सम्पादकीय – कहिले सुध्रेला प्रहरी
प्रहरी संगठनभित्र रहेका ट्राफिक प्रहरी, जनपथ, शसस्त्र, र सिभिलका प्राय सबैजसो कार्यालयमा कार्यरत प्रहरीहरू अरुको सहयोगको याचना गर्दै चलिरहेको पाईन्छ । हालै एक राष्ट्रिय दैनिक पत्रिकाले ट्राफिक प्रहरीको बारेमा केहि कुरा र्सार्वजनिक गरेपनि त्यहा“ भित्र हुने गरेका अनैतिक र गैरकानुनी कार्यको बारेमा पत्ता लगाउन सकेको देखिदैन । प्रहरीका साना भन्दा साना इकाई देखि प्रधान कार्यालयसम्म कसले सहयोग देला भनेर आस गर्ने बानी परेको देखिन्छ । उच्चस्तरका प्रहरी अधिकृतले विदेशीहरूलाईसमेत प्रभावमा पारेर सहयोगको याचना गरेको पाईन्छ भने त्यसैको नक्कल गर्दै स-साना इकाईहरूले डर, त्रास, धाक, धम्की र बाध्यतामा र्सवसाधारणलाइ पारेर नगद तथा जिन्सी असुल्दै आएको देखिएको छ । त्यस्ता नगद तथा जिन्सीको रसिद नकाटिने भएकाले दुरुपयोग हुने गरेको प्रहरी अधिकृतहरू नै बताउ“छन् । पक्राउ परेका र बेवारिसे अवस्थामा फेला परेका सामान तथा सवारी साधन प्रहरी अधिकृतले आफैं प्रयोग गर्ने तथा आफन्तलाई प्रयोग गर्न दिने गरेको समाचार समय समयमा सुनिने गरेकै कुरा हो । विभिन्न औजार तथा सवारी साधन दिने तर त्यसलाई चलाउन इन्धन नदिने गरेका कारण माग्दै हि“ड्नु परेको प्रहरी महा निरीक्षक रमेश चन्द नै स्विकार गर्नुहुन्छ ।
बाहिरबाट हर्ेदा नेपाल प्रहरी जति टिपटप र स्वाबलम्बी देखिएपनि भित्र भने खोक्रो र मगन्ते स्वभाव भएको पाइन्छ । संगठनले पनि मागेर काम चलाओस भन्ने सोचाई राखेको देखिन्छ । जसले विना बजेट कार्यालय सञ्चालन गर्न सक्दैन त्यो व्यक्ती असफल र नालायक ठहरिन्छ । र्सवसाधारणलाई झुक्याएर, छक्याएर वा तर्सर्ाा रकम उर्ठाई आफ्नो कार्यालय सञ्चालन गर्दै माथिसम्म पुर्याउन सक्यो भने त्यस्तालाई योग्य र सक्षम कर्मचारी भन्ने गरिन्छ । जसको कार्यालयमा थोत्रा गाडी वा मोटरर्साईकल हुन्छन त्यस्ता कार्यालय प्रमुखले राम्रो कमाई गर्ने गर्छन । प्रहरीले त्यस्ता सवारी साधनलाई मर्मतको नाममा मागीखाने भा“डो बनाएका हुन्छन् । कसैले समिक्षालय त कसैले भान्छाघर, कसैले कार्यालयको लागि फर्निचर त कसैले मेसको लागि मासु माग्ने गरेको उद्योगी व्यापारीहरूको गुनासो रहेको छ । अझ दशैं आउनु एक महिना अगाडि देखि नै हाकिम सा’वले पठाको भन्दै कलकारखाना, उद्योगहरूमा प्रहरी कर्मचारीको धुइरो नै लाग्ने गरेको देखिन्छ । एउटाको इलाकामा अर्कोले आएर पहिलै उठाएर आपसमा झगडा भएको पनि व्यापारीहरू बताउने गर्दछन् । यस्ता गतिविधिका बारेमा प्रहरीका बरिष्ठ अधिकृत देखि गृह मन्त्रालयका अधिकृतसम्म जानकार भएर पनि यसलाई संस्कारको रुपमा स्विकार गरिरहेका छन् ।
एउटा प्रहरी कर्मचारीले गरेको सानो गल्तीले पूरै प्रहरी संगठनलाई बदनाम गराउ“छ भन्ने कुरा जान्दा जान्दै बरिष्ठ अधिकृतहरू यस्तो कार्यलाई निरन्तरता दिन पछि पर्दैनन् । लोकतन्त्रमा नेताका अगाडि प्रहरी निरिह बनेको देखिन्छ । आफुले पाउने लत्ता कपडा र रासन समयमै नपाउ“समेत चु“क्क बोल्न सक्दैन । सरकारले पनि प्रहरी संगठनलाई आधुनिक, सक्षम, योग्य र जनमुखी बनाउनु पर्नेमा मगन्ते बन्न प्रोत्साहित गरेको देखिन्छ । आधुनिक मेशिन, औजार र सवारी साधन उपलव्ध गराएतापनि त्यसमा हाल्ने इन्धन नदिएर मागन्ते बन्न बाध्य पारेको छ । दिईरहेको बजेट कटौती गरेर पर्याप्त बजेट नदिई सरकारले मगन्ते बन्न बाध्य पारेको आरोप प्रहरी महानिरीक्षकको छ । यसको फाईदा अवसरबादी प्रहरी कर्मचारीले लिने गरेका छन् । उनीहरूले यस्तै अनेक बहाना गर्दै आफ्नो खल्ती भर्ने गरेका छन् । त्यसैले सरकारले अव प्रहरीलाई मगन्ते होइन स्वाबलम्बी बन्न सिकाउनु पर्छ । प्रहरीलाई पर्याप्त बजेट दिएर माग्दै हि“ड्ने कार्य रोक्नु पर्छ । अनि प्रहरी अधिकृतले पनि परम्परागत बानी सुधार्दै भोजको नाममा गरिने लाखौं रुपैया जनताको सेवामा खर्च गर्नु पर्छ । नेताको चाकडीनै सबैकुरा हो भन्ने कुरालाई भुलेर इमान्दारी र बफादारीका साथ जनताको सहयोगमा जुट्ने हो भने मगन्तेबाट धनीमा परिणत हुनेछ ।
अरुपनि यस्तै पढ्नुहोस: