सिम्रिकः8-10

त्रि्रो अ“ाशु मेरो कमजोरी भयो
तिमीले दलदलको वीचमा मेरो हात छोड्यौं
म अभागि ठान्थे, तर अब म
तिमीलाई त्रि्रो साथको गर्व गर्ने ठाउ“ दिन्छु ।
सिम्रिक नामक उपन्यासका पानाहरू अर्न्तर्गत नेपाली युवती सिम्रिकका जीवन तरंगहरू पाठकवर्ग माझ प्रस्तुत गरिरहेका छौं । अनेक हण्डर, साहस अनि वेदनामा रुमल्लिएका सिम्रिकका कथा अनेक गल्लिहरूमा प्रवेश गर्नेछ । गत अंकमा सिम्रिकले आफ्ना साथीहरूलाई केलाएर आफ्ना परिभाषा तयार पारेकी थिइन् । मान्छे अजर अमर नहुने कारणले पनि साथीहरूको मित्रता भंग हुने कुरामा उनी विश्वस्त छिन् । एउटा साथीलाई दुःख पर्दा जति पीर लाग्छ त्यो भन्दा नि ठूलो पीर त्यो साथीले गरेको प्रगतिमा वा साथीको सफलतामा लाग्छ । मित्र जीवनमा धेरै आउ“छन् कोही लामो समयसम्म रहिरहन्छन् भने कोही मिनेट वा घण्टाको लागि मात्र साथी हुन्छन् । जिन्दगानी छहुन्जेल धेरै साथीहरूको संगत हुन्छ तर थोरै साथहरू मात्र अन्तिम अवस्थासम्म याद हुन्छ । सिम्रिकका अनुसार कोही पनि मानिस असल साथी हुनसक्दैनन् किनकी मानिस स्वार्थी हुन्छ अनि स्वार्थलाई मित्रतामा ठाउ“ हुदैन । साथी अभिभावक होइन, साथी त आफ्नो मन हो । खुल्ला रुपमा हरेकका कुरा साट्नसक्ने ठाउ“ हो । सहयोगका लागि साथी भनेको पहिलो प्राथमिकता हो । जसले परेको वेला सहयोग गर्न हिचकिचाउ“छ ऊ साथी हुनसक्दैन । सहयोग माग्दा एकवचनमा हात फैलाउने साथी हो । साथ सबैको लिइन्छ, कसैलाई चिनाउ“दा साथीकै उपनाम दिइन्छ तर शब्दमा दिइएको नाताको गहिरो अर्थ हुन्छ, यो सबैले बुझ्नर्ुपर्दछ । यदि कुनै साथीलाई परेको वेलामा सहयोग गरेको छ भने त्यो साथीसंग तिमी आश गर, हो उसले तिमीलाई सहयोग गर्छ । तर आफूले उसलाई केही गर्न सकेको छैनौ भने उसंग हक नजताउ“ किनकी सबैको मन त्रि्रो जस्तो कहा“ हुन्छ –
सिम्रिकलाई आफ्नो आत्मिय साथले धोका दिएका हुनसक्छन् । सिम्रिकले गरेको सहयोगलाई विर्सर्ेे हुनसक्छन् । हुन त सिम्रिकका जिन्दगीका पानाहरू निहाल्दा सानैदेखि संर्घष्ालाई आत्मसात गर्दै आफ्नै बलबुतामा जीवन डोहोर्‍याएकी युवतीको रुपमा परिचय दिन मिल्छ । त्यसैले होला सिम्रिकका साथीहरूको नाम सोध्द्धा सिम्रिकको उत्तर यस्तो छ । “मैले धेरै साथीहरूको संग हहार गुहार गरेको छु । सानो छ“दा स्कूलमा पढ्नका लागि साथी भए । जसले मलाई पढ्नमा साथ दियो उसलाई मैले साथी भने । जसले मलाई जा“चमा सिकाएन, जसले मलाई गृहकार्य गर्न सिकाएन, जसले सरलाई मेरो कुरा लाईदियो, जसले मेरा शत्रुहरूसंग वसेर मलाई खिल्लि उडायो हो त्यस्ता व्यक्ति मेरा साथी भएनन् । जो मसंग ट“ासिएर कक्षाकोठामा पढ्नमा साथ दिन्थे तिनीहरू मेरा घनिष्ठ मित्र हुन् । ती घनिष्ठ मित्रहरूको नाम मलाई अहिले पनि कण्ठ छ । नर्सरी देखि कक्षा १० सम्म संगै एउटै कक्षामा पढेका साथीहरू अहिले पनि मेरो सर्म्पर्कमा छन् । उनीहरूले पनि मलाई विर्सर्ेे छैन किनकी म पनि उनीहरूलाई लगातार वाह्रवर्षम्म साथ दिने साथीहरूको सूचीमा पर्छर्ुु विद्यालय जीवनभन्दा कलेज जीवनको साथीहरूको आयु कम हुने हुनाले विद्यालयका साथी कलेजमा संगै हुदा नजिक हुनु स्वभाविक हो । थोरै संख्याका कलेजका साथीहरूको नाम अहिले पनि कण्ठ छन् । विवाहमा वोलाउने औपचारिकता वाहेक तिनीहरूसंग अरु कुनै साथको जमघट हुन सकेन । कलेज जीवनका साथीहरूले पार्ट टाइम साथीको दर्जा पाए । मैले साथीसंग जीवन डोहोर्‍याउने जमर्को गरें सायद त्यसैले मैले उसलाई श्रीमान् मान्न सकिन, उसले विवाह पश्चात मलाई मित्र संझेन मात्र श्रीमती संझ्यो सायद त्यसैले मैले श्रीमन्संगको नातालाई वुझ्न सकिन अनि मेरो आत्मिय साथीसंगको साथका लागि तड्पिरहेको छु । ”
यसरी सिम्रिकसंग साथीहरूका बारेमा सोध्दा कुनै विशेष नाम उनले प्रष्टाइनन् तर आफूसंग विद्यालय जीवनदेखिका साथीहरूको सूची भएको जानकारी दिइन् । श्रीमान् वा श्रीमतीले एक अर्कालाई वैवाहिक जीवनको व्यवहारमा साथीको व्यवहार गर्न नसकिने ठहर सिम्रिकको छ । उनले यति मात्र भनिन् ‘हो, मैले मेरो साथीसंग विवाह गरें, तर उसले मलाई साथीको साथ दिन सकेन मात्र श्रीमती बनायो, जहा“ मैले आफ्नो मनलाई लुकाएर खुट्टाको पानी खाए, उसका जुठा थाल माझें, उसको परिवारका सदस्यलाई आफ्ना सोचें तर के गर्नु म टुहुरीलाई तिनीहरूले नोकर्नीको व्यवहार गरें, प्रत्येक शब्दमा मलाई दोष देखाए । मलाई लाग्दथ्यो मैले दर्ुइ छाक भात र लोग्नेका लागि विताउनु पर्ने रातमा आत्मसन्तुष्टि पाइन । मेरो मन थामिएन अनि काखे छोरीलाई गरिएको अभद्र व्यवहार सहन नसकेर म ठूलो वंगलाबाट एउटा माटोले छाएको घरको डेरावाल ह“ुदा शान्त छु ।’ अहिले छोरी तीनवर्षी हु“दा कहिले बाबुको वारेमा केहि प्रश्न गरि न त – भनि सोध्दा … ‘आ“खामा रिस र संझनाका अ“ाशुलाई डिलमै थाम्दै बडो चलाखी पर्ूण्ा उत्तर उनले दिइन् बुबा विदेश जानुभएको छ भनेको छु ।’ के साच्चै तपाईको श्रीमान् विदेश जानुभएको हो त भनि प्रत्रि्रश्न गर्दा ‘सिम्रिक मुसुक्क ह“ासिन तपाई पनि मेरी सानी छोरी जस्तै विश्वास नगर्नुस् म त अबका दर्ुइ चार वर्षछि उसलाई तेरो बाबुको मृत्यु भयो भनेर सिन्दुर र पोते मिर्काउन पनि सक्छु । उ दुरीमा मेरो बर्साईबाट मात्र १० किलोमिटर फरकमा छ । क्रमशः

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

No related posts.

Leave a Reply

Spam Protection by WP-SpamFree