मेरो विगत र बितेका ती क्षणहरू …

सुमनले मेरो पछि पछि आएर सोध्यो, ममि त निकै खुशी जस्तो देखिनुहुन्छ नि – मैले पनि फर्ुर्तिसाथ भने“- किन नहुनु नि, अखिर म नै यस घरकी बुहारी हु“ भन्ने कुरा ममिलाई थाहै छ । सुमन मुसुक्क हा“स्यो र भन्यो यो खुशीको अवसरमा….। ममि म प्रति सकारात्मक देखिनुभएकोले उ माया“पिरती साट्ने तयारीमा थियो । तर, मैले भने“- अहिले ममि भित्र आउनु हुन्छ अनि….। सुमनले एकपटक ढोकामा गएर हेर्‍यो र भन्यो -ममि बाहिरै हुनुहुन्छ तिमी त्यसमा धन्दै नमान न । मैले उ तर्फहेरेर मुसुक्क हा“सिदिए“ । सुमनले बुझिहाल्यो कि त्यो उसको लागि बाटो खुल्ला भएको संकेत थियो । जहिले पनि मेरो विरोध गने ममि यसरी सकारात्मक भएको खुशीयालीमा हामीले केहिबेर माया“पिरती साटासाट गर्‍यौं । सुमनले त अझै छाड्न चाहेको थिएन तर म हतारि“दै चिया पकाउन किचेन तर्फलागे“ । सुमन पनि मेरो पछिपछि किचेनमै आयो । हामी गफ गर्दै चिया पकाउन थाल्यौं । किचेनमा कहा“ के राखेको छ मलाई थाहा थिएन सुमनस“ग सोध्दै हाल्दै गरे“ । चियामा सुकुमेल हालेको मलाई असाध्यै मन पथ्यो । त्यहि भएर मैले सोधि सोधि चियामा सुकुमेलसहितका मसला हालेर तयार गरे“ । पहिला सुमनलाई अलिकती चाख्न दिए“ । उसले टेस्टी छ भनेपछि तीनकप हालेर सुमनलाई भित्रै दिए“ भने दर्ुइकप लिएर बाहिर गए“ । बाहिर ममिलाई एक कप दिएपछि उहा“ले सोध्नुभयो -सुमनलाई खोइ त – मैले भने“ -उहा“लाई भित्रै दिईसके“ । दर्ुइजना मात्र हु“दा जे भने पनि घर परिबारको अगाडि आफ्नो हुनेवाला पतिलाई उहा“, हजुर भन्नुपर्ने हाम्रो संस्कृति नै हो । मैले पनि परम्परालाई निभाए“ । मेरो कुरा सुनेर हुनेवाला सासुबज्यै मुसुक्क हा“सेर भन्नुभयो -चिया पनि दुबै मिलेर पकायौ कि क्या हो – उहा“को ठट्टा गर्ने बानी पनि रहेछ । म केहि नबोली हा“सिमात्र रहे“ । उहा“ले फेरि सोध्नुभयो -चिया त मिठो बनाईछैा, के हालेर पकायौं – के हाल्लु नि हजुरको किचेनमा भएकै चिज हालेकी त हो नि । चिया पिएर म जान्छु है ममि भनेर फर्किए“ । उहा“ले हिड्ने बेलामा भन्नुभयो -आउ“दै गर न । मैले हुन्छ भन्दै निश्कीए“ ।
त्यो दिन मेरो खुशीको सीमा नै रहेन । एकातिर सुमनको ममिलाई खशी पार्ने अवसर मिलेको थियो भने अर्कोतर्फसुमनस“ग केहिबेर भएपनि माया“पिरती साटासाट गर्ने मौका परेको थियो । कोठामा आएर एकपल्ट ओछ्यानमा पल्टीए“ र मनमनै सोचे“ मेरो अगाडि यसरी पग्लिने बुढी छोराको अगाडि किन क्रुद्ध बनेकी होलिन – अव बुढीले हाम्रो विहेको स्विकृति दिने हुन कि । भोलिपल्ट बाटामा सुमनस“ग भेट भयो । उ मेरो प्रतिक्षा गरेर बसेको रहेछ । बुझयौ सुनयना, ममिले केहि सकारात्मक संकेत गर्नुभएको छ । तर अझै ओके चाहि“ भनिसक्नु भएको छैन । मैले हिजो कुरा गर्दा पख सोचेर जवाफ दिउ“ला भन्नुभएको छ । कुरा के परेछ भने समनको घर पछाडी एउटा जोडी जहिले पनि झगडा गर्ने, घरमा कसैलाई नटर्ेर्ने, सासु ससुराले भनेको पनि नमान्ने बुृहारी रहिछ । भर्खर भर्खर बिहे भएको त्यो जोडी जहिले पनि झगडा गरेको देखेर छिमेकीसमेत दिक्क भएका रहेछन् । त्यो केटाकी श्रीमती अंश लिएर बाहिर गएर बसौं भन्दीरहिछ भने केटा आफ्नो कमाई छैन त्यसैले अहिलै बाबु आमालाई छाडेर नजाउ“ भन्दोरहेछ । त्यसै विषयमा उनीहरूबीच कैयौं पटक झगडा परेको रहेछ । सुमन र उसको ममिले धेरैपटक बुहारीले छोरालाई हप्काएको सुनेका रहेछन् । ‘आउलास नि भरे मस“ग सुत्न’ भनेको त उनीहरूले कतिपटक सुनेका रहेछन् । त्यस भनाईबाट केटा श्रीमतीप्रति आशक्त रहेछ भन्ने प्रष्ट हुन्थ्यो । सुमनले पनि तपाईलाई त्यस्तै बुहारी चाहिएको भनेपछि बुढी सकारात्मक भएकी रहिछन् । क्रमशः

VN:F [1.8.1_1037]
Rating: 10.0/10 (1 vote cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)
मेरो विगत र बितेका ती क्षणहरू ...10.0101

अरुपनि यस्तै पढ्नुहोस:

  1. मेरो विगत र बितेका ती क्षणहरू …नारी वेदना-72
  2. मेरो ५ वर्षो छोरालाई ………..
  3. मलाई पिसाव छिटो छिटो लाग्छ र पिसावलाई च्याप्न पनि सक्दिन् तर पिसाव फर्ेदा खासै धेरै पिसाव भने आउदैन । मेरो उमेर ४३ वर्षो छ यसको उपचार के होला -
  4. नारी वेदना-8-13
  5. नारी वेदनाः-78

Leave a Reply

Spam Protection by WP-SpamFree