बालकथाका ती पानाहरुमा…
- राजुराम मुनंकर्मी
हर्खे एउटा गाउंको सफा,स्वच्छ वातावरणमा जन्मे हर्ुर्केको केटो थियो । गाउंका हरिया डांडापाखा,उकाली ओरालीमा साथीहरूसंग हातेमालो गर्दै उसका दिनहरू बित्न थाले । ऊ प्रायजसो आप\mना साथीहरूसंग लुकामारी खेल्ने गथ्र्यो । कहिलेकाहीं अरुका बगैंचामा फलेका आंप,सुन्तला केरा,अम्वा जस्ता फलफूल चोरी गर्ने गथ्र्यो । चराचुरुङ्गीलाई गुलेली हान्ने,कुलतमा लाग्ने उसको दिनचर्या जस्तै भइसकेको थियो।
हर्खेको यस्तो चरित्र देखेर गाउंलेहरूले औंला ठडयाउंदै भने – हेर है हर्खेका बा,तिमीले आप\mनो छोराका खराव चरित्रलाई बेलैमा सुधार । नत्र यसको परिणाम नरामो पनि हुन सक्छ,होस् गर है रु । हुन पनि हर्खे गाउंका खराव केटाकेटीहरूको नाइके नै थियो । ती सवै हुल बांधी उसकै पछि लाग्थे । यही कारणले गर्दा उसको पढाइ कमजोर हुनुका साथै अन्य केटाकेटीहरू पनि लफङ्गा जस्तै ठहरिए ।
यी सवै परिवेशले हर्खेका बावु आमालाई हुनसम्मको पिरलो भयो । दिन वित्दै गयो । हर्खेको पाठशालामा अन्तिम परीक्षाको बेला आयो । परीक्षा पनि सकियो । पुस – माघको २ महिनाकोे लामो छुट्टीका कारण पाठशाला पनि बन्द भयो । तर हर्खेका बावु भने दुःखी देखिन्थ्यो । दिन रात वहांलाई आप\mनो छोरा हर्खेको चरित्रमा कसरी सुधार ल्याउने रु भन्ने एउटै पीरले सताउन थाल्यो ।
सोच्दासोच्दै ५,६ दिन पनि वितिसकेको थियो । धेरै दिनको सोचाइ पछि हर्खेका बावु एउटा निष्कर्षा पुग्नु भयो । आप\mनो छोरालाई लामो छुट्टीका अवधिमा उसको मावली शहरमा लिएर जानुभयो । हर्ेर्नुहोस् न, मेरो छोरा हर्खे साह्रै बदमाश भयो । अहिले २ महिनाको छुट्टी पनि छ । यो अवधिमा यहां राखेर केही सुध्रिन्छ कि – यही आशा लिएर म छोरालाई पनि संगै लिएर आएको छु । आप\mनो छोराको चरित्रको बारे नालीबेली लगाउंदै हर्खेको बुवाले भन्नुभयो ।
२ , ४ दिनपछि छोरालाई मावलीको जिम्मा लगाउंदै आफू गाउंमै फर्किनु भयो । गाउंको स्वच्छ वातावरणमा हर्ुर्केको हर्खेलाई शहरको कोलाहल र दुषित वातावरणले नराम्रोसंग गांज्न थाल्यो । शहरका सुख सुविधाले उनको मन जित्न सकेन । उसले आप\mनै गाउंका काले,मने,च्यान्टेलगायतका थुप्रै साथीहरूलाई सम्झयो । आफूले गाउंमा विताएका रमाइला दिनहरू सम्झी कहालिई कहालिइ रुन थाल्यो । उसको कलिलो दिमागमा कता कता शहर र गाउंको वातावरणको तुलना हुन थाल्यो । आप\mनो मामाले घुमाएका चिडियाखाना,विभिन्न रमाईला ठाउंहरू,शैक्षिक मेला आदिवाट धेरै कुरा सिक्न पाएकोमा ऊ खुसी पनि थियो ।
दिन वित्दै गयो । उसलाई शहरको वातावरणमा घुलमिल हुन गाह्रो भैरहेकेा थियो । यही कारणले गर्दा ऊ ओछयानमा पर्यो । हर्खे बिरामी भएकोले उनलाई नजिकैको अस्पतालमा भर्ना गरियो । यो समयमा मावलीका तर्फवाट निकै हेर विचार गरियो । ऊ पुनः स्वस्थ भयो । त्यसपछि अस्पतालवाट उसलाई मावली घर फर्काइयो । उता गाउंको विद्यालयमा छुट्टीको अवधि पनि सकिसकेको थियो । हर्खेका बुवा आप\mनो एक्लो छोरा परीक्षामा अनुतिर्ण्र्ााएकोमा निकै दुःखी देखिनुहुन्थ्यो । तैपनि छोरालाई लिन शहर प्रस्थान गर्नुभयो । शहरमा हर्खे बिरामी भएको खवरले झन् दुःखी हुनुभयो । एक दुइ दिनको शहर बसाइपछि छोरालाई संगै गाउं फर्काउने क्रममा विदा माग्दै भन्नुभयो – तपाईंहरूले हेरविचार गरी छोरालाई निको तुल्याइ दिनु भएकोमा धेरै धेरै धन्यवाद । म तपाईंहरूकोे यो गुण जिन्दगीभर विर्सने छैन । हवस् त अहिलेलाई विदा दिनुहोस् ।
हर्खे पुनः आप\mनै जन्मथलो गाउं फर्किन पाएकोमा साहै्र रमायो । उसले आप\mनो खराव बानीलाई छोड्ने प्रतिज्ञा गर्दै भन्यो -बुवा,मेरो खराव बानीले गर्दा तपाईंहरूले कतिको दुःख झेल्नु पर्यो भन्ने कुरा मैले राम्ररी बुझें । मलाई अज्ञानी सम्झी माफ गरिदिनु होला । २ महिना शहर बस्दा मैले धेरै कुरा सिकिसकें । अव म राम्रोसंग पढ्छु । मेरा साथीहरूलाई पनि खराव काममा लगाउन दिन्न । साथै तिनीहरूलाई वातावरण सफा राखी स्वस्थ बन्नुपर्ने कुरा सिकाउनेछु । म धेरै पढी ठूलो मान्छे बनी नाम कमाउनेछु । एक्कासि छोरामा आएको परिवर्तन देखेर हर्खेका बावु दङ्ग पर्नुभयो ।
No related posts.