मलाई पिसाव छिटो छिटो लाग्छ र पिसावलाई च्याप्न पनि सक्दिन् तर पिसाव फर्ेदा खासै धेरै पिसाव भने आउदैन । मेरो उमेर ४३ वर्षो छ यसको उपचार के होला -

    – हरिकृष्ण, भक्तपुर
पिसाव छिटो छिटो लाग्ने, पिसाव रोक्न नसक्ने, पिसाव धेरै नआउने जस्ता कारण तपाईलाई पिसावको संक्रमण हुनसक्छ । तपाईको उमेर ४२ वर्षो वताउनुभएको छ नत्र भने पिसावको यस्तो समस्या पिसावनलीमा हुने एक खालको ग्रन्थीको आकार वढ्नाले पनी हुन्छ । प्राय यो समस्या पुरुषलाई ४० वर्षभन्दा माथी देखनिथाल्छ । पैत्तीस वर्षउमेर पार गरेपछि शरीरमा विभिन्न खालका रोगहरू देखापर्दछन् ।
तपाईले आफ्नो रगतमा भएको ग्लुकोजको परीक्षण गर्नु पनि आवश्यक हुनसक्छ । साथै तपाइलाई मेरो सल्लाह आफूलाई नजच“ाइकन कुनै औषधी प्रयोग नगर्नु, एक पल्ट चिकित्सकसंग आफ्नो शारिरिक ज“ाच गराउनु र आवश्यक भएमा रगत र पिसावका साथै अल्ट्रासाउण्ड गराउनु उपयुक्त हुन्छ । पिसाव संक्रमणले गर्दा यो समस्या देखिएको भए औषधी प्रयोग गरेर निदान गर्न सकिन्छ । कुन औषधी र कती दिन प्रयोग गर्ने हो भन्ने बारेमा ज“ाच पछि मात्र निक्र्यौल गर्न सकिन्छ ।
तपाईलाई यदि प्रोस्टेट ग्रन्थिको आकार वढेर त्यस्तो भएको हो भने तपाईले एक फेर डक्टरसंग तुरुन्त जचाउनु पर्दछ र साधारण शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्छ । त्यसकारण चाडो भन्दा चाडो एकफेर चिकित्सकलाई भेटेर आफ्नो जाचपडताल गराउनु आवश्यक देख्दछु ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

अरुपनि यस्तै पढ्नुहोस:

  1. मेरो ५ वर्षो छोरालाई ………..
  2. पूरा होला गिरिजाबाबुको बुढेसकालको इच्छा ?
  3. बन्न लागेको नया संविधान र यसको दर्घकालिकता कहिलेसम्म -
  4. मेरो विगत र बितेका ती क्षणहरू …
  5. मेरो विगत र बितेका ती क्षणहरू …नारी वेदना-72

Leave a Reply

Spam Protection by WP-SpamFree