सामाजिक नियति- काशीराम विरस
एउटी अधबैंसे आइमाई कराउ“दै थिइन्- “म कसको घरमा पस्नुपर्ने हो, यो समाजले नै पसालोस्, एउटा घरबाट निकालेपछि अर्को कुन घरमा कर्म गर्नुपर्ने हो गराओस् …… ठीक छ, म यो समाजको अगाडि दोषी हु“ला तर मेरो आत्मा सामु म दोषी छैन्, म आफूलाई कहिल्यै दोषी ठान्ने छैन ।”
अधबैंसेको यो आवाजस“गै टोलभरिका आइमाई, केटाकेटी, बुढाबूढी, युवायुवती एकैछिनमा चौतारोमा जम्मा भए । त्यही भीडबाट एउटी बृद्धा सेतै कपाल फुलेकी, नाकमा बुलाकी लगाएकी, घा“टीमा सुन र मुगा एकै ठाउ“मा भएको माला लगाएकी बृद्धाले औला ठड्याउ“दै बोलिन्- ” हेरहेर कस्ती लाज नभएकी नकचरी, यस्तीले हो यो समाज भा“ड्ने यसलाई त गाउ“बाट निकाला गर्नुपर्छ, यस्ले हाम्रा छोरीचेलीहरूलाई पनि बिगार्ने भ…र्.र्.इ… बृद्धाको स्वर बीचमै रोकियो ।
कारण – सामुन्ने उनकै भु.पू. लोग्ने, छोराछोरी साथमै उभिरहेको देखियो ।
अरुपनि यस्तै पढ्नुहोस: