स्नतको आकार तथा स्तनपानसम्बन्धी जानकारी
स्तन
इस्ट्रोजेन हर्मोनको प्रभावले महिलामा स्तनको आकार ठूलो हुन्छ । स्तन दश वर्षेखि सबै महिलामा ठूलो हुन थाल्छ र झण्डै अठार वर्षजतिमा पर्ूण्ा रुपमा सामान्य अकार लिइसकेको हुन्छ । बाह्र वर्षेखि सोह्र वर्षम्ममा पनि स्तन नबढेमा असामान्य मान्नर्ैपर्छ ।
स्तनमा दूध निस्कने १५ देखि २० वटा नली हुन्छन् जसलाई ल्याक्टिफेरस डक्ट भनिन्छ । स्तनभित्र सबक्युटेनियम फ्याट -बोसो) जम्मा हुने भएकोले नै आकारमा वृद्धि भएको हो । तर दूधको मुन्टा एवं वरिपरिको हल्का रंगिन -कालो/खैरो) एरिओलमा बोसो हुँदैहुँदैन । प्रत्येक नली टुक्रिँदै गएर आल्मीओलाई विर्सर्जित हुन्छ । प्रत्येक नलीको फेदमा झण्डै दशदेखि एक सय आल्मीओलाई अंगुरको झुप्पा जस्तो आकारमा हुन्छन् । आल्मिओलाईको कोलमर्नर इपिथेलियल कोषले नै बनाउँछन् । दूधको मुन्टा मुनिको ठूलो खाली भाग याम्पुलामा नै दूध जम्मा भएर बसेको हुन्छ ।
स्तनपान ः
साना बच्चारुमा स्तनपानको महत्व अपरिहार्य छ । आमाको दूध जस्तो पोषिलो बच्चालाई केही हुँदैन भन्ने थाहा हुँदा पनि कैयौं आमाले बच्चालाई रुप ब्रि्रेला भन्दै स्तनपान गराउँदैनन् । mतर स्तनपान नगराउँदा आमालाई पनि हानी छ । दूधको क्यान्सर निम्त्याउन सक्छन् बच्चाको माया कम लाग्छ र आत्मसन्तुष्टि पाउँदैनन् ।
फाइदा ः
· दूधले बच्चालाई भिटामिन डी दिँदै रिकेटस रोगबाट बचाउँछ ।
· ल्याक्टोफेरिन, बाइफिड्स तत्वले इकोलाई ब्याक्टेरियाको वृद्धि रोक्छ । ल्याइसोजोमले संक्रमणबाट बचाउँछ र इन्टरफेरनले भाइरसबाट सुरक्षित पार्छ ।
· दूधमा रोगसँग लड्ने यान्टिबडी हुन्छ । क्ष्नब् -इम्युनोग्लोबिन ए) एक महत्वर्पू तत्व हो, जसले पाचन प्रणालीको संक्रमण रोक्छ । बच्चाले दूध सजिलै पचाउन सक्छ ।
एलर्जी गराउँदैन, स्तनपानले आमा र बच्चाको माया बढाउँछ, आमालाई आत्मसन्तुष्टी पनि दिन्छ । स्कर्मी रिकेट रोगबाट बचाउँछ । पाठेघर सामान्य अवस्थामा फर्किन सहयोग गर्छ । स्तनपान दिनमा आठ दश पटक गराउँनर्ैपर्छ । यसो गर्दा सुरुको छ महिनासम्ममा गर्भधानबाट पनि बच्न सकिन्छ ।
· दूधको मुन्टा फुटेमा उपचार गर्नुपर्छ र सफा राख्न बिर्सनु हुँदैन ।
· बच्चा जन्मेको आधा घण्टापछि नै स्तनपान गराउनर्ुपर्छ । पेट चिरेर आमाले बच्चा पाएको भए चार पाँच घण्टा पछि दूध खुवाउन सुरु गर्नुपर्छ । सुरुको पहिलो चौविस घण्टामा दर्ुइ तीन घण्टाको फरकमा दूध चुसाउनर्ुपर्छ । अनि प्रत्येक चार पाँच घण्टापछि दूध खुवाउनु सुरु गर्नुपर्छ । सुरुको पहिलो २४ घण्टामा दर्ुइ तीन घण्टाको फरकमा दूध चुसाउनर्ुपर्छ अनि प्रत्येक तीन/चार ण्टाको अन्तरमा स्तनपान गराउँदा वेश हुन्छ । राती पाँच घण्टाको अन्तरमा खुवाउनर्ुपर्छ । प्रत्येक पाँच दश मिनेटसम्म दूध चुसाउन सकिन्छ ।
· दूधको मात्रा तेस्रो दिनसम्म प्रत्येक दिन प्रतिकिलो ग्राम तौलको सय मिली लिटर दूध खुवाउनु पर्छ । दशौं दिन पुग्दा मात्रा बढाएर प्रतिकलो एक सय ५० मिली पुर्याउनर्ुपर्छ । बच्चाले दूधसँग हावा पनि खान्छ, त्यसैले दूध नछादोस् सीधा छातीमा राखी पछाडिको शरीरमा थाप दिनर्ुपर्छ, यसले हावा बाहिर फ्याक्छ ।
· कतिपय अवस्थामा स्तनपान हुँदैन । यौनाङ्गमा पाकेको घाउँ हुँदा पाकेको संक्रमित दूधको मुन्टा हुँदा, सिकिस्त आमा भएमा दूध नखुवाउनु नै वेश हुन्छ । मुटुका सिकिस्त बिरामी, क्षरोग हुँदा पनि स्तनपान रोक्नर्ुपर्छ । मिर्गी -छारे रोग) एवं थाइरवाइड ग्रन्थीको समस्या भएर औषधि सेवन गरेमा आमाको दूध खुवाउनु हुँदैन ।
· चिकित्सकका अनुसार १५ सय ग्रामभन्दा कम तौल भएका शिशु, निसास्सिएर जन्मेका बच्चा एवं बिरामी बच्चालाई दूध नचुर्साई शिराबाट ग्लुकोज सलाइन दिन पर्ने हुन्छ । क्लेफ्ट प्यालेट -खोँड) एवं ग्यालेक्टोसोभिया भएको बच्चाले पनि दूध खान सक्दैन्न ।
· गर्भवती एवं सुत्केरी आमाले साविकको भन्दा कार्वोहाइडे्रट प्रोटिन एवं भिटामिनको मात्रा बढाउनर्ुपर्छ । प्रतिदिन बच्चाको लागि आमाले प्रति किलोग्राम बच्चाको तौलको हिसावले एक सय १० किलो क्यालोरी थप्नर्ुपर्छ । प्रतिदिन प्रोटिन पनि २५ ग्राम थप्नर्ैपर्छ । त्यसैले कार्बोहाइड्रट लगभग २४ सय किलोक्यालोरी एवं प्रोटिन ७५ ग्राम प्रतिदिन खादा राम्रो हुन्छ ।
· बच्चाले धेरै दूध खायो भने वान्ता गर्छ । दही वा बोसो जस्तो नपचेको गिलो दिसा गर्छ । यस्तो भएमा छोटो समयसम्म स्तनपान गराउनर्ुपर्दछ ।
· आमाको दूध अपुग भए वा स्तनपान गराउन नसके गाइको उमालेको दूधमा थोरै पानी राखी पधेलो बनाई खुवाउनर्ुपर्छ पाउडर दूध पनि कसैले प्रयोग गर्छन् तर बोतलको सफाइमा ध्यान नदिई हुन्न ।
· दूधको पौष्टिक तत्व ः आमाको प्रति एक सय मिलिलिटर दूधमा चिनी सात ग्राम, बोसो तीन दशमलव पाँच ग्राम, प्रोटिन एक दशमलव दर्ुइ ग्राम लौह तत्व शुन्य दशमलव चार ग्राम एवं पाँच पानी ८९ ग्राम हुन्छ शक्ति भने ६७ क्यालोरी दिन्छ ।
गाईको दूधमा माथिका तत्व क्रमशः चार दशमलव पाँच, तीन दशमलव चार, शुन्य आठ, ८८ ग्राम एवं क्यालोरी ६७ नै हुन्छ । यगकते अर्थ आमाको दूधमा सुगर बढी हुँदो रहेछ तर प्रोटिन भने कम भएको पाइयो ।
उपसंहार ः
आमाको दूध बच्चालाई अमृत समान छ, यसको विकल्प नै छैन । अरु दूध पचाउन गाह्रो हुन्छ । एवं संक्रमित हुन सक्छन् । रुप विगे्रला भनेर स्तनपान नगराउनु आमामो मर्ूखता बाहेक अरु केही नभएको विज्ञ बताउँछन् । पोषिलो खानेकुरा सेवन गरेमा मात्र प्रशस्त दूध आउँछ । माछा, मासु, दूध, अण्डा, गेडागुडी दाल सागसब्जी, पाकेका फलफूल अटुट रुपमा खानर्ैपर्छ । आमा स्वस्थ रहे बच्चा पनि स्वस्थ हुन्छन् । राम्ररी बढ्न खेल्न एवं हर्ुकन सक्छन् । सम्पर्ूण्ा आमा हुनेहरुले यो कुरा जान्नर्ैपर्छ ।
अरुपनि यस्तै पढ्नुहोस:

thanks for the great post
[Translate]
I’ve shared you article on digg, good work
[Translate]