुदायको प्राकृतिक सञ्चालनको ठूलो हिस्सा बोकेको दासताको इतिहास पनि हामीले पढेका हौं । मित्र तपाईंले भनेजस्तो हामीले इतिहासका तपाईंले प्रस्तुत गरेका प्रमाणबाहेकका विषयहरूलाई पनि हामीले स“गस“गै पढेकै हौं । व्यवहारिक र विश्वका अझैपनि विकसित मानिएका र अब विकास त्यसमा पनि भौतिकको सम्पर्ूण्ा सम्भावनाहरू समाप्त भइसकेका मुलुकहरूमा समेत दासताको जीवन्तता कायमै छ । फरक रह्यो मित्र तपाईंले पस्कनु भएको आदर्शात्मक सामाजिक व्यवस्थाको, समाज र राष्ट्र सञ्चालन संयन्त्रको परिभाषा । …. के तपाईं-हामी भन्न सक्छौं र † विश्वका अग्रदस्ताको खम्बामा विकसित मुलुकमा तपाईंले भनेजस्तो न्यायिक समाज पाइन्छ भनेर – हामीले बिर्सनु हुन्न कि त्यस्ता मुलुकका नागकिहरू दासताबाट माथि उठ्न सक्षम र स्वतन्त्र जीवन ज्यूनका लागि सक्षम भएका छन्, राज्यप्रदत्त हक-अधिकारको समान वितरणका आयामले उनीहरू आफ्नो अवस्थाबाट उन्मुक्त हुन सफल भए । उनीहरूमा उच्च प्रविधियुक्त दक्षशीलताको शिक्षा प्राप्ति र समाज परिवर्तनले लिएको शताब्दियौं समयको अन्तरले त्यो सम्भव भएको हो । कृपया एक छिन मलाई नरोक्नुहोला है † म केही क्षण समय लिन्छु ….,’
मित्र रमेशको केही क्षण हामीलाई निकै नै कौतुहलपर्ूण्ा लाग्यो, मानौं उनले भनिरहेका कुराहरूको सप्रमाणसहित प्रस्तुत भएर सबैका सामु आफ्नो प्रतिवादको प्रमाण प्रस्तुतिका लागि आफ्ना गोजीहरूमा उनी हात हालिरहेका छन् । …. तर, तर उनी त आफ्नो धु“वाको मुस्लो फ्या“क्ने बिना फेद र टुप्पोको वस्तु पो निकाल्न लागेका रहेछन् । गम्भीरताका साथ हाउभाउमा एउटा एकान्त स्थानमा चारै भाइको गलफत्ती चलिरहेको थियो । हरिले पनि सोही वस्तुको मौन मागलाई इशारात्मक रुपमा आफूलाई रमेशतर्फबढाए । मित्र श्यामले थोरै भए पुग्ने संकेत गर्दै दुवैले सल्काएको मध्ये कुनैको थोरैबाट चित्त बुझाउने बताए भने मैलेचाहि“ अनिच्छा नै प्रकट गरें ।
यो अनिच्छाको विपरीतार्थक इच्छा पनि स“गस“गै भान भयो ममा । ‘इच्छा’ मलाई एउटा पुरानो खालको दिनचर्याको याद आयो । यस इच्छाभित्रको एउटा रमाइलो प्रसंग पनि छ । सबैको अनिच्छास“ग एक व्यक्तिको इच्छा सधैं गा“सिइरहेको हुन्थ्यो, डिल्लीबजार आसपासका चिया पसलहरूमा, एकजना नेपाली कांग्रेसका नेता हुन् जस्तो लाग्छ उनी । उनको नाम ठ्याक्कै याद आएन, तर उनी रामेछाप जिल्लातिरका हुन् यसमा कुनै दोधार वा शंका नै छैन । उनले टम्म दारी-जुंगा पालेका हुन्छन् तर, कहिलेकाहीं कुन्नि कुनचाहि“ परिवेश जुट्छ वा हजामले प्रिmमा काटिदिन्छ उनका दारी-जु“गाहरू सफाचट् देखिन्छन् । कुरा चिया पसलकै हो उनी प्रायजसो पुतलीसडक चोकबाट पर्ूवतर्फो वान-वे सडक अर्थात डिल्लीबजारतर्फलाग्ने बाटोमा रहेका चिया पसलहरूमा अक्सर गरेर भेटिने गर्छन् । जहा“ दिनमा पा“चवटा सरकार निर्माण हु“दै र गिर्दै गरिरहन्छन् ।
राजनीतिक व्यक्तित्व पनि हुन् उनी, चिनजान धेरैजनास“ग छ, कुन्नि एक पटक उनले मन्त्रीपद पनि पड्काउन भ्याएका थिए क्यारे । सायद कृष्णप्रसाद भट्टर्राई प्रधानमन्त्री भएको बेला हुनर्ुपर्छ भन्ने अड्कल काट्न सकिन्छ … तर, ठम्याउन धेरै गाह्रो छ, मेरा लागि किनकि मैले उनको विषयमा त्यतिधेरै सोधखोज पनि गरेको छैन । अ“, चिया पसलको कुरा …. चिनजानका मानिसहरूको ओहोर-दोहोर चलिरहन्छ । उनलाई ‘चिया खाऊ“ -’ भन्ने प्रस्तावहरू पनि धेरै आइरहन्छन् । एउटा जान पाएको छैन, अर्को आइपुगिहाल्छ, तर त्यसबीचमा उनले अर्को कप चियाको तयारी गरिसकेका हुन्छन् । अर्कोको प्रश्न पनि उनीमाथि त्यही हुन्छ, ‘चिया खाऊ“ -’ उनले बडो ङच्िच तरिकाले जवाफ फर्काइहाल्छन्, ‘अ“ मैले भर्खरैमात्र खाएको तर मलाई चिया खाने इच्छा छ …,’ चिया साहुजीतर्फआफ्नो लागि उनले अर्डर पस्किहाल्छन्, ‘एउटा कालो चिया … †’ बिचरा चिया खाऊ“को प्रश्नकर्ता आफ्नो लागि चियाको अर्डर गर्न भ्याइरहेको हु“दैन उनले फेरि केक, बिस्कुट वा त्यस्तै प्रकारको फास्टफुडवालाको पनि अर्डर लिएर खान सुरु गरिहाल्छन् । आखिर उनको यो दिनचर्या कति घिनलाग्दो होला उनलाई दर्ुइ/तीन दिन देख्ने मानिसलाई । उनको यो दिनचर्या निरन्तरको हो, उनको ‘इच्छा’ शब्द तेस्रो व्यक्ति आइपुग्दा पनि फेरि दोहोरिन सक्छ यदि उनमा चियाको ‘इच्छा’ मरेको छैन भने । तर, उनको ‘इच्छा’ मरिसकेको भए उनी आफ्नो बाटो लागिहाल्छन् । त्यहा“ बसिरहने उनको फर्ुसद रहन्न ।
अ“ मेरो सोचाइ कति चा“डो र कुन रफ्तारमा डिल्लीबजारको चिया पसलमा पुगेर फर्किसक्यो भन्ने समयको मापन मैले गर्न सकिन । किनकि अहिले हामी कैलालीको डु“डेझारीभन्दा पर्ूवमा पर्ने एउटा शिथिल स्थानमा बसिरहेका छौं । सन्नाटामा सुस्ताएको र स्थिर वातावरणलाई रमेश र हरि दुवैले मिल्काएको धु“वाले केही चलायमान गराइदियो ।Email: banss_liter@yahoo.com
-… बा“की अंश अर्को अंकमा आउनेछ)
No related posts.