यमलोक -रञ्जनराज ढुंगेल
आन्दोलन ताका एक मानिस रगताम्म्ँे भएर यमराजको सामु प्रस्तुत भयो । मरेको मानिसलाई दङ्दास देखेर यमराजले प्रश्न गरे – ‘किन तिमीलाई आफ्नो मरण्ँप्रति दुःख छैन -’ त्यो मानिसले बडा गर्वसाथ भन्यो – ‘म त शहीद हु“, यमराज † मेरो वलिदानले देशले शान्ति पाउनेछ, नयँा नेपालको निर्माण हुनेछ । त्यसैले मेरो मरणको दुःखभन्दा पनि देशको लागि आफ्नो प्राण अर्पण गर्न पाएकोमा म खुसी छु । यमराजले फेरि प्रश्न गरे – ‘त्रि्रो वलिदानको उचित कदर हुनेछ भन्ने कुरामा तिमी विश्वस्त छौं - “देशले परिवर्तन चाहेको छ, अब आउने नया“ नेताले जनताको भवनाको कदर गर्नेछन्, अनि गरिब नेपालीको इच्छाअनुसार देशलाई अघि बढाउनेछन् । त्यसैले म पर्ूण्ा विश्वस्त छु, अबका दिनमा देशले उ“भो गति लिनेछ ।” विश्वस्त भएर त्यो मानिसले यमराजलाई उत्तर दियो । यमराजले पनि विशेष सम्मानका साथ उसलाई र्स्वर्गमा राख्ने निर्देशन दिए ।
एक वर्षछि वाषिर्क साधारण सभाको अवसरमा त्यो शहिद व्यक्ति निराश देखेर यमराजले पुनः प्रश्न गरे – ‘के भो वीर शहीद किन चिन्तित छौ – ‘निन्याउरो मुख लाएर लाजले अनुहार लुकाउ“दै त्यस व्यक्तिले जवाफ दियो, यमराज † म त बेक्कार मरेछु ।
No related posts.