मेरो ५ वर्षो छोरालाई ………..
मेरो ५ वर्षो छोरालाई लगातार तीन दिनदेखि ज्वरो आइरहेछ । स्वास्थ्य चेक अप गर्दा भाइरल फिभर भएको भन्ने जानकारी प्राप्त भएपनि एन्डिवायोटिक खुवाउदा पनि ज्वरो कम भएको छैन – यसको कारण के होला -
उत्तर ः ज्वरो आफै रोग होइन, यो विभिन्न रोगको लक्षणको रुपमा परिचित छ । ज्वरो पनि धेरै प्रकारका हुन्छन् अनि विशेष गरी पिसावको संक्रमण, टाइफाइड, रुघाखोकी, टन्सिल हु“दा ज्वरो देखापर्छ । त्यस्तै भाइरल फिभर भाइरस भन्ने परिजीवीको संक्रमणले गर्दा हुन्छ । यो रोगमा वच्चालाई उच्च ज्वरो आउ“छ, जुन १०३-१०५ फरेनहाइट सम्म पनि हुनसक्छ । ज्वरोको साथै अरु लक्षणहरू पनि हुनसक्छन् । टाउको दुख्ने, रुघाखोकी लाग्ने, जीउ दुख्ने हुुन्छ । काम ज्वरो आउनसक्छ ।
भाइरल फिभरमा पनि टाइफाइड र पिसावको संक्रमणका लक्षणहरू देखिने हु“दा रोग भने छुट्याउन पर्ने हुन्छ । तर्सथ ज्वरो आउ“दा स्वास्थ्य परिक्षण गराउनु जरुरी छ ।
तपाईको वच्चालाई स्वास्थ्य परिक्षण गरेपछि भाइरल फिभर भनेको छ र औषधी पनि सेवन गराइरहनु भएको छ भने ज्वरो घट्न केही समय लाग्छ । हामीले भाइरल फिभर आउ“दा वच्चालाई नियमित रुपमा सिटामोल दिनको ३ देखि ४ पटकसम्म खुवाउनु पर्ने कुरामा विशेष ध्यान दिनर्ुपर्दछ । यसको साथै वच्चालाई आराम गर्न लगाउने, झोल खानेकुराहरू खुवाउने गर्नुपर्छ । ज्वरो तीन चार दिनमा घट्नसक्छ र चार दिनसम्म पनि ज्वरो घटेन भने तुरुन्त स्वास्थ्य जाचपडताल गराउनर्ुपर्छ । कहिलेकाही ज्वरो भाइरल ज्वरो नभएर अरु कारणले पनि आउनसक्छ तर सबै लक्षणहरू समान हुने हुनाले निरुपण फरक पर्नसक्छ । भाइरल फिभर साधारणतया सात दिनमा ठिक हुने गर्दछ । भाइरसको संक्रमणबाट हुने भएकोले यसकै लागि औषधी नभए पनि प्रतिरक्षात्मक शक्तिलाई मजवुत गर्नका लागि र व्याकटेरियल संक्रमण नहोस् भने एन्वियोटिक सेवन गर्नुपर्ने हुन्छ । पानी र झोलीलो खानेकुराहरू प्रशस्त खान दिनुहोस् । वच्चालाई ज्वरो आउने समय र तापक्रम याद राख्नुहोस्, यदि चार पाच दिनसम्म पनि ज्वरो कम भएन भने तुरुन्त स्वास्थ्य जा“चपडताल गराउनुहोस् ।
- डा.सुनिल ढुं·ेल
अरुपनि यस्तै पढ्नुहोस: