घोटाला दरबार ठड्याउने छोटे राजाहरू

मालिक आफ्ना अरौटे/भरौटेहरूलाई यौटा मैदान दिएर खेल्न पठाउ“छन् । किनकि मालिक आफ्नो अभीष्ट सजिलै पूरा गर्न सकुन् । मालिक आजसम्म आफूले गरेका कामप्रति आफ्ना आत्मीयहरूलाई कन्भिन्स गराउन सक्षम छन् । हिजो जनताका नाममा गरेका विभिन्न दुःख, कष्टका पुराण सुनाएर मख्ख पार्दै सुनौलो बिहानी ल्याउनेसम्मका कुरा गर्न पछि पर्दैनन् । पुराणवाचकको कुरा ध्यान दिएर सुनेजस्तै मालिकका कुरा ध्यान दिएर सुन्छन् र उहा“कै पदचाप पछ्याउ“दै जाने दृढता पनि व्यक्त गर्छन् । फलस्वरुप मालिकको आशिर्वादले प्राप्त वस्तु मिठो मानिमानि चपाउ“छन् । मालिक आत्मीयहरू, आफन्तहरू तथा आफन्त भनाउ“दाहरूस“ग सा“ठगा“ठ गरी आफ्नो काम तमाम गर्छन् । सोझा, सिधा, इमान्दार, कर्मठका पीडामाथि खेलवाड गर्न जान्ने चतुर खेलाडी कसेलाई थाहा नपाउने गरी आफ्नो इमान बेच्छन्, अनैतिकताको सागमार चर्ुलुम्म डुब्छन् । नैतिकता, इमान्दारिता, कर्तव्यनिष्ठता, उत्तरदायितवजस्ता शब्दहरू उसका लागि मात्र गौण हुन्छन् । तथापि, मैदानमा खेल्न पाएका उसका चम्चाहरू मालिकप्रति नतमस्तक हुन्छन् ।
मालिक आफ्नो केही अह्रौटे/भरौटे लगाएर जनताका नाममा यौटा नाटक मञ्चन गर्छन् । नाटकमा विभिन्न खाले पात्रहरू प्रस्तुत हुन्छन् । नाटकलाई आकर्ष बनाउन विभिन्न हतकण्डा प्रयोग गर्छन् । र्सवसाधारण जो नाटकको दृश्य हेरिरहेछ उसलाई के थाहा मालिक के गर्दैछ र उसका आफन्तहरू के गर्दैछन् – भन्ने कुरा । मालिक र्सवसाधारणलाई एकातिर अल्झाएर अर्कोतिर आफ्नो उद्देश्य पूरा गर्नतिर लाग्छन् । त्यसैको परिणति त हो नि कैयन घोटाला दरबारहरू । हुन त यो यौटा देखिने चिज मात्र हो, नदेखिने त्यस्ता दरबार कति छन् – कसलाई के थाहा – हैकमवादी मालिकजस्तै उसका सहयोगीहरू जहा“तहीं, जतासुकै नैतिकताको खोल ओढेर आफ्नो चरित्र देखाउन खप्पीस छन् । जस्तो आमा, बुबा उस्तै सन्तान भनेझैं मालिकले जे सिकाउ“छ आ“खा चिम्लेर सही हो भन्ने गर्छन् र त्यस्ताबाट र्सवसाधारणले के आश गर्ने – मालिक आफन्तलाई टुप्पी तानेर उ“भो उतार्ने, पर्राईलाई खाल्डोमा जाक्न जानिफकार छन् । आफ्नो पिछलग्गुहरू जो दिमाग भएका तर प्रयोग गर्न नसक्ने अविवेकीलाई कमाई खाने भा“डोका रुपमा विभिन्न भर्तीकेन्द्रहरू खोलिदिएका छन् । आफ्नो बाउको के जाने हो र – जनताको करबाट आएको पैसा प्रयोग गर्दा कसले के गर्छ भन्ने मानसिकता पालेर मोजमस्ती गनेृ गरेको देख्दा के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने भएको छ । हुन त यसो नगरे भोलि आफ्नो सत्ता टिकाउन नसक्ने ठहर पनि उनको छ । अरुलाई परिश्रम गराएर जस आफू लिन जान्ने मालिक, बडासाहेब यद्यपि राज गर्दैछ । आफ्ना केही विश्वासपात्रलाई साथमा लिई सकुनी चाल चाल्दैछन् ।
मालिक बडासाहेब, महासामन्त आलिशान घोटाला दरबार ठड्याउने छोटे राजाहरू कोही विदेश सयरमा रमाउने त कोही नोकरशाही प्रवृत्ति देखाएर मोजमस्ती लुट्ने यहा“ परिपाटी नै बनेको छ । कसैको भुवादार ओछ्यानमा बास त कसैको खुल्ला आकशमुनी बास । हुन त जनता पनि उस्तै जसले जे भन्यो त्यही सत्य हो भन्ने ठान्ने । अरुलाई दिमागी रोगी भन्ने तर आफू बहुला कुकुर भएको नदेख्ने उसका पिछलग्गुहरूकै विश्वासमा रहन्छन् जनता । बहुला कुकुर जो पानी र आफ्नै छाया“देखि डराएझैं अहिले सचेत जनता उठेदेखि होस हवासै गुमेको छ । त्यसैले बहुला कुकुर बर्बराउन थालेका छन् । सचेत जनता जो अनियमितता, अपारदर्शिता, अनैतिकता तथा नीति नियम विपरीतका कार्यको भण्डाफोर गर्दैछन् सायद आफ्नो अवसान हुने देखेर तिनीहरूको सातो गएको होला । मालिकको आशिर्वादले प्राप्त मैदानमा बुख्या“चाहरू राज गरिरहेछन् जो नुनको सोझो गर्न आफ्नो अविवेकी प्रयास गदर्ैर्ैैथानाम गाली गर्छन् । शब्दका ठेली ओकलेर अर्कालाई गाली गर्दा सायद उसको भक्ति देखेर मालिक खुसी हु“दो हो । मैदानमा अनगिन्ती नया“ पुराना खेलाडीहरू उदाइरहेछन् । त्यो अनौठो कुरा होइन । कसैलाई नींच देखाएर अनैतिक देखाएर आफू अगाडि बढ्ने प्रवृत्ति भएको ठाउ“मा अब बुढी मरेर होइन, काल पल्केला कि भन्ने डर परिवर्तनकामीलाई भएको छ । कारण अब पनि नचेत्ने हो भने अबका दिनमा त्यस्ता ठालूहरूकै बोलवाला हुने पक्का छ । यर्सथ मैदान कसैको पेवा होइन, त्यो त र्सवसाधारणको पनि हकअधिकारभित्र रहने सम्पर्ूण्ाको सम्पत्ति हो । तर्सथ अरुलाई अनर्गल लाञ्छना लगाउनेहरू पहिले आफ्नो अनुहार एकचोटी नियालेर ऐनामा हेरोस् भन्ने चाहना हो । समयले त्यस्ता फोहोरलाई स्वतः बढार्नेछ र त्यस्ता थुप्रोलाई समयको ज्वारभाटाले नामेट पार्नेछ ।

VN:F [1.8.1_1037]
Rating: 0.0/10 (0 votes cast)
VN:F [1.8.1_1037]
Rating: 0 (from 0 votes)

No related posts.

Leave a Reply

Spam Protection by WP-SpamFree