यौन रोगका लक्षणहरू के के हुन् ..
यौन रोगका लक्षणहरू के के हुन् – यौन रोग लाग्दा शारीरिक सम्वन्ध गरेमा गर्भ रहन्छ की रहदैन -
- आर. एस., भक्तपुर
यौन रोग भनेको यौन सर्म्पर्कबाट र्सर्ने रोग हो । यदि तपाईले यौन रोग भएको मानिससंग सर्म्पर्क गर्नहुन्छ भने यो रोग हुनसक्छ ।
यो रोग भाइरस र व्याटेरिया आदि जीवाणुको संक्रमणले गर्दा हुन्छ । रोग विभिन्न प्रकारका छन् जसमा Chlamydia infection, Gonorrhea, Hepatitis B, Human Papillion virus, HIV आदि केही उदाहरण हुन् ।
यो रोग कुनैपनि व्यक्तिले जो योन क्रियाकलापमा संलग्न छ, उसलाई हुन सक्छ । तर यदि तपाईको यौन साथीहरू धेरै छन् वा तपाईले कण्डम विना यौन सर्म्पर्क गर्नुभएको छ वा तपाईको साथीको धेरै जनासंग सर्म्पर्क छ भने यौन रोग लाग्ने सम्भावना वढि हुन्छ ।
यौन रोगका लक्षण निम्न छन् ः
१. यौनाङ्गबाट फोहोर पानी वग्ने वा चिलाउने ।
२. पिसाव फर्ेदा वा यौन सम्वन्ध राख्दा तल्लो पेट तथा यौन अङ्ग दुख्ने ।
३. तल्लो पेट दुखीरहने ।
४. यौन अङ्गहरूमा घाउ, खटीरा आदि देखा पर्ने ।
५. ज्वरो आउने, जीउ दुख्ने, अत्याधिक थकान, पसीना आउने र तौल घट्न पनि सक्छ ।
यदि तपाईमा यौन रोगको लक्षण देखिएको छ भने जाँच गराउनर्ुपर्दछ । कुनै कुनै यौन रोग रहदा गर्भ नरहनसक्छ ।
यौन रोग पत्ता लगाउन तपाईको यौन अङ्गको जाच्नुका साथै रगत, पिसावको रुटिन टेष्ट, कल्चर र यौन अङ्गको secreumजाच गरिन्छ । आवश्यक पर्दा अल्ट्रासाउण्ड पनि गर्न सकिन्छ ।
यौन रोग लाग्दा गर्भ हुनसक्छ । यदि गर्भ छ भने, यौन रोगको उपचार तुरुन्त गर्नुपर्छ । यौन रोग हुदा गर्भ भएमा वा गर्भ हुदा रोग लागेमा त्यो संक्रमण तपाईको वच्चामा पनि र्सनसक्छ । जसको नकारात्मक असर वच्चामा पर्छ ।
यदि तपाइ गर्भवती हुनुहुन्छ भने यौन रोगको जाच शुरुमा गराउनर्ुपर्छ । हाम्रो देशमा महीलालाई गर्भवती भएको वेलामाVERL, HIV, Urine R/E आदि जाच गर्ने गरिन्छ ।
यौन रोग प्राय जसो औषधी प्रयोगबाट आराम हुन्छ तर औषधी भने पुरा प्रयोग गर्नर्ुपर्छ ।
यौनरोगबाट वच्न निम्न उपायहरू अपनाउन सकिन्छ ः
१. यौन सर्म्पर्क गर्दा कन्डम प्रयोग गर्ने ।
२. यौन सर्म्पर्क गरीसकेपछि आफ्नो अङ्गहरू सफा गर्ने ।
३. यौन रोग लागेको मानिससंग सर्म्पर्क नगर्ने र सकेसम्म केवल एकजना व्यक्तिसंग मात्र सर्म्पर्क गर्ने ।
No related posts.