क-कसलाई भेटे अध्यक्षद्वयले भारतमा
काठमाडौं । भारत भ्रमणका क्रममा नयाँदिल्लीमा रहनु भएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको भ्रमणसमय लम्बिएको छ । हिजो आइतबार नेपाल र्फकने तय भएको पर्ूव कार्यक्रममा पनि उहाँको राजनीतिक भेटघाट नसकिएकाले अध्यक्ष खनाल आज मात्र स्वदेश र्फकनु हुने भएको छ । यसअघि अध्यक्ष खनालको पाँचदिने भारत भ्रमणको कार्यक्रम तय भएको थियो । मुलुकमा बढ्दै गएको राजनीतिक गतिरोधको निकास खोज्नका लागि भ्रमण भएको भएपनि यसलाई नितान्तरुपमा पार्टर्ीी भारतीय नेताहरूबीचको आपसी सम्बन्धलाई लिएर भ्रमण गरिएको नेकपा एमालेले जनाएको छ । राजनीतिक भेटघाटका क्रममा रहनु भएका अध्यक्ष खनाल र भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहबीच भेटवार्ताका लागि उहाँको भ्रमण समयावधिलाई लम्ब्याइएको हो । मुलुकमा राजनीतिक गतिरोधको अन्त्य हुन नसकिरहेका समयमा गत साता भारतको राजधानी नयाँ दिल्ली पुगेका सत्तारुढ दल एमालेका अध्यक्ष झलनाथ खनाल र प्रतिपक्ष दल मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतमा उच्च राजनीतिक भेटघाट गर्नु भएको छ । भेटघाटमा नेपालको राजनीतिक अवस्थाका बारेमा छलफल भएको नेताहरूले बताएका छन् । नयाँ दिल्लीमा एमालेका अध्यक्ष खनालले भारतका प्रमुख विपक्षी दलका नेता तथा भारतीय जनता पार्टर्ीी बरिष्ठ नेता लालकृष्ण आडवाणीसँग राजनीतिक परामर्श गर्नु भएको छ । उहाँले गत साता भारतका अर्थमन्त्री प्रणव मुखर्जी र विदेश सचिव निरुपमा रावसँगपनि राजनीतिक भेट गर्नु भएको थियो । भेटका क्रममा भारतीय नेताहरूले नेपालमा राजनीतिक स्थायीत्वका लागि आफूहरूको र्समर्थन हमेसा रहने भन्दै वर्तमान सरकारलाई नै स्थायित्व दिनका लागि आग्रह गरेको बताइएको छ । नेपालमा हाल आन्दोलन आवश्यक नरहेको भन्दै भारतीय मन्त्री तथा नेताहरूले सहमति र सहकार्यका साथ अगाडि बढ्न नेताहरूलाई सुझाव दिएका हुन् । खनालले भारतीय विदेशमन्त्री एस. एम. कृष्णा, गृहमन्त्री पी. चिताम्बरम, भारतीय कम्युनिष्ट पार्टर्ीीार्क्सवादीका महासचिव प्रकाश कराँत र भारतीय कम्युनिष्ट पार्टर्ीी महासचिव ए वर्द्धनेसँग महत्वपर्ूण्ा भेटघाट गर्नु भएको थियो । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, दलहरूबीच बढेको असमझदारीको कारण, माओवादी आन्दोलनलगायतका विषयमा छलफल भएको थियो । भेटपछि कुरा गर्दै नेता खनालले द्विपक्षीय हितमा विशेष कुराकानी भएको बताउँदै भारतले नेपालको शान्ति, विकास र प्रगतिको वातावरण निर्माणमा जोड दिएको उल्लेख गर्नुभयो । खनालले भारतीय कम्युनिष्ट पार्टर्ीीार्क्सवादीका महासचिव प्रकाश कराँतसँग पनि भेटवार्ता गर्नुभयो । भेटमा माओवादी आन्दोलनबारे गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ । यसअघि भारतीय कम्युनिष्ट पार्टर्ीीार्क्सवादीका नेता वर्द्धनेसँगको भेटमा पनि माओवादी आन्दोलनबारे गम्भीर कुराकानी भएको बताइएको छ । यसैबीच मधेसी जनआधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि गत साता मंगलबार नै भारतीयमन्त्री र उच्च अधिकारीहरूसँग परामर्श गर्नुभएको थियो । उहाँले भारतीय विदेशमन्त्री एस.एम.कृष्ण र विदेश सचिव निरुपमा रावसँग भेर्टगर्नु भएको थियो । भेटका क्रममा भारतीय मन्त्रीहरूले सहमति र सहकार्यका साथ अगाडि जान भन्दै मधेसवादी दलहरूसँग विगतमा भएका सहमति अनुसार माग पुरा गरेर जानका लागि सुझाव दिएको यादवले बताउनु भयो । भारतीय नेता र मन्त्रीहरूले नेपालमा राजनीतिक स्थायित्वका साथै नयाँ संविधान र शान्तिप्रक्रिया समयमा टुङ्िगनर्ुपर्नेमा जोड दिएको फोरमका अध्यक्ष यादवले बताउनु भयो । एमालेका अध्यक्ष खनाल र फोरमका अध्यक्ष यादव गत मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटघाट र परामर्शका लागि जानु भएको थियो ।
अरुपनि यस्तै पढ्नुहोस:
If you are willing to buy a house, you will have to get the personal loans. Furthermore, my mother usually uses a short term loan, which occurs to be the most firm.
[Translate]