पक्षघात अर्थात प्यारालाइसिसको विषयमा जानिराखौं

 मानव शरीरमा सावधानको अभावमा जुनसुकै रोगले पनि जरो गाड्न सक्छन् । विशेष त चालिस वर्षति काटेपछि शरीरको हात-खुट्टा वा शरीरको एक हर वा पूरै चल्न नसक्ने रोगको बारेमा पनि कतिपय हामी अवगत छौं होला । चिकित्सकिय भाषामा प्यारालाइसिस भनिने यस्ता गम्भीर समस्यालाई पक्षघातको नामले धेरैले चिन्दछन् । यसको बारेमा थोरैमात्र जान्न सके पनि सावधानी अपनाई रोगबाट बच्न सकिन्छ र अकालमा मृत्युबाट जोगिन सक्छौं ।
परिचय ः
 पक्षघात एक गम्भीर रोग हो । उपचार पनि जटिल हुन्छ, मह“गो हुन्छ र रोग लागेपछि पर्ूण्ारुपले एक हर नचल्नुलाई हेमिल्पेजीया भनिन्छ । मुहारदेखि पैंतालासम्मका मांसपेशी निकै कमजोर हुने भएकाले दैनिक कार्य गर्न असम्भव हुन्छ । ल्पेजिया -एभिनष्ब) भनेको पक्षघाट हो भने प्यारेसिस भनेको अर्ध पक्षघात वा कमजोर बुझिन्छ । दुवै खुट्टा नचल्ने अवस्था प्याराल्पेजीयामा सृजित हुन्छ । क्वाडि्रल्पेजीया यस्तो जटिल अवस्था हो, जहा“ सबै हात-खुट्टाको पक्षघात हुन्छ ।
कारण ः
 शरीरमा रक्त सञ्चारको गडबढी एवं नशाको खराबीले मात्र नभई विभिन्न संक्रमण वा चोटपटकले पक्षघात हुन्छ । मस्तिष्कको संक्रमण वा चोटपटक एक गम्भीर र जोखिमपर्ूण्ा अवस्था हो । पक्षघात झ्वाट्टै एकै पटक वा विस्तारै प्रादर्ुभावी हुन्छ । हेमिल्पेजीया एकैपटक देखिने अवस्थामा हुन रगतका नली सा“घुरिने रोग -थ्रम्बोसिस), रक्तनलीमा रगतको ढिका बन्नु -इम्बोलस), रगतका नली फुट्नु, रक्त नली सुनिनु एवं उच्च रक्तचाप देखिनु बिर्सनै नहुने पक्ष हुन । यस्तै उल्लेखनीय अन्य समस्यामा मस्तिष्कको सुजन -इन्सेफलाइटिस), मेनिन्जाइटिस, खप्परको चोटपटक, हिस्टेरिया पनि पर्दछन् ।
 विस्तारै पक्षघात विकसित हुने रोगमा मस्तिष्कको बाहिरी तह सेर्रि्रममा तन्तु  -ट्युमर) पलाउनु, रगत जम्नु, पीप भरिनु पनि जान्नै पर्ने रोग हुन् । उच्च रक्तचाप, छारे रोग, गम्भीर टाउको दुखाई, मुटुका डरलाग्दा समस्याको पनि निदान गरी हेमिल्पेजिया हुनबाट बेलैमा सजग हुन सक्छौं । प्याराल्पेजियामा पनि कतिपय माथिको कारक तत्व मेल खान सक्छन् । मस्तिष्कको कारण, मेरुदण्ड -स्पाइल कर्ड) को कारण वा मस्तिष्कको एक तह- ह्वाइट माटरको चोपटक संक्रमण -टी.बी., भिरिङ्गी), विषाक्तता भिटामिनको -पेलेग्रा) कमी हेमिल्पेजीया हुनुका प्रमुख कारक तत्व हुन् ।
स्ट्रोक ः
 मस्तिष्कका रक्तनली श्राव हुनु वा रक्तनली सा“घुरिनु ब्रेन स्ट्रोकको अवस्था हो । यसलाई सेर्रि्रो भ्यास्कुलर याक्सिडेन्टको नामले चिकित्सक चिन्दछन्, जुन विकसित राष्ट्रमा मृत्युको प्रमुख कारणमध्ये पर्दछ । यही सी.भी.ए. ले पनि पक्षघात गराउ“दछ, जुन निकै गाह्रो र खर्चिलो उपचार हो । रक्तश्राव, थ्रम्बोसिस एवं सेर्रि्रेम इम्बोलिजमको विकास धुम्रपान, मधुमेह, रक्सीको ज्यादा सेवन, मोटोपन परिवार नियोजनको खाने चक्की -पिल्स) एवं वंशानुगत कारणले हुन्छन् ।
लक्षण/चिन्ह
