पञ्चदान पर्व : एक जानकारी

 भक्तपुर । सदाझैं यसपटक पनि भक्तपुरमा गत भदौ १२ गते पञ्चदान पर्ब सम्पन्न भयो । भक्तपुर बौद्ध सम्पदा संघको आयोजनामा संचालन हुने उक्त पर्वका बिभिन्न धार्मिक एक बैज्ञानिक महत्वहरू रहेका छन् त्यसैका आधारमा भक्तपुर लगायत ललितपुर र काठमाडौ जिल्लामा समेत यो पर्व मनाउने गरिन्छ । साउन कृष्ण त्रयोदशीका दिन बिहान सबेरैदेखि भक्तपुरको र्सर्ुयमढी टोलको आदिपदम महाविहारमा पञ्चदानको लागि पा“च दिपंकरका मर्ूर्तिहरू राखिएका हुन्छन् । पञ्चदानको दिन चामल, जौ, मकै, का“क्रो, किसिली, केराउ, भटमास र खर्ुसानी चढाउने परम्परा रहि आएको छ ।
 र्सर्ुयमढीको डबलीमा दाफा भजन खलःहरू बाजा गाजा सहित भजन किर्तन गरिरहेका हुन्छन् । यहा“ श्रृगभेरी बाजा, धाः बाजा, मुबालिङ बाजा बजाउ“दै बिहार परिक्रमा गरेर आ-आफ्नो स्थानमा बाजाका टोलीहरू फर्किरहेका हुन्छन् । विहारका गुरुले प्रथम पटक दिपंकरहरूलाई पञ्चदान चढाएपछि क्रमैस“ग स्थानीय बासिन्दाले पञ्चदान चढाउने गर्दछन् । त्यसपछि भने दिपंकरका मर्ूर्तिहरूलाई नगर परिक्रमाको क्रममा पहिला जे“ला लगिन्छ, त्यसपछि र्सर्ुयमढीमा फकिएर कमिचागल्ली पुर्याउने चलन रहेको छ । यसरी नगरका विविध टोल र चोकहरू लगायत बाटो बाटोमा दिपकरहरूलाई स्वागतका साथ पञ्चदान दिने गरिन्छ । पञ्चदानको नगर परिक्रमा टौमढी आएर टुंगिन्छ । टौमढीमा लावालस्करले पञ्चदान चढाइ सकेपछि साकोठाको चतुरवर्ण्र्ाावहारका गुरुजुले अन्तिम पटक पञ्चदान चढाएपछि यसरी पञ्चदान पर्व विविध रुपमा सम्पन्न हुन्छ । त्यसपछि दिपकरहरू एक आपसमा विदा भइ छुटिन्छन् ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: -1 (from 1 vote)

अरुपनि यस्तै पढ्नुहोस:

  1. स्नतको आकार तथा स्तनपानसम्बन्धी जानकारी

Leave a Reply

Spam Protection by WP-SpamFree