 सि.भि.ए. का लक्षण एवं चिन्ह जान्नु आवश्यक हुन्छ । रोग सुरु हुनुभन्दा घन्टौं अगाडिको रिंगटा लाग्ने, कपाल दुख्ने, घुच्चुक दुख्ने अवस्था चेतावनीमूलक लक्षण हुनसक्छन् । सूक्ष्म अवस्थामा बिरामी बेहोश भई पछारिन्छ । यही क्षणमा हेमिल्पेजिया विकसित हुन्छ । बोलावटमा बिस्तार, शून्य उन्मुख चेतना, दृष्टि गढबढ धेरैमा देखिने चिन्ह हुन् । श्वास प्रश्वासको व्यवधान, कम्पन, छटपटि हु“दै उत्तिनै खेरि मृत्युवरण गर्न सक्ने सि.भि.ए. पनि उत्तिकै डरलाग्दो हुन्छ । विशेष त विकसित देशका नागरिक जो बढी मोटा छन्, चिनी-मुटुका रोगी छन्, सौखिन छन् एवं रक्सी-चुरोटको रंगिन संसारमा भुल्न रमाउ“छन्, उनीहरू नै सि.भि.ए. का परिधिभित्र पर्दछन् र छिटै मृत्यु अ“गाल्छन् । हामी नेपालीमा यस्ता समस्या बढिरहेकाले होसियारी नअपनाई हु“दैन ।
 पक्षघातमा बिरामी अरुको सहारामा मात्र उठ्न बस्न सक्छ, त्यसैले दिन-रात ओछ्यान नै उसको कीडाभूमि बन्दछ । कल्पना गर्नुहोस्- दिसापिसाब-खानपिन आफैं गर्न नसक्ने र्’अर्ध जीवन’ कस्तो होला – बिरामी सुतिराख्दा जिउमा रक्तसञ्चार विक्षिप्त भई घाउ नै घाउ हुन सक्दछ, जसलाई चिकित्सकीय भाषामा ‘बेड सोर’ भनिन्छ । त्यसैले यसको बचावटको निम्ति बिरामीको सुताइ परिवर्तन गराइदिनर्ुपर्छ । ताकि चाप एकै ठाउ“मा मात्र नपरोस् । प्याराप्लेजिक बिरामीले दिसा- पिसाब आफैं गर्न कठिन हुन्छ । पिसाब नलीको सहायताले गर्नुपर्छ । कब्जियत रोक्न ल्याक्जेटिभ औषधी लिनर्ैपर्छ । हर नचल्ने भएकोले मूत्र थैलीमा ढुङ्गा जम्ने, संक्रमण हुने प्रचुर सम्भावना हुन्छ । जे होस्, गुढ्ने कर्ुर्सर्ीी बस्न, हिंडाउन कोशिस गर्न भने छोड्नु हु“दैन ।
परिक्षण ः
 उपचार गर्नु अगाडि केही आवश्यक जा“च पड्तालको भर पर्नैपर्छ । मेरुदण्डको एक्सरे, मस्तिष्कको पानी -सि.एस.एफ.) को जा“च, माइलोग्राम, सि.टी. स्कान जस्ता अत्यावश्यक परीक्षण गर्नैपर्छ । सि.टी. स्कानको आविष्कारले परीक्षण पद्धतिमा परिवर्तन नै गरिदिएको छ । रगतको परीक्षणले अन्य विभिन्न रोग पनि पत्ता लाग्न सक्छ ।
उपचार ः
 स्ट्रोकबाट सावधानी हुनु, मुख्य जगको काम हो । स्ट्रोकका कारक तत्वबाट होसियार हु“दा पनि मनोरञ्जन लिन सकिन्छ भन्ने सोच विकास गर्नुपर्छ । जा“ड-रक्सीको रंगिन संसार जिउनु मुर्ख्याई सावित हुन्छ । स्ट्रोकमा, रक्तचाप घटाउन नुन कम खाने, कसरत गर्ने वा प्रेसरको औषधि पनि खान पर्ने हुन्छ । मस्तिष्कभित्रको चाप, कम गर्नुपर्छ । संक्रमण भगाउनर्ुपर्छ । रगत बिच्छेद हु“दा, मासु पलाउ“दा शल्यक्रियाको जोखिमता पनि उठाउनै पर्छ । मुटुका रोगीमा यास्पिरिन, वारफेरिन जस्ता रगत नजमाउने औषधि वरदान सावित हुनसक्छन् । नियमित शारीरिक चुस्तता, डाक्टरी परिक्षण, खानाको परहेज र विलाशीताबाट टाढा भाग्नु हामी जस्ता गरिब नेपालीको लागि सस्तो, किफायती उपाय हुन सक्छ । आजबाटै स्ट्रोक र पक्षघातजस्ता समस्याबाट टाढै रहौं, धेरै बा“चौं ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

No related posts.

Leave a Reply

Spam Protection by WP-SpamFree